×

विदेशमा पढाइ, स्वदेशमा सेवा

न्युरोको जनशक्ति अभाव देखेर डाक्टर पढ्न जापान गएका सौजन्यः फर्किएर अभाव टाल्ने कोसिसमा

विराटनगर | मंसिर १६, २०८०

 रोजगारीका अवसरहरू सिर्जना हुन नसक्दा नेपाली युवा पुस्तामा विदेश जाने लहर बढ्दैछ  । पढ्न भनेर अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापान लगायतका देशमा जानेहरूको लर्को झनै लामो बन्दै गएको छ । 

Laxmi Bank

चुनावताका पुरानादेखि नयाँ दलहरूले रोजगारीलाई पहिलो प्राथमिकता दिएका छन् । सत्तारुढदेखि प्रमुख प्रतिपक्षी दलका घोषणापत्र हेर्ने हो भने नेपालमै रोजगारीका अवसर प्राप्त भइहालेजस्तो देखिन्छ । तर व्यवहारमा त्यस्तो देखिँदैन । यसले गर्दा विदेश गएको पछिल्लो पुस्ता उतै पलायन भइरहेका छन् । कोही अपवादसमेत छ । विदेशमा पढेर पनि काम गर्न स्वदेशमै फर्किएका छन् । यसको अपवादमध्ये एक हुन्– सौजन्य राजभण्डारी । 


Advertisment

जापानको ह्यागो मेडिकल युनिभर्सिटीमा न्युरोलोजी (स्नायुसम्बन्धी) विषय) पढेका डाक्टर सौजन्य राजभण्डारीलाई भने नेपालप्रतिको मोहले तानेको छ । सेवा–सुविधा र काम गर्न सहज जापानमै भए पनि आफ्नै माटोको मायाले यतै तानेको उनी बताउँछन् ।


Advertisment

null 

सौजन्य विसं २०४८ फागुन ८ गते दुर्गम मानिने जिल्ला सोलुखुम्बुमा जन्मिएका हुन् । दूधकुण्ड घर भएका उनको बाल्यकाल भने सहज रुपमै बित्यो । बुवा–आमा नै निजी क्षेत्रमा जागिरे भएकाले उनलाई सहज भएको हो । बुवा हरिनारायण राजभण्डारी र आमा शर्मिला श्रेष्ठ दुवै अहिले जागिरबाट अवकास लिइसकेका छन् । बुवा सामाजिक काममा अग्रसर छन् । आमा पूर्वशिक्षिका हुन् । उनी गणितको शिक्षक थिइन् । बहिनी सुयसा राजभण्डारी पनि एमबीबीएस पढेर स्वदेशमै काम गर्न लागिपरेकी छिन् ।

बाल्यकालमा खेलकुदमा रुचि राख्थे सौजन्य । टीममा खेलिने बास्केटबल र फूटबलप्रति उनको रुचि थियो । ‘सानैदेखि खेलकुदमा रुचि राख्थेँ । टीम मन पराउँथे । टी बनाएर खेलिने बास्केटबल र फूटबलप्रति मेरो विशेष रुचि थियो,’ उनी भन्छन् । 

त्यसपछि सौजन्यलाई विराटनगर ‘सिफ्ट’ गरियो । कक्षा नर्सरी उनले विराटनगरमा पढे । उनले त्यसपछि काठमाडौंको ईपीएस स्कूलमा पढे । उनले सोही स्कूलबाटै एसएलसीसम्म पढे । एसएलसीमा उनले डिस्टिङ्सन नै ल्याए । यसपछि उनी हिमालय ह्वाइटहाउस कलेजमा विज्ञान विषय लिएर आईएस्सी पढ्न थाले । त्यहाँ उनले छात्रवृत्तिमा पढेका थिए, फेरि डिस्टिङ्सन नै ल्याए । त्यतिबेला पढ्दापढ्दै  डाक्टरको ‘इन्ट्रान्स’को तयारी गर्ने ‘ट्रेन’ नै थियो । उनले भने एमबीबीएस पढ्नका लागि काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा फारम भरे । पास पनि भइहाले ।

जब न्युरोका बिरामी रिफर गरेको देखे... 

