मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मोरङ | माघ ११, २०८०
विराटनगर । राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पराजित बनेपछि सत्ता गठबन्धनमा अविश्वास पैदा भएको छ । माओवादी केन्द्रका नेताहरूले काँग्रेसका केही नेताहरूको भूमिकामाथि प्रश्न उठाउँदै आगामी सहकार्यबारे नै पुनर्विचार गर्नुपर्ने अवस्था आएको टिप्पणी गर्न थालेका छन् । उलटपलट नतिजामा काँग्रेस नेता सुनिल शर्माको भूमिकामाथि सबैभन्दा धेरै आशङ्का गरिएको छ ।
कोशी प्रदेशमा काँग्रेसका उम्मेदवार कृष्ण प्रसाद सिटौलाले राष्ट्रियसभाको सिट सुरक्षित गर्दा एकै गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी चम्पा कार्कीले पराजय भोगेपछि अविश्वासको अवस्था सिर्जना भएको हो ।
कोशी प्रदेशमा १३७ वटा स्थानीय तह रहेका छन् । जसमा प्रमुख र उपप्रमुख गरेर स्थानीय तहका जनप्रतिनिधि २७४ जना छन् । २७४ मध्ये तीन स्थानीय तहका प्रमुखले आज मतदान गरेनन् । एक जनाले गर्न पाएनन् भने दुई जना सहभागी नै भएनन् ।
धरानका मेयर हर्क साम्पाङले बहिष्कार गरेका हुन् भने झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले मतदान गर्न पाएनन् । भ्रष्टाचार मुद्दामा तीन महिना कैद सजाय तोकिए पछि उनले मतदान गर्न नपाएका हुन् । मोरङको ग्रामथान गाउँपालिकाका प्रमुख जयप्रकाश गच्छदार भने बुधवार गठबन्धनको भेलामा सहभागी हुने क्रममा हर्ट अट्याक भएपछि आइसियुमा छन् ।
तीन मध्ये दुई स्थानीय तहका प्रमुख सत्ता गठबन्धनकै हुन् । गच्छदार र साह काँग्रेसका जनप्रतिनिधिका रूपमा चिनिन्छन् । साम्पाङ भने स्वतन्त्र हुन् । प्रदेश सभामा ९३ सांसद छन् । ९३ मध्ये गठबन्धनका ४७ छन् । काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाकी एक सांसद रहेका छन् । एमालेका ४० र राप्रपाका ६ रहेका छन् ।
जसअनुसार बिहीबार सम्पन्न मतगणनाअनुसार राष्ट्रिय सभाको चुनावमा प्रदेश सांसदले नै गठबन्धनका उम्मेदवरलाई पराजय गराएका छन् । तीन जना प्रदेशसभा सदस्यले सत्ता माओवादी केन्द्रकी चम्पा कार्कीलाई मतदान गरेनन् । कार्कीले ४७ सांसद मध्ये४४ सांसदको मात्रै मत पाइन् । स्थानीय तह तर्फ १५५ स्थानीय तहका जनप्रतिनिधि गठबन्धनसँग थिए । काँग्रेसका प्रमुख÷उपप्रमुख ११३, एमालेका ११२, माओवादी केन्द्रका ३१, एकीकृत नेकपा समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना छन् ।
यस्तै एमालेका ११२ र राप्रपाका ४ रहेका छन् । राप्रपासँग भएको तालमेलअनुसार सबै मत आउँदा एमालेकी रुकमिणि कोइरालाले स्थानीय तहमा ११६ मत पाउनु पर्ने थियो । तर उनले स्थानीय तहका १३१ प्रमुख /उपप्रमुखको मत पाइन् ।
काँग्रेसका सिटौलाको पक्षमा पनि दुई जना प्रदेश सभा सदस्यले फ्लोर क्रस गराए । सिटौलाले प्रदेशसभा तर्फ ४५ सांसदको मत पाएका थिए भने स्थानीय तहतर्फ १५३ स्थानीय तहका जनप्रतिनिधिको मत प्राप्त गरे । अर्थात् उनले गठबन्धन तर्फको आशा गरेअनुसार मत पाएका छन् ।
कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मत भार ४२४८, काँग्रेसको ३६८४, माओवादी केन्द्रको १२७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ । कोशीमा राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झरेको थियो । सत्ता गठबन्धनसँग ५४३६ मत भार छ । एमाले र राप्रपाको मत भार ४६४२ थियो ।
