×

NMB BANK
Dabur

सफल व्यवसायीको कथा

दलालले पैसा खाइदिएपछि विदेश जाने सपना तुहिएकी शोभाः अहिले अचार बेचेरै सफल

बनाउँछिन् १२ किसिमका अचार, कमाउँछिन् वार्षिक १० लाख

बुटवल | मंसिर ९, २०८०

NTC
Sarbottam
Premier Steels

सानैदेखि खानाका परिकार बनाउन शौखिन थिइन् रूपन्देहीको बुटवलकी शोभा पोखरेल । घरमा रहेका बेला फुर्सदको समयमा उनले बन्दा, मटर लगायतका तरकारीबाट अचार बनाउँथिन् । केही घरमा खाने र बाँकी इस्टमित्रदेखि छिमेकीलाई पनि चखाउँथिन् । उनले बनाएको अचारको स्वाद सबैले मनपराउँथे । यसपछि शाेभामा हौसला जाग्यो । घरमा सीमित अचार बजारसम्म पुर्याउने सोचमा उनी लागिन् । त्यसो त शोभा पहिलेदेखि नै हाट बजारमा तरकारी बेच्ने गर्थिन् । अब अचार पनि बिक्री गर्ने योजना बनाइन् । 

Sagarmatha Cement
Muktinath Bank

शोभाको यो योजना चाँडै नै सार्थक बन्ने बाटोमा लाग्यो । बेलबासमा सबल नेपाल एग्रो प्रालिमार्फत उनले च्याउसँगै विभिन्न दर्जन प्रकारका अचार उत्पादन गर्न थालिन् । विस्तारै यसले विदेशी अचारको वर्चश्व तोड्न थाल्यो । यसले उनलाई स्थानीय स्तरमा चर्चित पनि बनाएको छ । अहिले आफूले अचारबाटै वार्षिक १० लाख रुपैयाँ चोखो कमाइ गर्ने गरेको उनी सुनाउँछिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लगाब राखियो र मेहनत गरियो भने सानो सीप र उद्यमले पनि कमाइ गर्न सकिने रहेछ भन्ने शोभालाई अहिले महसुस भएको छ । बजारमा पाइने अधिकांश अचारलाई टिकाउ, स्वादिलो र आकर्षक बनाउन विभिन्न रसायन राखिएको गुनासो सुनिन्छ । शोभाले उत्पादन गरेको अचारमा भने कुनै रसायन हुँदैन । यसले गर्दा यो अचार स्वास्थ्यका लागि पनि प्रतिकूल नहुने शोभाको दाबी छ । अहिले उनले गरेको घरेलु उद्यमको सिको धेरैले गर्न थालेका छन् ।


Advertisment
SBL

null

Vianet communication
Laxmi Bank

‘सोच्दैमा जीवन परिवर्तन नहुने रहेछ,’ उनी भन्छिन्, ‘सोच र योजनाले सेकेन्डमै परिवर्तन गरेमा जिन्दगी परिवर्तन हुन सक्ने रहेछ । जसका लागि आफूले मेहनत र लगाब राखिराख्न आवश्यक छ ।’ शोभाले १२ किसिमका अचार बनाउँछिन् । उनले बनाएका अचार बुटवल आसपास मात्र होइन, लुम्बिनी प्रदेशभरसँगै भारतसम्म पनि जाने गर्छ । उनका अनुसार पिरो–गुलियो अचारको बढी माग छ । स्थानीयले च्याउको अचार र सिजनल अचार बढी रुचाउँछन् ।

बजारमा पाइने अधिकांश अचारलाई टिकाउ, स्वादिलो र आकर्षक बनाउन विभिन्न रसायन राखिएको गुनासो सुनिन्छ । शोभाले उत्पादन गरेको अचारमा भने कुनै रसायन हुँदैन ।

