×

NIC ASIA

प्रकोपमा राजनीतिक दलको भूमिका

जाजरकोट भूकम्पपछि के गर्दैछन् दलहरू ?

काठमाडाैं | कात्तिक २१, २०८०

Prabhu Bank
NTC
Premier Steels

चुनावको बेला हरेक मतदाताको घरघरसम्म पुग्ने दलका नेताहरू प्राकृतिक बिपत्तिमा भने सस्तो र स्टन्टमा मात्रै सीमित हुने गरेका छन् । जाजरकोटमा गत शुक्रबार ६.४ रेक्टरस्केलको भूकम्प गएपछि मानवीय संवेदना व्यक्त गर्ने र आर्थिक सहयोगको घोषणा गर्ने प्रतिस्पर्धा दलहरूबीच चलेको छ । 

Muktinath Bank

तर नागरिकका घर–घरसम्म पहुँच राख्न सक्ने दलहरू बिपत्तिमा साँच्चै पीडितका पीडा बुझ्न भने प्रभावकारी रुपले पुगेका छैनन् । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा उद्धारको काम सकिएको छ । हजारौ पीडित छाना र खानाको अभावमा खुला आकाशमुनि चिसोमा रात गुजार्न बाध्य छन् । तर घर–घरसम्म संगठनको पहुँच भए पनि दलहरूले प्रभावकारी रुपमा आफ्ना कार्यकर्तालाई परिचालन गर्न सकेका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जाजरकोट र रुकुममा ठूलो मात्रामा जनधनको क्षति भएको छ । ती दुई जिल्लामा १५३ जनाको ज्यान जानुको साथै कम्तीमा २५०  घाइते भएका छन् । साढे १७ हजार घरमा क्षति पुगेको छ । यति नै संख्या हाराहारीका घर आशिंक क्षतिमा परेका छन् । 


Advertisment
Nabil box
Kumari

यस्तोमा आ–आफ्नो क्षेत्रमा पकड भएका दलले अभियान नै चलाएर पीडितका लागि अस्थायी आवास निर्माण, प्रारम्भिक राहत वितरण जस्ता गतिविधि सहजै गर्न सक्छन् । 

Vianet communication

तर दलहरूको गतिविधि ‘फिल्ड’मा सहयोगमा उत्रिनेतिर देखिएको छैन । सहयोग रकम घोषणा गर्ने, सामाजिक सञ्जालमा लेख्नेजस्ता प्रचारमा दलहरूले समय खर्चिरहेका छन् । 

संसद्मा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसले ५० लाख रुपैयाँ भूकम्पपीडितलाई सहयोग गर्ने गरी सरकारी कोषमा संकलन गर्न प्रधानमन्त्रीलाई चेक बुझाएको छ । सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगनकुमार थापा र महामन्त्री विश्वप्रकाश शर्मा, डा गोविन्दराज पोखरेलसहितका नेताले प्रधानमन्त्रीलाई ५० लाखको चेक हस्तान्तरण गरेका छन् । कांग्रेसका नेताद्वय जीपछिरिङ लामाले ११ लाख र दिव्यमणि राजभण्डारीले ५ लाख रुपैयाँ भूकम्पपीडितलाई दिने निर्णय गरेका छन् । 

null

साथै कांग्रेसले प्रधानमन्त्रीलाई २१ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै छिटो राहत दिन, अस्थायी बसोबासको प्रबन्ध गर्न र पुर्ननिर्माणको योजना अगाडि सार्न सरकारको ध्यानाकर्षण गराएको छ । भूकम्पपीडितका लागि सहजीकरण गर्न भन्दै कांग्रेसले महामन्त्रीद्वयलाई जिम्मा दिएको छ । पार्टीको तल्लो तहलाई परिचालन गर्न पनि कांग्रेसले निर्देशन दिएको छ ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जाजरकोटमा भूकम्प गएलगत्तैदेखि राहत प्रभावकारी अग्रसरता नलिइएको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै नेता नै परिचालन गरेर उद्धार, राहत र पुननिर्माणबारे काम गर्ने जानकारी दिए । 

‘२०७२ साल भूकम्प जाँदा जनप्रतिनिधि थिएनन् , यसले गर्दा केही समस्या थिए । तर यसपटक एकद्धार प्रणालीबाट राहत वितरण गर्नुपर्छ र अझै प्रभावकारी बनाउनुपर्छ भन्नेमा हामी छौं’ विश्वकर्माले भने, ‘राहत सामग्री पाउनुपर्नेले पाए कि पाएनन्, भनेर सहजीकरण गर्न जाँदैछौं । महामन्त्रीसहितका नेताहरू बुधवार त्यसतर्फ जान्छौं । यो टोलीमा कर्णाली प्रदेशका जनप्रतिनिधि पीडितहरूको ठाउँमा पुग्छौं । पीडितका लागि अस्थायी टहरामा बनाउन पुनिर्माणमा सहयोग गर्छौ ।’ उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का भूकम्प प्रभावित क्षेत्रको अवलोकन भ्रमणमा निस्किएका छन् । 

