×

NMB BANK
NIC ASIA

आम्दामा सुत्केरीको मृत्यु प्रकरणः परिवारको आरोप– चरम लापरबाही, अस्पतालको स्पष्टोक्ति– घटना अचानक भयो

बुटवल | मंसिर १३, २०८०

NTC
Premier Steels

गुल्मीको सत्यवती गाउँपालिका–२ ठूलोलुम्पेककी ३२ वर्षीया भवानी रासकोटी सुरक्षित सुत्केरी सेवाका लागि भन्दै सोमवार बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) गइन् । सोही दिन उनको शल्यक्रियामार्फत पाँच किलोको बच्चा (छोरा) जन्मियो । बच्चा सकुशल छन् । तर भवानीको जीवन रहेन । 

Muktinath Bank

सुत्केरीको ज्यान नबचेपछि अस्पताल प्रशासनले मृत्युको कारणबारे उनका आफन्तलाई जानकारी गराएको थियो । मंगलवार बिहान सुत्केरी महिला बेडबाट जुरुक्क उठ्न खोजेपछि ‘पल्मनरी इम्बोलिजम’का कारण अचानक मृत्यु भएको अस्पतालले बताएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिरामीका आफन्तले भने चिकित्सकीय लापरबाहीका कारणले सुत्केरीको ज्यान गएको आरोप लगाएका छन् । उनीहरूले अस्पतालको लापरबाहीका कारण भवानीको मृत्यु भएको भन्दै ५० लाख रूपैयाँ रकम क्षतिपूर्ति दिनुपर्ने माग राखेका थिए । 


Advertisment
Nabil box
Kumari

विवादकै बीचमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा राजेन्द्रप्रसाद बस्यालमाथि कुटपिट भएको छ । कुटपिटबाट घाइते भएका मेसु बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

Vianet communication

डाक्टरहरूका अनुसार गर्भवती महिलाको पेटमा पाँच किलोको बच्चा थियो । ठूलो बच्चा भएको अवस्थामा पाठेघर धेरै खुलेको हुने र शल्यक्रिया गरेर बच्चा निकालेपछि त्यो पाठेघर खुम्चिन समय लाग्ने भएकाले सुत्केरीलाई बेडमा सुताएर राखिन्छ । तर, सुत्केरी एक्कासी जुरुक्क उठ्न खोजेपछि समस्या उत्पन्न भएको उनीहरूको दाबी छ ।

‘बेडमा सुतिरहेको अवस्थामा सुत्केरी एक्कासी जुरुक्क उठेपछि पाठेघरमा समस्या उत्पन्न भयो,’ एक चिकित्सकको भनाइ छ । सुत्नुपर्ने सुत्केरी एक्कासी उठेपछि पल्मनरी इम्बोलिजम भएको चिकित्सकहरूले बताएका छन् । ‘पाठेघर राम्रोसँग खुम्चिन नपाउँदै त्यसमा भार पर्नेगरी जुरुक्क उठ्दा धेरै सुत्केरी महिलामा त्यस्तो समस्या निम्तिएको छ,’ उपचारमा संलग्न डाक्टर भन्छन् । 

अस्पतालको प्रशासनको तर्फबाट कुनै लापरबाही नभएको र डाक्टर, नर्सिङ स्टाफहरूले सुत्केरी महिला रहेकै स्थानमा निगरानी गरिरहेको अवस्थामै महिला बेहोस भएको र लगत्तै मृत्यु भएको उनीहरूको दाबी छ ।

मृतक भवानीकी दिदी चन्द्रा सिंजालीका अनुसार भवानीले लुम्बिनी प्रादेशिक अस्पतालमा नियमित गर्भ परीक्षण गर्दै आएकी थिइन् । अस्पतालले मंसिर २२ गतेका लागि प्रसूति मिति दिएको थियो । बच्चाको तौल धेरै भएकाले पाँच दिन पहिले लुम्बिनी प्रादेशिक अस्पतालमा चेकजाँच गराएका थिए । रिपोर्टपछि बच्चाले आमाको पेटभित्रै दिसा गरेकाले तत्काल शल्यक्रिया गर्न डाक्टरहरूले सुझाएका थिए ।

