२७ जेठ २०८३, बुधबार

मुम्बईमा बन्यो भारतको सबैभन्दा लामो समुद्री पुल ‘अटल सेतु’

पुस २७, २०८०
काठमाडौं
मुम्बईमा बन्यो भारतको सबैभन्दा लामो समुद्री पुल ‘अटल सेतु’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार महाराष्ट्रमा भारतको सबैभन्दा लामो पुल अटल बिहारी वाजपेयी सेवारी–न्हवा शेवा अटल सेतुको उद्घाटन गरेका छन् । सो अवसरमा महाराष्ट्रका राज्यपाल रमेश बैस, मुख्यमन्त्री एकनाथ शिन्दे र उपमुख्यमन्त्री देवेन्द्र फडणविस पनि सहभागी थिए । 
‍अटल सेतु भारतको सबैभन्दा लामो सामुद्रिक पुल पनि हो । यसले मुम्बई अन्तर्राष्ट्रिय विमानस्थल र नवी मुम्बई अन्तर्राष्ट्रिय विमानस्थललाई छिटो कनेक्टिभिटी प्रदान गर्नेछ । साथै मुम्बईबाट पुणे, गोवा र दक्षिण भारतसम्मको यात्राको समयलाई पनि कम गर्नेछ । पुलको शिलान्यास पनि सन् २०१६ डिसेम्बरमा प्रधानमन्त्री मोदीले नै गरेका  थिए । 

अटल सेतुको निर्माणमा कूल १७ हजार आठ सय ४० करोड भारतीय रुपैयाँभन्दा धेरै खर्च गरिएको हो । यो २१ दशमलव आठ किलोमिटर लामो र छ लेन भएको पुल हो । यसको लम्बाई समुद्रमाथि करिब १६ दशमलव पाँच किलोमिटर र जमिनमा करिब पाँच दशमलव पाँच किलोमिटर छ । यसबाट मुम्बई बन्दरगाह र जवाहरलाल नेहरु बन्दरगाहबीचको कनेक्टिभिटीमा पनि सुधार हुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्