×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

रवि लामिछानेविरुद्ध उजुरी, पुसमा ६५ हजार बिदेसिए

काठमाडाैं | माघ ४, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
पुस महिनामा वैदेशिक रोजगारीका लागि ६५ हजार ८१३ जना बिदेसिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार जसमध्ये २६ हजार ७२३ जना मेनपावर कम्पनीबाट गएका छन् भने व्यक्तिगत तबरबाट ६ हजार ३९८ जना गएका छन् । यस्तै अन्य भने पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको भनाइ छ । गत आर्थिक वर्ष २०७९÷८० को पुस महिनामा ६५ हजार ४६४ जना विदेशीएका थिए ।

Muktinath Bank

विभागका अनुसार पुस महिनामा १०५ मुलुकमा नेपालीहरु वैदेशिक रोजगारीमा गएका छन् । त्यसमध्ये सबैभन्दा धेरै पुनः श्रमस्वीकृति समेत गरी १६ हजार ३८५ जना वैदेशकि रोजगारीमा गएका छन् । पुस महिनामा यूएई जानेको संख्या नै सबैभन्दा धेरै रहेको विभागले जनाएको छ । 
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध  उजुरी परेको छ । सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईसँगै लामिछानेविरुद्ध पनि उजुरी परेको हो । ग्यालेक्सी टीभीका तत्कालीन एमडी लामिछानेविरुद्ध पनि ठगीको विषयमा सहकारी विभागमा उजुरी दर्ता भएको हो । सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै नेपाली नागरिकका तर्फबाट युवराज सफलले उजुरी दर्ता गराएका हुन् ।
००००
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक सुरक्षाको प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगले बुधवार एक विज्ञप्ति जारी गर्दै माघ ११ गते हुने निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीहरूलाई मध्यनजर गर्दै सुरक्षाको प्रबन्ध गर्न निर्देशन दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदान स्थललगायतको सुरक्षा प्रबन्ध गर्न आयोगले भनेको छ ।


Advertisment
Nabil box
Kumari

००००
अवैध सवारी चालक अनुमति पत्र (लाइसेन्स)का विषयमा छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा गठित छानबिन समितिले यातायात व्यवस्था विभाग र यातायात कार्यालयका कर्मचारीहरूको संलग्नता रहेको निष्कर्ष निकालेको छ ।

Vianet communication

मन्त्रालय स्रोतका अनुसार १० पृष्ठको प्रतिवेदन र १ हजार पृष्ठको अनुसूची माघ २ गते नै मन्त्रालयका सचिव केशवकुमार शर्मालाई बुझाइएको छ । ‘सम्बद्ध यातायात कार्यालय र यातायात व्यवस्था विभागको सम्बद्ध शाखाका कर्मचारीको संलग्नताबेगर अवैध लाइसेन्स जारी हुन सक्दैन । यस विषयमा थप छानबिन गर्नुपर्ने आवश्यकता देखिन्छ भन्ने कुरा प्रतिवेदनमा उल्लेख छ,’  स्रोतले लोकान्तरसँग भन्यो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् । उनी बिहीबार बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित काभ्रेको बनेपा नगरपालिका–९ का वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।
घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिइसकेको अवस्थामा वडाध्यक्ष नृपेश बादेलाई बुधबार साँझ भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
००००
पछिल्लो निर्णयअनुसार विमानस्थलमा चेकजाँचमा खटिएका सशस्त्र प्रहरीले शंका लागेको खण्डमा जुत्ता समेत खोलेर चेकजाँच गर्न थालेका छन् । विमानस्थलमा ओर्लिएर भन्सार हुँदै एक्सरे मशिनबाट बाहिरिनुपर्छ ।

मशिनमा हरियो बत्ती नबलेसम्म बाहिर निस्किन दिइँदैन । आवश्यक परेको खण्डमा शरीरमा भएका सबै सामानहरू र ब्यागेजमा भएका सामान पनि चेकजाँच भइरहेको छ ।
‘शंका लागेको खण्डमा हामीले तलदेखि माथिसम्मका सबै कपडाहरू खोल्न लगाएका छौं । अधिकांशको जुत्ता समेत खोल्न लगाएका छौं । त्यो शंका लागेका व्यक्तिहरूलाई हो, सबैलाई भने होइन,’ सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीले भने । 

विमानस्थल भन्सारका प्रमुख भन्सारक टोकराज पाण्डेका अनुसार अहिले आउने यात्रुहरूको चेकजाँचका लागि ४ वटा मशिन चालू अवस्थामा छन् ।
००००
सरकारले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ललाई नियुक्त गरेको छ । 
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा भने रमेशचन्द्र न्यौपानेलाई मनोनयन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यसैगरी सरकारले २७ जना सहसचिवहरूको सरुवा गरेको छ ।
००००
गौशाला २६ को फोटो सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाका केशरमान राई छन् ।
उनलाई साइबर ब्यूरोको टोलीले संखुवासभाबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।
००००
कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा साढे दुई वर्षपछि फेरि आफ्नै निजी निवासमा सरेका छन् ।
२०७८ असार २९ ग ते प्रधानमन्त्री भएपछि २०७९ पुस १० सम्म प्रधानमन्त्री निवास बालुवाटारमा र त्यसपछि एक वर्ष भाडाको घरमा बसेपछि देउवा आफ्नै निजी निवासमा सरेका हुन् । 
००००
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ ।
नेप्से परिसूचक बुधबार १२ दशमलव १० अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ०६ विन्दुमा कायम भएको छ ।
००००
कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार सबैभन्दा धनी मुख्यमन्त्री देखिएका छन् भने गरिब भौतिक पूर्वाधार मन्त्री देखिएका छन् । 
मुख्यमन्त्री केदार कार्कीको जतासुकै जग्गा रहेको देखिन्छ भने भौतिक पूर्वाधार मन्त्री कमलप्रसाद जबेगुले लैनो गाई, गोरूदेखि बाख्रासम्म सम्पत्ति विवरणमा देखाएका छन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती झेल्नु परेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन् । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसँग भएको छलफलमा प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिएका हुन् । यस्तै प्रधानमन्त्रीले प्रहरी समायोजन १५ दिनभित्र टुंग्याउन, सहकारी समस्या समाधान गर्न पनि निर्देशन दिएका छन् । 
००००
नक्कली मदिरा बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार काठमाडौंको बौद्धबाट नक्कली मदिरा बनाउने गिरोहका ९ जनालाई पक्राउ गरेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x