×

NMB BANK
NIC ASIA

फिल्म ‘गाउँ नै रमाइलो’मा आर्यन र दयाहाङ फाइनल

काठमाडाैं | पुस ११, २०८०

NTC
Premier Steels

‘गाउँ नै रमाइलो’ नामक फिल्म निर्माणको घोषणा गरिएको छ । 

Muktinath Bank

यस वर्षको सुपरहिट फिल्म ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले यस फिल्मको निर्माण घोषणा गरेका हुन् । दिनेश राउतले निर्देशन गर्ने पक्का भएको फिल्ममा विकास सुवेदीको लेखन रहनेछ । दिनेशले फिल्म ‘पूजार सार्की’को काम सकेपछि ‘गाउँ नै रमाइलो’को छायांकन सुरु गर्नेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच, यो फिल्ममा दुई सुपरस्टार अभिनेताहरूको टिमअप पक्का भएको छ ।


Advertisment
Nabil box
Kumari

फिल्ममा अभिनेताद्वय आर्यन सिग्देल र दयाहाङ राईले काम गर्ने पक्का भएको निर्माता कडरियाले जानकारी दिएका छन् ।

Vianet communication

आर्यन र दयाहाङले यसअघि फिल्म ‘मेरो एउटा साथी छ’मा काम गरेका थिए । यी दुई नायकको टिमअपले फेरि दर्शकमाझ नयाँ उत्साह थपिने आँकलन गर्न सकिन्छ । 

यो फिल्मलाई आउँदो वर्षको दशैँमा रिलिज गर्ने घोषणा समेत गरिएको छ । क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुने यो फिल्मले गाउँको कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने बुझिएको छ ।

फिल्मका अन्य कलाकारहरूको घोषणा विस्तारै गरिने निर्माणपक्षले बताएको छ । 

यो फिल्मको नेपाल वितरणको जिम्मा आरआर फिल्मसले लिएको छ । यस्तै, ओभरसिजमा एमएसएम इन्टरटेन्मेन्टले यो फिल्म वितरणको जिम्मा लिएको छ । फिल्मको छायांकन आउँदो वर्षको जेठबाट सुरु हुने निर्माणपक्षले उल्लेख गरेको छ । 

निर्माता कडरियाले फिल्म ‘दुःखी आत्मा’ निर्माणको घोषणा पनि गरिसकेका छन् । दीपेन्द्र लामाले निर्देशन गर्ने यो फिल्ममा दयाहाङ राई फाइनल भइसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x