सिटौलाले प्रदेशसभा तर्फ २३८५ र स्थानीय तहतर्फ २९०७ गरी ५२९२ मत प्राप्त गरे विजयी बने । पौडेलले प्रदेशसभातर्फ २४९१ र स्थानीय तहतर्फ २०७१ मत गरी ४५६२ मत पाए । सिटौला ७३० मतान्तरले विजयी भएका छन् ।
प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए । सत्तारुढ गठबन्धनको प्रदेशसभामा ४७ मत भएपनि २ जनाले सिटौलालाई मत दिएनन् । स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे । स्थानीय तहतर्फ ४ मत बदर भएको थियो । नेकपा एमालेकी कोइरालाले ५०८६ मत प्राप्त गर्दा कार्कीले ४९९२ मत मात्र प्राप्त गरेकी थिइन् । कार्कीलाई गठबन्धनका तीन जना प्रदेश सभा सदस्यले मत क्रस गरेका थिए भने स्थानीय तहका १५ जनाले क्रस गरेका थिए ।
काँग्रेसले छुरा रोप्यो : माओवादी
गठबन्धनकी कार्की हारेपछि कोशीमा नयाँ राजनीतिक तरंग सुरु भएको छ । माओवादीले कोशीमा काँग्रेसलाई बोकेर हिँड्न नसकिने चेतावनी दिएको छ । ‘हामीलाई पटक पटक काँग्रेसले धोको दियो,’ माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्बाङ मिक्सोले भने, ‘काँग्रेसले छुरा रोप्ने काम गर्यो । अव हामी सरकारका विषयमा तुरुन्तै निर्णय गरिहाल्छौँ ।’ उनले अब चाँडै बसेर निर्णय गर्ने बताए । उनले इन्द्र बहादुर आङ्वोलाई मुख्यमन्त्री हुन छेक्ने समूहले नै असहयोग गरेको आरोप लगाएका छन् ।
कोशीबाट नै सिक्दै जानुपर्ने भयो : काँग्रेस
यसैबिच नेपाली काँग्रेसका कोशी प्रदेशसभा सभापति समेत रहेका उद्धव थापाले भने सबै अभ्यास कोशी प्रदेशबाटै गर्नुपरेको बताए । ‘हामीसँग स्पष्ट बहुमत हुँदाहुँदै पनि हार्नु परेको छ’, थापाले भने, ‘कोशी प्रदेशमा अहिलेसम्म जे नहुनुपर्ने हो त्यही भइरहेको छ ।’
उनले गठबन्धन टुटिहाल्ने अवस्था आउन नदिने पनि बताए । नसोचेका घटना पनि यही प्रदेशमा अभ्यास गर्दै जानु परेको उनको भनाइ छ । ‘अरू ६ वटा प्रदेशमा गठबन्धन पूर्ण सफल भएको छ,’ उनले भने, ’यहाँ सफल हुन सकेन । कोशी प्रदेशमा यस्ता कुरा नयाँ पनि भएनन् ।’ यहाँको राजनीतिक जीवनशैली नै फरक रहेकाले कहाँ त्रुटि भयो भन्ने कुरा समीक्षा गरेर सार्वजनिक गर्ने उनले बताए ।
सुनिल शर्माको त्यो सक्रियता...
राष्ट्रियसभाको निर्वाचनको मिति घोषणा गरेपछि सुनिल शर्माले धनकुटादेखि इलामसम्मको यात्रा गरेका थिए । उनले एक साताको पूर्व पहाडको धनकुटादेखि इलामसम्म पुगेर राजनीतिक भेटघाट गरेका थिए ।
सो अवधिमा उनी धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर र इलाम सम्म पुगेको बताइएको छ ।
उनको त्यो यात्रामा प्रदेश सांसद मान बहादुर लिम्बुले समेत सातै दिन साथ दिएका थिए । शर्मा नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा पक्राउ परेपछि एमालेसँग नजिकिएको बताइँदै आएको छ । यस्तो पृष्ठभूमिमा उनको त्यो सक्रियता नै शङ्कास्पद रहेको माओवादीका नेताहरूको भनाइ छ ।
‘हामीलाई तीन जनाले असहयोग गरे,’ माओवादीका एक नेताले भने । ती नेताका अनुसार प्रदेश सभा सदस्य मान बहादुर लिम्बु, मुख्यमन्त्री केदार कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले असहयोग गरेको आशङ्का गरिएको छ । मान बहादुर शर्माकै क्षेत्रका प्रदेश सांसद हुन् । कार्कीले पनि केही दिन अगाडि गठबन्धनकै बैठकमा स्थानीय तहको सबै मत नआउन सक्ने बताएको नेताहरूले बताएका छन् । शमशेर पनि माओवादी प्रति सकारात्मक नरहेको नेताहरूले बताएका छन् । जसमा शर्माकै योजना प्रधान रहेको दाबी गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...