कात्तिक १९, २०८०
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायले ८ अनौठा सिर्जना सार्वजनिक गरेका छन् ।
कीर्तिमानी डा. उपाध्यायले शुक्रवार काठमाडौंमा पत्रकार भेटघाट गर्दै उक्त सिर्जनाहरू सार्वजनिक गरेका हुन् ।
गीतकार संघका पूर्वअध्यक्ष चुडामणि देवकोटा, साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, उपन्यासकार तथा संगीतकार सन्तोष श्रेष्ठ र गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ लगायतको आतिथ्यतामा डा. उपाध्यायका अनौठा सिर्जना सार्वजनिक गरिएको थियो ।
सार्वजनिक गरिएका सिर्जनामा २४/३६ इन्चको गीति पुस्तक ‘अलौकिक’, डीआर म्युजिक एण्ड क्रियशनको १२/८ को मोज्याक लोगो, चेसबोर्डमा २०० गीत र एक लाइन अंग्रेजी एवं एक लाइन नेपाली रहेको गीति पुस्तक ‘अपरिमित’ रहेका छन् ।
यस्तै, विश्वका विभिन्न डिजिटल क्यामेराको नाम समेटिएको गीति कविता, विश्वका ब्रास ब्याण्डहरूको नाम समेटिएको गीति कविता, नौवटा हावाले बज्ने वाद्ययन्त्रहरूको गीति कविता र विश्वका प्रसिद्ध एनिमेटेड फिल्मको नाम लेखिएको गीति कविता रहेका छन् । आफ्नो केही अनौठा काम गर्ने सिलसिलामा यी सिर्जनाको जन्म भएको डा. उपाध्यायले बताए ।
डा. उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान राख्नुभएको छ । यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् ।
दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।
डा. उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५१ पुग्ने तयारीमा रहेको जानकारी दिए ।
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...