कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
काठमाडाैं | मंसिर १३, २०८०
बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सवा अर्बभन्दा बढी रकम ठगेर ६ महिनादेखि फरार छन् ।
इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समेत रहेका नेपाली १ अर्ब ३१ करोड २८ लाख रूपैयाँ ठगेर फरार भएका हुन् ।
उनलाई प्रहरीले इन्टरपोलको सहयोगमा खोजिरहेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन केसीले उनको खोजीका लागि इन्टरपोलको सहायता लिइएको लोकान्तरलाई बताए ।
‘फरार रहेका नेपालीलाई खोजी गर्न इन्टरपोलमार्फत पत्राचार गरेका छौं,’ डीएसपी केसीले भने ।
उनी केही दिनअघि सामाजिक सञ्जालमार्फत लाइभ आएका थिए । कुन ठाउँबाट लाइभ आएको हो भन्ने बुझ्नका लागि प्रहरीको साइबर ब्यूरोलाई पत्राचार समेत गरिएको केसीले बताए ।
फेसबूक लाइभका क्रममा उनले बचतकर्ताको पैसा फिर्ता गर्ने भन्दै वातावरण बनाइदिन अपिल गरेका थिए ।
‘साइबर ब्यूरोले फेसबूकको कार्यालयमा पत्र पठाइसकेको छ । २५ दिन लाग्ने भएकाले पत्रको जवाफ आएपछि मात्रै कुन ठाउँबाट लाइभमा आएको भन्ने पत्ता लाग्नेछ,’ उनले भने ।
मेयर नेपालीले मंसिर ५ गते दिउँसो ३ः५४ बजे फेसबूक लाइभमा आएर आफ्नो सम्पत्तिको विवरण सार्वजनिक गर्दै सबैको ऋण तिर्ने बताएका थिए । त्यसक्रममा उनले बागलुङ, पोखरादेखि काठमाडौंसम्म ४४ स्थानमा रहेका घरजग्गाको तस्वीरसहितको विवरण सार्वजनिक गरेका थिए ।
‘मेरो र श्रीमतीको नाममा बुर्तिबाङ, बागलुङ, पोखरा र काठमाडौंमा रहेका ४४ कित्ता जग्गामध्ये बुर्तिबाङमा ७ वटा, बागलुङ (सदरमुकाम)मा २ वटा, पोखरामा ३ वटा र काठमाडौंमा ६ वटा गरी जम्मा १८ वटा घर र ४४ वटा कित्तामा रहेको जग्गासहित सम्पत्तिमध्ये घरहरूको फोटो समेत सार्वजनिक गरेको छु । यी सम्पत्तिहरू इमेजको पैसाले जोडेको हो भन्ने नसोच्नुहोला, हामी आफैंले कमाएको सम्पत्ति हो, र यो सम्पत्ति करिब ३ अर्बभन्दा बढीको छ भन्ने कुरा सबैलाई जानकारी गराउन चाहन्छु । सहकारीका बचतकर्ताहरूको समस्या समाधानका लागि सम्पूर्ण बचतकर्ताहरूको नाममा मेरो र श्रीमतीको नाममा भएको घरजग्गा विभिन्न मालपोत कार्यालयमा गई हस्तान्तरण गर्न चाहन्छु । हस्तान्तरण गर्नका लागि वातावरण मिलाइदिन कानूनी निकाय, राजनीतिक दल, नागरिक समाज, पत्रकार र विभिन्न सरोकारवालाज्यूहरूलाई अनुरोध गर्दछु । अन्त्यमा, ढोरपाटन नगरपालिकाका दाजुभाइ तथा दिदीबहिनी र बुवाआमाहरूलाई के भन्न चाहन्छु भने तपाईंहरूको अमूल्य भोटको कदर गर्दै सेवाका लागि छिट्टै तपाईंहरूको बीचमा आउनेछु ।’
राज्यलाई ढाँटेर फरार
ढोरपाटन नगरपालिकाको मेयर समेत रहेका उनी कार्यालयको कामलाई अस्तव्यस्त पारेर फरार छन् । ढोरपाटन नगरपालिका उपप्रमुख धनबहादुर कायतका अनुसार उनी करिब ६ महिनादेखि सम्पर्कमा छैनन् ।
