×

NMB BANK
NIC ASIA

आर्थिक संकट र एनसेलको स्वामित्व बिक्रीको सन्दर्भ

एनसेलबारेको बहसमा नआएको पाटो : १० वर्षमा झण्डै ३ खर्ब राजस्व, एकै वर्ष ७६ अर्बसम्म

काठमाडाैं | पुस ६, २०८०

NTC
Premier Steels

मलेसियन कम्पनी आजियाटा निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमा रहेको ८० प्रतिशत शेयर स्वामित्व बेचेर बाहिरिएपछि केही समयदेखि यो विषयले नेपाली बजार तातेको छ ।

Muktinath Bank

वैदेशिक लगानीका लागि सरकारले हारगुहार गरिरहेको र फेरि एकपटक लगानी सम्मेलन गर्ने तयारी भइरहेको बेला यति ठूलो विदेशी लगानीकर्ता बाहिरिएको विषयमा गम्भीर समीक्षा भने हुन सकेको छैन । बरु सामाजिक सञ्जालदेखि सार्वजनिक मञ्चसम्म थरिथरि बहस भइरहेको छ । पक्ष/विपक्षमा सामाजिक सञ्जाल तातेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आजियाटा समूहले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर स्वामित्व बेलायतको स्पेक्ट्रलाइट युकेलाई बेचेको हो ।


Advertisment
Nabil box
Kumari

स्पेक्ट्रलाइटका सिंगापुरलाई आधार बनाएर टेलिकम्युनिकेसन क्षेत्रमा लगानी गर्दै आएका गैरआवासीय नेपाली शतिशलाल आचार्यको कम्पनी हो । एनसेलको बाँकी २० प्रतिशत स्वामित्व स्थानीय साझेदार सुनिभेरा क्यापिटल भेन्चर प्रालिका नाममा छ । सुनिभेरामा आचार्य परिवारकै लगानी छ ।

Vianet communication

नेपालमा गरिएको लगानी चुनौतीपूर्ण देखिएको भन्दै आजियाटा बाहिरिँदा सरकारले गम्भीर समीक्षा नगरी लगानी सम्मेलन गर्न लागेको छ । आजियाटाको बहिर्गमनले पार्ने प्रभावका विषयमा खासै चर्चा भएको देखिन्न ।

वैदेशिक लगानीको पाटोलाई एकातिर छाड्दा अर्को महत्त्वपूर्ण पाटो एनसेलले नेपालको अर्थतन्त्रमा पुर्‍याएको योगदान पनि हो ।

पछिल्लो १० वर्षको तथ्यांक हेर्ने हो भने एनसेलले विभिन्न शीर्षकमा राज्यलाई २ खर्ब ८० अर्ब १८ करोड ३१ लाख ९४ हजार २८० रुपैयाँ राजस्व बुझाएको छ ।

एनसेलले आर्थिक वर्ष २०७५/०७६ मा मात्र ७६ अर्ब ६७ करोड ५ लाख ५७ हजार ३०९ रुपैयाँ बुझाएको थियो । त्यसको पछिल्लो वर्ष २०७६/०७७ मा ३१ अर्ब ८८ करोड, २०७७/०७८ मा २० अर्ब ४ करोड, २०७८/७९ मा १८ अर्ब ६० करोड, २०७९/०८० मा १८ अर्ब ६० करोड एनसेलले राज्यलाई बुझाएको तथ्यांक देखिन्छ ।

त्यसअघि एनसेलले २०७०/०७१ मा १७ अर्ब १७ करोड, २०७१/०७२ मा २२ अर्ब ३१ करोड, २०७२/०७३ मा २३ अर्ब ४६ करोड, २०७३/०७४ मा २४ अर्ब ४ करोड र २०७४/०७५ मा २५ अर्ब ६२ करोड रुपैयाँ राज्यलाई बुझाएको तथ्यांकमा देखिन्छ ।

हेर्नुहोस्,तथ्यांक :

null

कुन शीर्षकमा कति ?

यस अवधिमा एनसेलले जीएसएम लाइसेन्सबापत नेपाल दूरसञ्चार प्राधिकरणलाई ३२ अर्ब ७५ करोड रुपैयाँ बुझाएको छ । प्राधिकरणलाई नै आईएलडी लाइसेन्सबापत ११ करोड २५ लाख, एनएसपी लाइसेन्सबापत ७० लाख ६ हजार र आईएसपी लाइसेन्सबापत ५ लाख ९० हजारभन्दा माथि रकम बुझाएको एनसेलबाट प्राप्त तथ्यांकमा उल्लेख छ ।

टेलिकम्युनिकेसन सर्भिस चार्ज (टीएससी)बापत ठूला करदाता कार्यालयलाई ३७ अर्ब १२ करोड बुझाएको एनसेलले एड्भान्स ट्याक्स ५३ अर्ब ३८ करोड, क्यापिटल गेन ट्याक्स ४७ अर्ब, टीडीएस १७ अर्ब ९४ करोड र रोयल्टी १९ अर्ब ९८ करोड बुझाएको देखिन्छ ।

ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)मा १० अर्ब १२ करोड बुझाएको एनसेलले फ्रिक्वेन्सी फीबापत १२ अर्ब १८ करोड र नेसनल लेभल (डब्लूएफ) ५ अर्ब ८० करोड र अन्य विभिन्न शीर्षकमा ३ अर्ब ७० करोड रुपैयाँ बुझाएको छ ।

हेर्नुहोस्,कुन शीर्षकमा कति ? :

null

अर्थतन्त्र संकटमा रहेका बेला ठूला कम्पनीका सम्बन्धमा देखिने राज्यको व्यवहारले समग्र निजी क्षेत्रको मनोविज्ञानमा प्रभाव पर्ने व्यवसायीहरू बताउँछन् ।

​'राज्यले कुनै एउटा कम्पनीका सम्बन्धमा गर्ने व्यवहारले समग्र निजी क्षेत्रको मनोविज्ञानमा प्रभाव पर्छ,' नेपालका एक चर्चित व्यवसायीले नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने, 'सारमा भन्ने हो भने हाम्रो मुलुकमा लगानीमैत्री नीति नै छैन । कुनै पनि सरकार यसमा जिम्मेवार बन्न सकेनन् ।'

नयाँ वैदेशिक लगानीका लागि सम्मेलन गर्नुभन्दा पहिला मुलुकमा लगानीको उचित वातावरण बनाउनतर्फ लाग्नुपर्ने उनको सुझाव छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x