भूकम्पलगत्तै शनिबार एमाले अध्यक्ष केपी ओलीले उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएका थिए । लगत्तै पार्टीले भूकम्पपीडितका लागि सरकारको कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा पनि गर्यो । 

भूकम्पपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सबै जनसंगठनले भूकम्पपीडितको सेवामा जुट्ने निर्णय गरेका छन् । पार्टीका महासचिव शंकर पोखरेलले पीडितको सहयोगमा सबै जनसंगठनलाई प्रभावकारी रुपमा खट्न निर्देशन दिएका थिए । 

एमालेले उपमहासचिव विष्णु रिमाललाई प्रभावित क्षेत्रमा खटाएर उद्धार र राहतमा पार्टीलाई परिचालन गर्ने निर्णयसहित ‘फिल्ड’मा जान निर्देशन दियो । रिमालले पनि जाजरकोट र पश्चिम रुकुम पुगेर उनले राहत र उद्धारमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

null

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले जाजरकोट भूकम्पपीडितका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेको छ । घोषणा गरेको सहयोग रकम माओवादी नेता पम्फा भुसालले सोमबार आफ्नै पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएकी छिन् । साथै प्रदेश कमिटीबाट पनि एक–एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । भूकम्पको सामना गर्नुपरेको भन्दै माओवादी केन्द्रले काठमाडौंमा गर्ने भनेको जनप्रदर्शन पनि स्थगित गरेको जनाएको छ । 

भूकम्पपछि पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीका नेता–कार्यकर्तालाई पीडितको राहत तथा पुनर्वास गराउनका लागि अस्थायी संरचना बनाउन खटाउने बताएका छन् । 

गत वर्ष भएको प्रतिनिधिसभाको चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भूकम्पलगत्तै सो क्षेत्रमा पुगेका छन् । पार्टीका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर लामिछाने सो क्षेत्रमा पुगेर रेडियो कार्यक्रम चलाएका थिए । उनले पीडितको उद्धार र राहतलाई लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएका थिए । भूकम्पपछि रास्वपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै प्रभावकारी र व्यवस्थित रुपमा राहत वितरण गर्न, एकरुपता कायम गर्न, पुर्ननिर्माणमा पहिलेको अनुभवबाट सिक्न, जाडोयामलाई लक्षित गर्दै छिटो अस्थायी बसोबासको व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । 

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले पनि भूकम्पपीडितको सहयोगको लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

राहतमा विभेदः सुत्केरीलाई होइन आफ्नालाई दिइयो 

पार्टीहरूको तल्लो तहसम्म सहज पहुँच छ । ग्रामीण वस्तीमा त कहाँ के समस्या छ भन्ने सबै विवरण दलहरूले उत्तिखेरै संकलन गर्न सक्छन् । यसरी प्रभावकारी राहत वितरणमा सहयोग गर्न सक्छन् । तर यो गर्नु त कहाँ हो, भएका राहत सामग्री वितरणमा पनि दलका नेताहरूबाटै विभेद भएको छ । 

जाजरकोटस्थित भेरी– ४ का स्थानीय प्रकाशचन्द गौतमले दलका नेताले आफ्नालाई छानेर राति–राति राहत बाँडेको लोकान्तरसँग गुनासो गरे ।

null 

‘राहत नपाउँदा सुत्केरीको बिचल्ली भएको छ । वृद्धवृद्धाको हालत पनि उस्तै छ । राहत वितरणमा राजनीति भयो । दलका नेताहरूले राति आफ्नालाई राहत बाँड्छन्,’ उनले भने, ‘अरुलाई दिँदैनन् । सोमवार राति १२ बजेतिर पनि केही नेताहरूले राहत बाँडेको सुनेका छौं । पीडितले पाएका छैनन् ।  सुत्केरीलगायतलाई समस्या भएको छ ।’ 

सुत्केरीले चाउचाउ, चिउरा र समोसाको भरमा रात कटाउँदासमेत दलका नेताहरूले पीडितलाई प्रभावकारी राहत वितरण गर्न सकेका छैनन् । थुप्रिएको राहत वितरणका लागि दलका प्रतिनिधिले स्थानीय तहसम्म प्रभावकारी समन्वय नगर्ने र गरे पनि आफूखुशी राहत बाँड्ने गरेको स्थानीय भूकम्पपीडितहरू बताउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x