×

NMB BANK
NIC ASIA

कोशीमा सभामुख लिन राप्रपा तयार, अम्बरबहादुर विष्टको नाममा आन्तरिक सहमति

विराटनगर | पुस १९, २०८०

NTC
Premier Steels

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट कोशी प्रदेश सभाको सभामुख बन्ने लगभग पक्का भएको छ ।

Muktinath Bank

गत साउन १६ मा तत्कालीन सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएपछि कोशी प्रदेश सभाको सभामुख पद रिक्त छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत असार २१ मा नेपाली कांग्रेसका नेता उद्धव थापा पहिलोपटक मुख्यमन्त्री बन्दा तत्कालीन सभामुख गौतमले पनि समर्थनमा हस्ताक्षर गरेका थिए ।


Advertisment
Nabil box
Kumari

सभामुखको उक्त कदम संविधानसम्मत नभएको ठहर गर्दै साउन ११ मा सर्वाेच्च अदालतले थापालाई पदमुक्त गरिदिएको थियो । लगत्तै सभामुख गौतमलाई राजीनामा दिन लगाएर साउन १६ मा थापा दोस्रोपटक मुख्यमन्त्री बनेका थिए ।

Vianet communication

अहिले सभा सञ्चालन उपसभामुख सिर्जना दनुवारले गर्दै आएकी छिन् ।  

सत्ता राजनीतिको जोडघटाउका कारण सभामुख पद लिन कुनै पनि दल तयार भइरहेका थिएनन् । अहिले राप्रपा सभामुख पद लिन तयार भएको छ ।

विष्ट सबैको सहमतिमा सभामुख बन्ने राप्रपाका एक नेताले बताए ।

‘यही मंसिर १९ गतेभित्र नै हाम्रो माननीयज्यू सभामुख भइसक्नुहुने थियो,’ राप्रपाका एक सांसदले भने, ‘मंगलवार बसेको कार्यव्यवस्था समिति बैठकमा एमालेले २४ गतेसम्म पर्खन आग्रह गरेकाले मात्रै रोकिएको हो, २५ गते सभामुख चयन हुन्छ ।’

विष्टलाई सभामुखको उम्मेदवार बनाउने भनेर निर्णय नै गरिसकेको राप्रपाकी प्रदेशसभा सदस्य सविना बजगाईँले बताइन् ।

‘हामीले अम्मर विष्टलाई सभामुख बनाउने निर्णय केही दिनअगाडि नै गरिसकेका छौं,’ बजगाईँले भनिन्, ‘अब यो निर्णयबाट ब्याक हुने अवस्था छैन ।’

राप्रपाले निर्णय गरे पनि सार्वजनिक भने गरेको छैन । केन्द्रका केही नेताले सभामुख लिन हुँदैन भनेर विरोध गरेकाले निर्णय सार्वजनिक नगरिएको नेताहरू बताउँछन् ।  

सरकार बनाउन र टिकाउन हम्मेहम्मे परिरहेको अवस्थामा राप्रपालाई सभामुख दिएमा केन्द्रको सत्ता गठबन्धन कोशीमा पनि बहुमतमा रहने पक्का हुन्छ ।

यसअघि एमालेले राप्रपालाई सभामुख लिन नदिएर सत्ता गठबन्धनमा बहुमत पुग्न दिएको थिएन । एमालेकै सांसदको हस्ताक्षरमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेपछि परिस्थिति फेरिएको हो । कार्कीलाई मुख्यमन्त्री बनाए पनि एमाले अहिले सरकारमा भने छैन ।

उपसभामुख सिर्जना दनुवार एमालेकी समानुपातिक सांसद हुन । उद्धव थापा नेतृत्वको सरकार ढाल्नका लागि एमालेअनुकूल भूमिका खेलेको भन्दै सत्ता गठबन्धन उनीसँग रुष्ट छ ।

उनले समेत सभामुखका लागि पहल गरे पनि सफल नहुने देखिएको एक नेताले बताए ।

कोशीमा राप्रपालाई सभामुख दिने सहमति भइसकेको नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । 

राप्रपा कोशी प्रदेश सरकारमा समेत सहभागी हुने गठबन्धनका नेताहरूको दाबी छ । सभामुख चयनपछि एक डेढ महिनाभित्रै राप्रपा सरकारमा सहभागी हुने गठबन्धनका नेताहरूले बताएका छन् ।

‘अहिलेसम्म भएको छलफलमा सभामुख चयन भएको एक डेढ महिनाभित्र नै राप्रपा सरकारमा सहभागी हुने भन्ने छ,’ गठबन्धनका एक नेताले भने, ‘पहिला भाइ एमाले भन्थे, तुरुन्तै सरकारमा सहभागी हुँदा के भन्लान् भनेर ढिला गरी सहभागी हुन्छौं भन्नुभएको छ ।’ 

कोशीमा एमालेका उपसभामुखसहित ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x