विसं २०७४ सालतिर हो । सौजन्यले एमबीबीएस पढ्दा न्युरोका धेरै बिरामी देखे । तर न्युरोसम्बन्धी उपचार नेपालमै कम हुने गरेको थियो । अस्पतालहरूमा न्युरोका बिरामी आउँदा कहाँ ‘रिफर’ गर्ने भनेर छलफलसमेत हुने गरेको पनि उनले स्मरण गरे । ‘यो देखेपछि मलाई पनि न्युरोसम्बन्धी  पढ्ने रहर लाग्यो । एमबीबीएस सकिएपछि काठमाडौंको माइतीघरमा रहेको अन्नपूर्ण न्युरो अस्पतालमा काम गर्न थालेँ,’ उनले भने । त्यहाँ उनले एक वर्ष काम गरे । अप्रेसन थिएटरमा उनको ड्युटी पर्दैन थियो । तर उनले अप्रेसन थिएटरमा गएर सघाउने गरेका थिए । उनलाई त्यसलाई थप हौसला मिल्यो । रिसर्च पनि गर्ने गर्थे ।

null  

त्यहाँ डा वसन्त पन्तको ‘अन्डर’मा काम गर्दा धेरै कुरा सिक्ने मौका  पाएको उनी बताउँछन् । त्यो अस्पतालमा काम गर्न उनीसहित १५ जनाले निवेदन दिएका थिए । तर सौजन्य मात्रै छानिएका थिए । 

‘जापानको युनिभर्सिटीमा पढ्नका लागि पनि इन्ट्रान्स दिनुपथ्र्याे,’ उनले भने, मैले अन्नपूर्णमै काम गर्दा त्यसको तयारी गरेको थिए,’ उनले थपे, ‘डा वसन्त पन्त तथा डा प्रवेश राजभण्डारी लगायतका सिनियरले  मलाई ठूलो सहयोग गर्नुभयो ।’

विदेशबाट फर्किएर स्वदेशको सेवामा

‘इन्ट्रान्स’मा नाम निकालेपछि सौजन्य विसं २०७५ सालतिर डाक्टर पढ्नका लागि जापान गए । यसअघि लामो समयसम्म परिवारलाई छोडेका थिएनन् । काठमाडौंमा होस्टलमा बसे पनि उनलाई भेट्न परिवार आइरहन्थे । यसैले विदशेमा बस्दा गाह्रो भएको उनी बताउँछन् ।

null 

विदेश गए पनि सौजन्यमा पहिलेदेखि नै फर्किएर नेपालमै केही गर्नु भन्ने सोच थियो । उनका अनुसार नेपालमा टाउकाको अप्रेसन गर्दा टाउको खोलेर मात्रै अप्रेसन गर्नु पथ्र्याे । टाउको नखोली अप्रेसन गर्ने जनशक्ति अहिले पनि अभाव नै छ । ‘नेपालको यस्तै जनशक्ति अभाव देखेर मलाई स्वदेशमै केही गर्ने अठोट आएको हो,’ उनी भन्छन् ।

एमबीबीएसको पाँच वर्षे पढाइ सकेपछि सौजन्य गत असोजमा स्वदेश फर्किएका छन् । अहिले पहिले आफूले पहिलो अनुभव लिएको काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमै काम गरिरहेका छन् । त्यहाँका बिरामीलाई सकेको सेवा दिइरहेका छन् । उनी न्युरोमा भएको जनशक्ति अभावलाई टाल्ने कोसिसमा लागिरहेका छन् ।  
 

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मानसिक अशान्तिका कारण र असर

मानसिक अशान्तिका कारण र असर

कात्तिक २४, २०८१

मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

कात्तिक २१, २०८१

 धर्मेन्द्र झा  ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

कात्तिक २०, २०८१

३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...

x