×

NMB BANK
Dabur

सकारात्मकता सफलताको जननी हो । सकारात्मक हुनेबित्तिकै आधाभन्दा बढी सफलता मिलिसकेको हुन्छ । जीवनमा जति पनि समस्या आई पर्छन् तिनका अधिकांश हिस्सा नकारात्मकता नै हुन्छन् । त्यसैले विद्वानहरू भन्ने गर्छन्– सफलता चाहने मानिसले सकारात्मक हुनै पर्छ । प्रश्न उठ्न सक्छ सकारात्मक त बन्ने, तर कसरी ? यदि त्यस्तो हो भने नआत्तिनुस् । यो त्यति ठूलो कुरा पनि होइन र गाह्रो पनि छैन । हामी सानातिना कामबाटै शुरूवात गर्न सक्छौँ । बानी पर्दै गएपछि स्वतः सकारात्मक हुन पुगिरहेको हुन्छ ।

Sagarmatha Cement
Muktinath Bank

आउनुस् हेरौँ केही उदाहरणः 
मानौँ हामी कतै जाँदै थियौँ । कोही लडेको देखियो । लड्ने जो पनि हुन सक्छ । परिचित पनि हुन सक्छ, अपरिचित पनि । हुन सक्छ हामीले मन नपराएको वा दुष्मन ठानेको व्यक्ति पनि होलान् । त्यतिबेला के गछौँ ? वास्तै नगरेर हिँड्छौँ, उठ भन्छौँ, उठाइदेओ न भन्छौँ वा आफैँ अघि सरेर उठाउने प्रयास गर्छौँ । यीमध्ये अघिल्ला तीनमा पर्छौँ भने गल्ती गर्दैँ छौँ । किनभने नकारात्मकता भनेकै यही हो । यो काम मेरो होइन, मैले गर्ने होइन, मेरो दर्जाले दिँदैन भनेर पन्छिन खोज्ने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै हामी भान्छामा छौँ । चिया उम्लिरहेको छ । अथवा हुन सक्छ धारो खुलै होला । यतिबेला के गर्छौँ ? चिया उम्लिरहेको छ वा धारो खुला छ भन्ने गर्छौँ कि आफैँ गएर चुलो, धारो बन्द गर्छौँ ? यदि अरू कसैलाई बोलाउन थाल्छौँ भने यहाँ पनि गल्ती गरिरहेका हुन्छौँ । यद्यपि हामीलाई लागेको हुन सक्छ यो काम मेरो होइन वा मेरो दर्जाले दिँदैन तर त्यसो होइन । काम आफैँमा ठूलो र सानो भन्ने हुँदैन । कामले भने ठूलो र सानो बनाउँछ । 


Advertisment
SBL

हुनसक्छ, कतिपय अवस्थामा सबै काम गर्न पदीय मर्यादाले नदेला पनि तर घरमा वा बाटामा त्यो पनि भङ्ग हुन्छ । जब हामी आफैँ यस्ता सानातिना काममा अघि सर्ने गर्न थाल्छौँ त्यहीँबाट सकारात्मकताको यात्रा शुरू भइसकेको हुन्छ । आफू ठूलो मानिस त्यो काम आफूले गर्ने होइन भन्ने स्थानमा यति काम मैले गर्दा पनि के बिग्रन्छ र भन्ने भावना आउन थाल्छ र नजादिँदो पारामा हामीमा सकारात्मक भाव जागृत भइरहेको हुन्छ । हो, आफू अर्कै काममा व्यस्थ छौँ भने अर्कै कुरा ।  

Vianet communication
Laxmi Bank

सकारात्मकताको अर्को सूत्र हो हंसमुख र हल्का स्वाभाव । हल्का हुनु भनेको अस्तित्व नै गुमाउने भन्ने होइन । आफू ठूलो मानिस, धनीमानी, मन्त्रालयको सचिव वा मन्त्री भन्ने ठानी गमक्क परेर नबस्नु नै हल्का हुनु हो । हंसमुख भन्ने त सबैलाई थाहा भएकै कुरा हो । अरूको अगाडि पर्दा चाहे जोसुकै होस् मुस्कुराउने प्रयास गर्नु र मुसुक्क हाँसेर बोल्ने बानी बसाउनु नै हंसमुख हो । यसले अर्कोमा पनि सकारात्मक प्रभाव पर्छ र बिग्रन लागेको काम पनि बन्न सहयोग पर्‍याउँछ । होइन गमक्क परेर बस्न थाल्यौँ भने बन्न लागेको काम पनि बिग्रन बेर लाग्दैन । 

