×

NMB BANK
NIC ASIA

‘सक्किगोनि’ टिमले आगामी महिना चलचित्र निर्माणको औपचारिक घोषणा गर्ने

काठमाडाैं | पुस १०, २०८०

NTC
सिरियलको एक दृश्यमा शीर्ष कलाकारहरू
Premier Steels

अहिलेको चर्चित हास्य टेलिश्रृङखला ‘सक्किगोनि’को टिमले चलचित्र निर्माणको तयारी गरेको धेरै भइसकेको छ ।

Muktinath Bank

यो टिमले ‘भद्रगोल’ टेलिसिरियल ल्याउँदा नै चलचित्र निर्माणको तयारी थियो । त्यतिबेला चलचित्रको नाम, निर्देशक र अभिनेतासमेत फाइनल भइसकेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुरुवातमा चलचित्रलाई निर्देशक निश्चल बस्नेतले निर्देशन गर्ने तय भइसकेको थियो । उनले एडभान्स रकम समेत लगिसकेका थिए । यद्यपि, पछि उनले कथा चित्त नबुझेको भन्दै चलचित्र छाडे । 


Advertisment
Nabil box
Kumari

त्यस्तै, सुरुवातमा चलचित्रको शीर्ष भूमिकामा अभिनेता विपिन कार्कीलाई फाइनल गरिएको थियो । तर, लामो समयसम्म चलचित्र बनेन् । बीचमा कोभिडका कारण पनि निर्माण टिमले चलचित्रतर्फ ध्यान दिएन । 

Vianet communication

यद्यपि, अब भने ‘सक्किगोनि’ टिमले चलचित्रको निर्माणको तयारीलाई तीव्र रुपमा अगाडि बढाएको छ ।

आगामी महिना घोषणा गर्नेगरी तयारी भइरहेको ‘सक्किगोनि’स्रोतले जानकारी दिएको छ । ‘माघ १ गते निर्माण र नाम घोषणा गर्ने तयारी हो’ टिमभित्रका एक सदस्यले भने, ‘सोही योजनाअनुसार अहिले धमाधम स्क्रिप्टमा काम चलिरहेको छ ।’ 

सोसल–कमेडी जनरामा चलचित्र निर्माण हुनेछ ।

चलचित्रका लागि समय दिनुपर्ने भएकाले ‘सक्किगोनि’ टिमले सिरियलको छायांकन पनि दिनरात नभनी गर्ने गरेको छ ।

अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’को लेखन एवं निर्देशन रहँदै आएको ‘सक्किगोनि’ निकै चर्चित टेलिसिरियल हो ।

सिरियलका अधिकांश पात्रहरू दर्शकमाझ निकै चर्चित छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x