‘उहाँ जेठ महिनादेखि सम्पर्कमा हुनुहुन्न, बाहिर जान्छु भनेर जानुभएको हो । कहाँ हुनुहुन्छ भन्ने नगरपालिकालाई जानकारी छैन,’ उपप्रमुख कायतले लोकान्तरसँग भने, ‘उहाँले ठगी गरेको भन्दै यहाँका स्थानीयहरू मकहाँ गुनासो लिएर आउनुभएको थियो । राज्यले नै कानूनी प्रक्रियामा गएकाले हामीले केही गर्न सक्ने अवस्था रहेन ।’
ढोरपाटन नगरपालिकाका सूचना अधिकारी चण्डीराज पौडेलले जेठ ५ गते लामो समयका लागि भन्दै बिदा लिएका मेयर नेपालीले उपप्रमुखलाई कार्यबाहक दिएको बताए ।
‘उहाँले लामोसमय बाहिर जानुछ भनेर उपप्रमुखलाई जेठ ५ गते कावा दिएर जानुभएको हो, अहिलेसम्म सम्पर्कमा हुनुहुन्न,’ सूचना अधिकारी पौडेलले लोकान्तरसँग भने ।
‘म केही समयका लागि बाहिर जानुपर्ने भएकाले फर्की नआउँदासम्म कार्यबाहक सुम्पिएको छु,’ भन्ने व्यहोराको पत्र उपप्रमुखलाई दिइएको छ ।
सूचना अधिकारी पौडेलका अनुसार कुनै पनि कानूनमा प्रमुखले उपप्रमुखलाई कति समय कार्यबाहक दिने भन्ने व्यवस्था छैन । त्यसैले ‘फर्की नआउँदासम्म’ भन्ने लेखेर दिएको उनले बताए ।
‘कार्यबाहक दिएपछि कति समयसम्मलाई भन्ने कुनै कानूनी व्यवस्था देखिएन, त्यसैले फर्की नआउँदासम्म लेखेर जानुभएको छ,’ सूचना अधिकारी पौडेलले लोकान्तरसँग थपे ।
मेयर नहुँदा पनि दैनिक कामकारबाही प्रभावित नभएको दाबी उनले गरे । तर, नगरपालिकाकै कतिपय कर्मचारी भने विकास निर्माण लगायतका काम प्रभावित भएको बताउँछन् । ‘प्रमुख नहुँदा नयाँ विकास निर्माण र बैठकलगायतका विषयमा समस्या देखिएको छ,’ नगरपालिकाका एक कर्मचारीले लोकान्तरसँग भने ।
मेयर नेपालीमाथि १ हजार ५४३ जनाको १ अर्ब ३१ करोड २८ लाख ४९ हजार ४३८ रूपैयाँ ठगी गरेको आरोप छ ।
प्रहरीले सञ्चालक समितिका सदस्य चित्रबहादुर भण्डारी, इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड मुख्य कार्यालय बागलुङका लेखा प्रमुख लालमणि रोका र प्रबन्ध निर्देशक शक्ति किसानलाई जेठ ३२ गते पक्राउ गरेको थियो । उनीहरूलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मदन केसीले बताए ।
विनाधितो ऋण दिँदा डुब्यो
देवकुमार नेपालीले विनाधितो मौखिक आधारमा नै ऋण दिने गरेका थिए । प्रहरीले पक्राउ गरेपछि लेखा प्रमुख रोकाले विनाधितो ऋण प्रवाह गर्ने गरेको बताए ।
‘संस्थाका अध्यक्ष देवकुमार नेपालीको मौखिक आदेशमा कुनै घितो नराखी ऋण प्रवाह गर्दै आइरहेको छु,’ रोकाले बयानमा भनेका छन् ।
उनले बयानमा १० लाखभन्दा माथिका बचतकर्ताको विवरण सिस्टममा नराखेर सहकारीको खातामा टिपोट गर्ने गरेको बताएका छन् । १० लाखभन्दा माथिको रकमलाई खराब कर्जासँग मिलाएर देखाउने गरेको उनको बयान छ । ठूलो रकमलाई सिस्टममा नदेखाएर ठगी गर्ने गरेको पाइएको प्रहरी अधिकारीहरू बताउँछन् ।