लुम्बिनी अस्पतालले चिकित्सक र शैया अभाव भएको भन्दै भवानीलाई अन्यत्र लैजान भनेको चन्द्रा प्रजापतिले बताइन् । उनलाई सोमवार बिहान साढे ८ बजेतिर आम्दा अस्पताल लगिएको थियो । अस्पतालले सोमवार विहान ११ः७ बजे शल्यक्रिया गरी ५ किलोग्रामको बच्चा निकालेको थियो ।

शल्यक्रिया गरी बच्चा निकालेपछि भवानीको स्वास्थ्य पनि सामान्य नै थियो । भोलिपल्ट (मंगलवार) बिहान भवानीलाई शैय्या उठाउने क्रममा अचानक चक्कर लागेर ढलेपछि उनको मृत्यु भएको हाे । चन्द्राका अनुसार भवानीको मृत्यु भएपछि अस्पताल प्रशासनले शववाहन बोलाएर उनको शव गाडीमा राखिदिएको थियो । त्यसपछि उनका आफन्तहरू आक्रोशित भइ तोडफोडमा उत्रिएका थिए ।

‘बहिनीको मृत्यु भएपछि ज्वाइँ निशान थापा बेहोस् जस्तै बन्नुभएको थियो, मैले ज्वाइँलाई सम्हाल्ने कि बच्चालाई सम्हाल्ने अवस्थामा पुगेकी थिएँ । त्यस्तो बेलामा शवलाई अस्पतालबाट बाहिर निकाल्न लागेपछि जम्मा भएका आफन्त आक्रोशित भइहाल्छन् नि !’ चन्द्राले भनिन् ।

बिरामीका आफन्त राजु भुजेलले शल्यक्रिया गरेको भोलिपल्ट नै सुत्केरी महिलालाई उठेर हिँड्न लगाएको र त्यही उठ्ने क्रममा सुत्केरी बेहोस् भएको बताए । त्यसमा अस्पताल र डाक्टरहरूले निगरानी नगरेको उनको आरोप छ । 

सुत्केरीको मृत्यु भएपछि आक्रोशित आफन्तले शव बुझेर लैजाने तयारी भइरहेकै बेला आएको आफन्तको अर्को समूहले अस्पताल प्रशासनसँग वार्ता गर्ने भनेको र त्यही वार्ताको क्रममा मेसुमाथि आक्रमण भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए ।

null

‘वार्ता भइरहेकै स्थानमा प्रहरी पनि रहेको र त्यही क्रममा बिरामीका आफन्तहरूले कुर्सी प्रहार गरेर मेसुलाई आक्रमण गरेको देखिएको छ,’ उनले भने, ‘थप अनुसन्धान गर्दैछौं ।’ आक्रमणमा संलग्न भएको आशंकामा सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

मेसुमाथि भएको कुटपिटको विरोधमा अस्पतालमा सेवा ठप्प भएको छ । मृतक सुत्केरीको शव अस्पताल परिसरको शववाहनमा राखिएको छ । आफन्तले शव बुझेर शववाहनमा राखिसकेको अवस्थामा आफन्तको अर्को उत्तेजक समूह अस्पतालमा प्रवेश गरेर अवरोध शुरू गरेका थिए । उनीहरूको नाराबाजी र अवरोधपछि अस्पताल प्रशासनले छानबिन गर्न तयार रहेको जानकारी गराएको जनाएको छ । 

नेपाल चिकित्सक संघ, लुम्बिनीले डाक्टरमाथि भएको आक्रमणको विरोध जनाएको छ । संघका कावा अध्यक्ष डीबी खत्री र महासचिव डा सन्तोष पोखरेलले बुधवार बिहान प्रेस विज्ञप्ति जारी गर्दै संघका आजीवन सदस्य सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि गुण्डागर्दी र दादागिरी शैलीमा कुटपिट भएको भन्दै निन्दा र भत्र्सना गरेको छ । विज्ञप्तिमा चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरिएको छ । 

अस्पतालमा मंगलवार रातिदेखि नै नयाँ बिरामीको भर्ना बन्द गरिएको छ । भर्ना भएर उपचार गराइरहेका बिरामीको सेवा भने नरोकिएको अस्पतालले जनाएको छ । आईसियूमा उपचाररत डा बस्यालको स्वास्थ्य अवस्था अहिले खतरामुक्त र स्थिर रहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा सुदर्शन थापाले जानकारी दिए । उनको टाउको र पेटमा चोट लागेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x