×

NMB BANK
NIC ASIA

सोह्रौँ योजनामा मधेसलाई उच्च प्राथमिकतामा राख्न आग्रह

काठमाडाैं | कात्तिक २०, २०८०

NTC
Premier Steels

 जनसङ्ख्या, मानव विकास सूचकाङ्क र जलवायु परिवर्तनको जोखिमलगायतका आधारमा मधेस प्रदेशको विकासलाई दिशानिर्देश गर्ने गरी आगामी सोह्रौँ पञ्चवर्षीय आवधिक योजना निर्माण गर्नुपर्नेमा सरोकार भएकाले जोड दिएका छन् । 

Muktinath Bank

राष्ट्रिय योजना आयोगले आज जनकपुरमा आयोजना गरेको सोह्रौँ योजना (२०८१/८२—२०८५/८६) तर्जुमा सम्बन्धी अन्तरक्रियामा प्रदेश सरकारका मन्त्री तथा सरोकार भएकाले त्यस्तो आग्रह गरेका हुन् । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेशको सबलताका लागि यहाँको जनसङ्ख्या, उत्पादनशील कृषि भूमि, कृषि सिँचाइ, पूर्वाधार, मलखादको आवश्यकता पूर्ति हुने गरी योजना बनाउन सम्बद्ध पक्षलाई आग्रह गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले जनसङ्ख्या र मानव विकास सूचकाङ्कलगायत हरेक दृष्टिकोणले मधेस प्रदेश उच्च प्राथमिकतामा पर्नुपर्नेमा उल्टै उपेक्षामा पार्ने गरिएकोतर्फ सचेत रहनुपर्ने बताए । प्रदेश सरकारका अर्थमन्त्री सञ्जय यादवले ६० लाखभन्दा बढी जनसङ्ख्या रहेको र सरकारको आम्दानीमा ३० प्रतिशत योगदान गरिरहेको प्रदेशलाई गैरन्यायिक रुपमा बजेट विनियोजन गर्ने परिपाटीलाई अन्त्य गर्ने गरी आगामी योजना तर्जुमा गर्नुपर्ने बताए । उनले मधेस प्रदेशको सबल पक्षका रुपमा रहेको कृषि क्षेत्रको उत्थानका लागि सिँचाइ र मलखाद कारखाना खोल्ने विषय १५औँ योजनासम्म पनि प्राथमिकतामा नपरेको भन्दै आयोग र राजनीतिक नेतृत्वको ध्यानाकर्षण समेत गराए ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले बहुसङ्ख्यक जनता आश्रित रहेको कृषि क्षेत्र नै समृद्धिको आधार हुनसक्ने भन्दै सिँचाइ सुविधा भएमा मधेस प्रदेशले नै नेपालको आवश्यकता धान्न सक्ने भएकाले त्यसतर्फ परिलक्षित योजना बनाउनुपर्नेमा जोड दिए ।
मधेस प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीले मधेशमा ११ प्रतिशतले कृषि योग्य जमिन घट्दो अवस्थामा रहे पनि नौ दशमलव चार प्रतिशतले कृषिमा संलग्न परिवारको सङ्ख्या बढ्दोक्रममा रहेकाले त्यसलाई प्रोत्साहन गर्न, पानीको सतह घटेर चापाकल सुक्न थालेकाले त्यसको समाधान गर्नुपर्ने र सिँचाईका लागि सुनकोशी मरिन डाइभर्सन, कोशी कमला डाइभर्सनलगायतका महत्वपूर्ण योजनालाई विशेष प्राथमिकतामा राख्न आग्रह गरे । 

Vianet communication

राष्ट्रिय योजना आयोगका सदस्य डा चन्द्रकान्त राउतको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका सचिव तोयनारायण ज्ञवालीले उद्देश्यमाथि प्रकाश पारेका थिए। आयोगका प्रवक्ता यमलाल भुषालले सोह्रौँ योजनाका बारेमा आफ्नो प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीलाई विभिन्न सात वटा समूहमा विभाजन गरी सुझाव सङ्कलन गरिएको थियो । कार्यक्रम मङ्गलबारसम्म चल्नेछ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x