कास्कीमा जन्मिएकी शोभाको प्रारम्भिक शिक्षा गाउँमै गरिन् । कक्षा–३ सम्म कास्कीमा पढेपछि उनी तराई झरेकी हुन् । कास्कीबाट नवलपरासी आयो उनको परिवार । १० कक्षा उतीर्ण गरेलगत्तै उनको विवाह भयो । विवाहपछि श्रीमान्सँगै भारत गएर ८ वर्ष उतै बिताइन । त्यहाँ राम्रो कमाइ नभएपछि नेपाल आएर केही उद्यम गर्ने सोच बनाए उनीहरूले । यसपछि शोभाले बुटवल आएर हाट बजारमा तरकारी बिक्री गर्न थालिन् । तरकारीसँगै उनी च्याउको समेत व्यापार गर्थिन् ।

व्यवसाय बढ्नै लाग्दा श्रीमान् गुमाइन्, दिए छोराले साथ

२०५६ सालमा बुटवलको हाट बजारमा व्यवसाय शुरू गरेको त्यो दिनको स्मरण अहिले पनि शोभाको मनमा ताजै छ । शुरुवाती दिनमा दैनिक २०० रूपैयाँ मात्र आम्दानी हुन्थ्यो । व्यापार नबढेपछि उनमा विदेश जाने सोच पलायो । विदेश पठाउने एजेन्सीलाई पैसा बुझाइन् । तर, पैसा दलालले खाइदिएपछि उनले अब यहीँ उद्यम गर्ने दह्रो सोच बनाइन् । श्रीमान्सँगै व्यापारमा लागिन् । तर, दुःखको कुरा यसैबीच उनका श्रीमान्लाई दीर्घरोग लाग्यो । श्रीमान्को उपचारका लागि उनले बुटवल १३ झोलुङ पुलनजिकै बनाएको घरसमेत बेच्नुपर्यो । यतिगर्दा पनि श्रीमान्को जीवन बाँचेन । २०७० मा उनका श्रीमान्ले सो संसार छाडे । यससँगै लामो समय व्यवसायमा लाग्ने उनको योजना तुषारापात भयो । 

श्रीमान्लाई गुमाएसँगै उनी अहिले एउटा छोराका साथमा जीवन अगाडि बढाइरहेकी छिन् । उनका छोरा अहिले यूएईमा होटल म्यानेजमेन्टको पढाइ सकेर सोही देशमा नै रोजगारी गरिरहेका छन् । जसले उद्यममा थप साहस थपेको उनी बताउँछिन् । ‘श्रीमान्को अभावमा ढाडस दिने, योजना बनाउने उद्यमी बन्न थप प्रेरणा दिने काममा छोरो मेरो सारथि बनेको छ,’ उनी भन्छिन् ।

व्यापार नबढेपछि शोभामा विदेश जाने सोच पलायो । विदेश पठाउने एजेन्सीलाई पैसा बुझाइन् । तर, पैसा दलालले खाइदिएपछि उनले अब यहीँ उद्यम गर्ने दह्रो सोच बनाइन् ।

कृषक समूहबाट शुरू भएको यात्रा

हाट बजारमा च्याउको व्यवसाय गर्दै गर्दा व्यवसायीसमेत रहेका कृष्णराज पोखरेलले शोभालाई समूहमार्फत उद्यम गर्न सुझाए । व्यावसायिक च्याउ खेती गर्ने निर्णय भयो । शुरूमा ७ जनाको कृषक समूह निर्माण भयो । जसका लागि हाट बजार व्यवसायीहरूले स्थापना गरेको सहकारी सशक्त सहकारी संस्थाबाट १-१ लाख कर्जा लिएर सबल नेपाल च्याउ उत्पादक कृषक समूह स्थापना गरियो । यसमा शोभा पनि जोडिइन् ।  यसको नेतृत्व कृष्णराजले गरे । समूहमा रहेका ७ जनाको ७ लाख र थप ५० हजार रुपैयाँ गरी प्रतिव्यक्ति ७ लाख ५० हजार रुपैयाँ जम्मा गरेर सबल च्याउ उत्पादक कृषक समूह व्यावसायिक रूपमै अघि बढ्यो । भलुहीमा खेती शुरू गर्यो । समूहले शुरूमा १० लाख रुपैयाँ लगानी गरेर २० लाख आम्दानी गर्न सफल भएको थियो । त्यसपछि सोही समूहले पाल्पा, रूपन्देहीका बेलबास, नयाँगाउँ तथा अर्घाखाँचीको शीतगंगा क्षेत्रमा व्यावसायिक रूपमा च्याउ उत्पादन गरेको थियो ।  यससँगै सबल नेपाल एग्रो प्रालि खुल्यो । यसको व्यवस्थापनको जिम्मेवारी शोभाले नै पाइन् । शोभाले बुटवलको बेलबासमा खोलिएको प्रालि (लुम्बिनी च्याउ तथा अर्गानिक भण्डार)मा नै व्यावसायिक रुपमा च्याउका विभिन्न परिकार र अचार बिक्री वितरण गर्दै आएकी हुन् । 

