×

NMB BANK
NIC ASIA

को हुन् ‘सक्किगोनि’का नयाँ पात्र ‘गल्फने’ ?

आफ्नो पात्रलाई रुचाइँदा दंग छन् बबिन राई

काठमाडाैं | पुस १३, २०८०

NTC
Premier Steels

हास्य टेलिसिरियल ‘सक्किगोनि’को पछिल्ला एपिसोड हेर्नुभएको छ ? सिरियलमा पछिल्लो समय एकजना नयाँ पात्रको प्रवेश भएको छ ‘गल्फने’ । ६०/६५ वर्षको देखिने यी पात्र छोटो समयमै दर्शकको नजरमा परेका छन् । पछिल्ला चार एपिसोडमा उनी निरन्तर देखिएका छन् ।

Muktinath Bank

विशेष गरी उनले बोल्ने ‘बिजोग रमाइलो छ त...’जस्ता संवादलाई पनि दर्शकले निकै रुचाउँदै आएका छन् । ‘गल्फने’को भूमिकामा देखिँदै आएका यी पात्र हुन् सोलुखुम्बुका ४२ वर्षीय बबिन राई । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिरियलमा जोडिएको छोटो समयमै दर्शकको माया देखेर उनी दंग छन् । उनी सिरियलमा किराँतभित्रको राई समुदायको पात्रको भूमिकामा छन् । ‘राम्रो क्यारेक्टर बनाइदिनुभयो । मेरो समुदायले पनि राम्रो रेस्पोन्स गरिरहनुभएको छ’ सुटिङ सेटमा ‘गल्फने’को गेटअपमा भेटिएका बबिनले खुशी व्यक्त गरे । बबिन यसअघि दर्शकको नोटिसमा थिएनन् । 


Advertisment
Nabil box
Kumari

‘वैदेशिक रोजगारका लागि कतारमा थिएँ । १० वर्ष बसेर फर्किएको हुँ’ उनले लोकान्तरसँग ​भने, ‘अभिनय मेरो पहिल्यैदेखिको रुचि हो । फर्किएपछि सीताराम कट्टेलसँग जोडिए । उहाँहरूको वेब सिरिज ‘मै राम्री’को केही एपिसोडमा काम गर्ने अवसर पाएँ । धुर्मुसकै माध्यमबाट ‘सक्किगोनि’मा जोडिएर काम गरेको हुँ ।’ 

Vianet communication

उनी वैदेशिक रोजगारीमा जानुअघि गाउँमा नाटक गर्नुको साथै त्यस आसपासमा हुने सांस्कृतिक कार्यक्रमहरूमा नछुटाइ प्रस्तुति दिने गरेका थिए । उनी पहिल्यैदेखि नृत्य र हास्यव्यंग्यमा विशेष रुचि राख्दै आएका थिए । ‘सक्किगोनि’का कलाकारहरू कुमार कट्टेल ‘जिग्री’ र हरि निरौला ‘कक्रोज’कै गाउँका हुन् बबिन ।

कतारमा हुँदा पनि आफूले ‘सक्किगोनि’ हेर्ने गरेको र अहिले त्यसमा अभिनय गर्न पाउँदा छुट्टै खुशी लागिरहेको उनले बताए । 

२०७२ सालमा कतारबाट विदामा नेपाल आउँदा उनले कल्चरल फिल्म ‘मतान’मा अभिनय गरेका थिए । यसले राम्रो रेस्पोन्स पाएको थियो । अहिले ‘सक्किगोनि’मा आफू नयाँ पात्र भएपनि सिरियलभित्र रुचाइएका हरेकजसो पात्रसँग जोडिएर देखिँदा पनि दर्शकले रुचाएको उनको अनुभव छ । 

सिरियलमा निकै रमाइलोका साथ काम गरिरहेको उनले बताए । ‘सुटिङको धेरै ज्ञान थिएन । मलाई सिकाइरहनुभएको छ । मैले सिक्दै काम गरिरहेको छु । मेरो लागि यो क्लास नै हो’ उनले लोकान्तरसँग भने । 

अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’को संयुक्त लेखन एवं निर्देशन रहँदै आएको ‘सक्किगोनि’मा उनीहरूसँगै सागर लम्साल ‘बले’, हरि निरौला ‘कक्रोज’, दीपक आचार्य ‘काकु’, सिपी पुडासैनी ‘धतुरे’, कमलमणि नेपाल ‘खुपीका बाउ’, गोविन्द कोइराला ‘जयन्ते’, मधुसुदन पाठक ‘सिते बा’, प्रियना आचार्य ‘मुन्नी’, रक्षा श्रेष्ठ, रश्मी पाण्डेलगायतको अभिनय रहँदै आएको छ । 

यसमा अभिनय गर्ने सबैजसो पात्रहरू दर्शकमाझ लोकप्रिय छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x