×

NMB BANK
NIC ASIA

विश्व आर्थिक मंचको निष्कर्ष

डाभोस सम्मेलन-२०२४ : खस्किँदै गएको विश्वासको पुनर्निर्माण गर्न आह्वान

काठमाडाैं | माघ ६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

स्विजरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्च (डब्ल्युईएफ)ले विश्वव्यापी अनिश्चितताको सामना गर्ने र विश्वासको पुनर्निर्माण गर्न विश्वका देशहरूलाई आह्वान गर्दै २०२४ को वार्षिक बैठक सम्पन्न गरेको छ ।

Muktinath Bank

विश्वमा बढ्दो खण्डीकरण र ध्रुवीकरणको पृष्ठभूमिमा बसेको डाभोस सम्मेलनले संवाद, सहयोग र साझेदारीलाई बढावा दिनको लागि एक महत्त्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको विश्वास गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्व आर्थिक मंचका अध्यक्ष बोर्गे ब्रेन्डेले विश्वव्यापी रूपमा 'एकताको नयाँ भावना' जगाउन फोरमको भूमिकालाई जोड दिए र सहयोगको माध्यमबाट 'बलियो परिणाम' को सम्भावनालाई हाइलाइट गरे ।


Advertisment
Nabil box
Kumari

समापन सम्बोधनमा उनले बढ्दो विश्वव्यापी तापक्रम, कमजोर अर्थतन्त्र र खस्कँदै गएको सुरक्षा परिदृश्य लगायत विश्वले सामना गरिरहेका महत्वपूर्ण र जटिल चुनौतीहरूलाई स्वीकार गरे । उनले उल्लेख गरेका यी चुनौतीहरूले यस ग्रहमा बस्ने प्रत्येकलाई प्रभाव पारिरहेको छ ।

Vianet communication
Laxmi Bank

'हामीलाई आपसी सहयोगको आवश्यकता थाहा छ । पछिल्ला वर्षहरूमा विश्वास घट्दै गएको छ, त्यसैले विश्वासको पुनर्निर्माण सम्बन्धी यस हप्ताको बैठक धेरै महत्त्वपूर्ण भएको छ । विश्वभरका नेताहरू, सार्वजनिक र निजी क्षेत्रहरू र नयाँ पुस्ताको प्रतिनिधि भेला भएका बेला हामीले मिलेर काम गरेर के हासिल गर्न सकिन्छ भन्नेबारे महत्त्वपूर्ण छलफल गर्यौं,’ उनले भने ।

ब्रेन्डेले थपे, 'डाभोसमा एक हप्तामा जे हासिल भयो त्यसमा म धेरै गर्व गर्छु र अब यो आगामी वर्षमा थप अगाडि बढाउने कुरा हो।'

'हामीले विश्वासको पुन: निर्माण गर्नुपर्छ । भविष्यमा विश्वास, चुनौतीहरू सामना गर्ने हाम्रो क्षमतामा सबैभन्दा महत्त्वपूर्ण कुरा आपसी विश्वास नै हो,' विश्व आर्थिक मंचका संस्थापक र कार्यकारी अध्यक्ष क्लाउस श्वाबले भने,' 'विश्वास भनेको भावना मात्र होइन, विश्वास भनेको आशाको प्रतिवद्धता हो ।'

विश्व आर्थिक मंचको ५४ औं बैठकको लागि स्विट्जरल्याण्डको डाभोसमा १ सय २० भन्दा बढी देशका करिब ३ हजार प्रतिनिधिहरू स्विजरल्याण्डको डाभोसमा भेला भएका थिए । १५ देखि १९ जनवरीसम्म चलेको बैठकमा ४ सय ५० भन्दा बढी सेसन र कार्यशाला गोष्ठी सम्पन्न भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x