null

कम्पनीमा च्याउका ४ प्रकार छन् । शोभा सिताके, राजा, कन्ये, डल्लेका अचार बनाउँदै आएकी छिन् । आजकल विभिन्न मेलामा उनले बनाउने अचारको खोजी हुन्छ । उनी अहिले भैरहवामा जारी महोत्सवमा अचार बेच्नमा व्यस्त छिन् । महिला उद्यमीको अचार भनेपछि उपभोक्ताले पनि रुचि मानेर किनेर लैजाने गरेको उनी बताउँछिन् । उनको उद्यम महोत्सवमा पुरस्कृत पनि भएको छ । बजारमा च्याउको माग अहिले पनि उच्च रहेको शोभाले जानकारी दिइन् । 

आफैँले च्याउको बिउ उत्पादन

सबल नेपालले अचारसहित तरकारी, फलफूल सुकाउने ड्रायर मेसिन, प्याकेजिङ मेसिन, शिल्ड प्याक गर्ने मेसिन र मसला पिस्ने मेसिन स्थापना गरेको छ । जसबाट विभिन्न काम हुँदै आएका छन् । सबल नेपालले च्याउको बिउसमेत उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । प्रालिमा प्रदेश सरकारको २५ लाख रुपैयाँ अनुदान सहयोगसमेत रहेको छ । जसबाट मेसिन र उपकरण खरिद गरिएको छ । उद्योगमा स्थापना भएको ड्रायर मेसिनले ८ घण्टामा २०० किलो (दुई टन) तरकारी वा फलफूल सुकाउन सक्छ । यस्तो प्रकृतिको मेसिन बुटवलमा सबल नेपालले भित्र्याएको छ । कहिलेकाहीँ विभिन्न स्थानमा बढी उत्पादन भएर तरकार, फलफूल आदि खेर गइरहेको हुन्छ । यस्तो अवस्थामा सुकाएर बेमौसममा बिक्री वितरण गरी अन्य समूह, सहकारी वा कृषकले फाइदा लिनसक्ने शोभाको भनाइ छ ।

उक्त मेसिन सञ्चालनको लागि तालिम प्राप्त प्राविधिकसमेत आवश्यक हुन्छ । यस्तोमा उनले यसलाई ‘फुलफेज’मा सञ्चालन गरेर राम्रो आम्दानी गर्नेसमेत योजना बनाएकी छिन् । शोभा सामाजिक संघ–संस्थामा समेत नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै आएकी छिन् । उनी च्याउ उत्पादक किसान संघदेखि लिएर हाट बजार व्यवसायी समिति रुपन्देहीको द्वितीय उपाध्यक्ष पनि हुन् । यसरी उनी हाट बजारमा व्यवसाय गर्ने महिलाका लागि एक उदाहरणीय पात्र बनेकी छिन् । 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कहाँ चुक्यौँ हामी ?

कहाँ चुक्यौँ हामी ?

फागुन १९, २०८०

हामी सबैको आकाश एउटै छ । धर्ती एउटै छ । हावा, पानी, माटो एउटै छ । अग्नि, वायु, सूर्य एउटै छ । जन्म प्रक्रिया एउटै छ, मरण प्रक्रिया एउटै छ । जीवन प्रक्रिया एउटै छ, जीवन प्रणाली एउटै छ । मांसपेशी प्रणाली एउटै छ ...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

x