प्रबन्ध निर्देशक शक्ति किसानले पनि १० लाखभन्दा माथिको रकमलाई सिस्टम नदेखाउने गरेको बयानका क्रममा स्वीकारेका छन् ।
रोकाले बयानमा ३० करोडको जमिन भएको झुटो विवरण वासलातमा देखाएको बताएका छन् । आफ्नो सहकारीमा समस्या आएपछि जेठ २ गते राति सवा २ बजे देवकुमार नेपाली, ओमकुमार नेपाली र डोरबहादुर परियारले ३ वटा ब्यागमा फाइल बोकेर फरार भएको लेखा प्रमुखको बयान छ ।
प्रबन्ध निर्देशक किसानले ३० करोडको सम्पत्ति भनेर देखाएको भवन संस्थाको नाममा नरहेको बयान दिएका छन् । उनले पनि देवकुमार नेपालीको मौखिक आदेशमा विनाधितो ऋण प्रवाह गर्दै आएको बताएका छन् ।
सहकारी ऐनमा सञ्चालकले आफ्ना सदस्यहरूलाई मात्रै ऋण प्रवाह गर्न र बचत गर्न पाउने कानूनी व्यवस्था छ । तर, इमेज बचत तथा ऋण सहकारीले ७८ करोड ६९ लाख ५८ हजार बचतमध्ये ७० करोड ५० लाख ५० हजार रूपैयाँ गैरसदस्यबाट बचत असुल गरको जिल्ला प्रहरी कार्यालय बागलुङको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जिल्ला अदालतमा बुझाएको प्रतिवेदनअनुसार १० लाखभन्दा माथिको बचत रकमलाई कृत्रिम खाता बनाएर बचतकर्तालाई देखाउने गरेका थिए । उनीहरूले ‘जनरल इमेज ००८०७९’ खाता नम्बर राखेर कारोबार गर्ने गरेका थिए । त्यसलाई आफ्नै समितिका सचिव सुनिल नेपालीको नाममा ल्याएर अपचलन गर्ने गरेको अदालतमा पेस गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
उनीहरूले कृत्रिम बचत खातामा ६५ करोड २७ लाख ५० हजार रूपैयाँ हिनामिना गरेको देखिन्छ । उनीहरूले १० लाखभन्दा माथि बचत गर्ने व्यक्तिलाई १६ प्रतिशत ब्याजको प्रलोभन दिने गरेका थिए ।
प्रतिवेदनमा १ करोड ९२ लाख ७६ हजार राजस्व छलि गरेका छन् । ३ करोड ३९ लाख ५६ रूपैयाँ सदस्यहरूको पैसा ऋणात्मक देखाएर ठगी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकारी बैंकबाट लिएको ऋणमा दायित्व कम देखाएर १ करोड ११ लाख ६९ हजार, कृत्रिम रूपमा ब्याजबापत बढाएको रकम १ करोड ९२ लाख ७६ हजार, समष्टीगत वित्तीय नगद खातामा हुनुपर्ने ४ करोड ८१ लाख ५४ हजार, बैंक मौज्दात वासलातमा देखाएको तर वास्तविक खातामा नभएको ४ करोड ९९ लाख ८० हजारलगायत विभिन्न किसिमबाट ठगी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सरकारी वकिलको कार्यालयले अदालतमा दर्ताको अभियोजनमा जनप्रतिनिधिले अकुत र अवैधरूपमा सम्पत्ति आर्जन गरेकाले सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत र अख्तियारलाई कारबाही गर्न समेत सिफारिश गरेको छ ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकले आर्थिक वर्ष २०७७/०७८ देखि २०७९/०८० सम्ममा १ लाख ६ हजार ८७८ जना व्यक्तिहरू ठगिएको देखाउँछ ।
तथ्यांकअनुसार देशभरका १६५ वटा सहकारीले २२ अर्ब ८९ करोड रूपैयाँ ठगी गरेका छन् ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...