सकारात्मकताको तेस्रो सूत्र हो सेवा, सहयोग र सद्भाव । सेवाभन्दा ठूलो धर्म अर्को छैन । हाम्रो जीवन अरूले नै दिएका हुन् । यहाँसम्म कि धनसम्पत्ति, पद र प्रतिष्ठा दिने पनि अरू नै हुन्छ । नामसमेत अरूले दिएर पाएका हौँ । जब सबै अरूले नै दिएका हुन् भने अरूकै लागि दिएका हुन् । सेवा, सहयोग र सद्भावकै लागि दिएका हुन् । त्यसैले सकेसम्म माध्यम जुनसुकै होस् सेवा, सहयोग, सद्भाव दिने प्रयास गर्नुपर्छ । दिन नसके पनि कम्तीमा लिने काम चाहिँ सकेसम्म गर्नुहुँदैन, जसले अन्ततः आफैँलाई फाइदा गर्दछ  ।

उदाहरणका लागि फलफूलको बोटलाई नै हेरौँ न । उसलाई बिनाकाम वा प्रयोजन कसैले पनि तोड्दैन । सकेसम्म संरक्षण नै गर्छन् । नसके पनि भाँच्ने टुटाउने गर्दैनन् । कसैले यस्तो गरेको छ भने ऊ कि बालक हुन्छ कि पागल वा मूर्ख । आखिर जो भए पनि अज्ञानकै कारण त्यस्तो भएको हुन्छ । होइन भने सबैले संरक्षण र सम्वर्द्धनकै प्रयास गरेका हुन्छन् । यस्तो किन हुन्छ थाहा छ ? किनकि उसले हाम्रा लागि, हाम्रा खुसीका लागि आफूलाई लुटाएको छ, सौन्दर्य बिच्छ्याएको छ । अब हामी नै भन्न सक्छौँ सेवा, सहयोग र सद्भावका कारण जड प्राणीले सहयोग र सद्भाव पाउँछन् भने मानिसको अवस्था कस्तो होला । 

यसको अर्थ हमेशा दिनुपर्छ, लिनुहुँदैन भन्ने होइन । मानिस प्रकृति होइन प्रकृतिले बनाएको प्राणी हो । अरूसँग नलिइकन त व्यवहार नै चल्दैन । कुरा त्यही हो सकेसम्म नलिने वा सकिने जतिमा नलिने । नसक्नेमा त लिनैपर्छ तर लिएपछि दिनु पनि पर्छ । दिन चाहिँ नचाहने लिन मात्र खोज्ने हो भने व्यवहार चल्दैन । जहाँ दिने मात्र काम हुन्छ त्यहाँ प्रेम हुन्छ । जहाँ लिनेदिने हुन्छ त्यहाँ व्यपार र जहाँ लिने मात्र काम हुन्छ त्यहाँ घृणा हुन्छ । प्रत्येक दिन आउने याचकलाई कस्तो व्यवहार गरिन्छ सबैलाई थाहा भएकै कुरा हो । त्यही याचकले एकाध पटक प्रेम र सद्भावपूर्ण तरिकाले पाएको हुन्छ भने पाइन्छ भनेर दिनदिनै आउन थाल्यो भने वाक्यबाँण बोकेर फर्कनुपर्ने हुन्छ । 

यसलाई हामी अर्को उदाहरणबाट पनि हेर्न सक्छौँ । जस्तो कुवाको पानी सबैले देखेका छौँ ।  जुन कुवामा पानी आउने र जाने भइरहेको हुन्छ त्यहाँको पानी ताजा हुन्छ तर जुन कुवाको पानी जमेर बसेको हुन्छ त्यो कुवाको पानी दुषित हुन्छ । व्यवहार पनि त्यस्तै हो । लिने र दिने भइरहेको छ भने त्यहाँको अवस्था छुट्टै हुन्छ । लिइएको मात्र छ दिइएको छैन भने त्यहाँको अवस्था छुट्टै हुन्छ ।  

यी केही उदाहरण हुन् । जीवनका हरेक अवस्थामा यही नियमले काम गरेको हुन्छ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस ५, २०८०

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कहाँ चुक्यौँ हामी ?

कहाँ चुक्यौँ हामी ?

फागुन १९, २०८०

हामी सबैको आकाश एउटै छ । धर्ती एउटै छ । हावा, पानी, माटो एउटै छ । अग्नि, वायु, सूर्य एउटै छ । जन्म प्रक्रिया एउटै छ, मरण प्रक्रिया एउटै छ । जीवन प्रक्रिया एउटै छ, जीवन प्रणाली एउटै छ । मांसपेशी प्रणाली एउटै छ ...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

x