×

NMB BANK
NIC ASIA

कार्टुनको सन्देश बोक्ने वाहन

वात्स्यायनका कार्टुनमा कागको जन्म !

कास्की | फागुन ५, २०८०

NTC
Premier Steels

भनिन्छ– हजार शब्दले वर्षण गर्न नसकेका कुरा एउटा चित्रले बोल्न सक्छ । त्यसमा पनि कार्टुनले समाजको चित्र देखाइदिन्छ । कार्टुनले व्यंग्यात्मक शैलीमा राजनीतिक र सामाजिक विषयवस्तुमा प्रहार गर्छ । सामाजिक विषयवस्तुमा प्रश्न गर्ने धारिलो हतियार हो कार्टुन । साथै, चोटिलो रुपमा राजनीतिक र सामाजिक विसंगतिको सन्देश पनि दिन्छ कार्टुनले । 

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्को कुरा, सन्देश दिने कार्टुन बनाउन पनि कला चाहिन्छ । दुर्गा बराल राजनीति र समाजका विकृतिप्रति (वात्स्यायन)ले कार्टुनमार्फत सधैं व्यंग्य कसिरहेव्यंग्यमात्र कसेनन् सन्देश पनि छोडे । वात्स्यायनले कार्टुनमा कला उतारे नै, आफूलाई चिनाउन पनि अरुभन्दा फरक अर्को कला देखाए । कार्टुनमा झुण्डिने काग उनले देखाएको अर्को कला हो । जुन कालान्तरमा उद्देश्यअनुसार नै वात्स्यायनको पर्याय बन्यो । 


Advertisment
Nabil box
Kumari

वात्स्यायनको कार्टुनमा कागको जन्म कसरी भयो त ? किन उनले आफ्नो कार्टुनमा काग उतार्थे ? यसका मुख्यत दुई कारण छन् । पहिलो हो– आफ्नो परिचय । ‘काग देखेपछि वात्स्यायनले बनाएको भन्ने हुन्छ । त्यो एउटा सिग्नेचरजस्तो भयो,’ यसबारे उनले भने ।  

Vianet communication

अर्को हो– काग र सूचनाको सम्बन्ध । वात्स्यायनले कागलाई कार्टुनमा लुकेको सन्देश बोक्ने वाहनको रुपमा लिन्छन् । वात्स्यायनको कार्टुनकारिता कान्तिपुर पत्रिकामा चलिरहेको थियो । कान्तिपुर पब्लिकेशनले कोसेली निकाल्ने भयो । राजनीतिक विषयमा कान्तिपुरमा कार्टुन बन्थ्यो । कोसेलीमा फरक विषयमा कार्टुन पस्किन खोजे उनले । कोसेलीमा कार्टुनको लागि बेग्लै स्तम्भ बन्यो र नाम रह्यो ‘बसिबियाँलो’ । बसिबियाँलोमा कार्टुनको फरक स्वाद पस्किने योजना उनकै थियो । 

‘कान्तिपुरमा राजनीतिक विषयका कार्टुन आउँछन् । कोसेलीमा चाहिँ राजनीतिकभन्दा सामाजिक विषयवस्तु राख्ने गरिन्छ । त्यसमा पनि सिम्बोलिक रुपमा काग राख्ने भन्ने विचार गरे,’ उनले प्रष्ट्याए । 

वात्स्यायनको कागले कार्टुनको सन्देश दिन्छ । फरक सन्देश भने बोक्दैन । यो कतै चुपचाप बसिरहेको मात्र हुन्छ । मौन बसिरहेको कागलाई पाठकले भने खोज्छन् । वात्स्यायनको कार्टुनमा एकछिन समय कागले नै लिन्छ ।  कलाको ट्रेडमार्क पनि हो यो । 

null

आफनो कलामा ‘सिग्नेचर’ कागलाई नै कसरी रोजे त उनले ? उनलाई सम्झना छ हाँस्यव्यंग्यको संस्था थियो कौवा प्रकाशन । जसको ट्रेडमार्क थियो कौवा अर्थात् काग । सो प्रकाशनले वात्स्यायनलाई पुरस्कृत गरेको थियो । टे«डमार्कको चिन्ह खोजिरहेको थियो । उनलाई झट्ट सम्झना कागकै आयो । 

‘कौवा प्रकाशन भन्ने संस्था थियो हाँस्यव्यंग्यको । कौवा प्रकाशनले मलाई पुरस्कृत गरेको थियो । त्यो सम्झिएँ । कौवा राख्यो भने हाँस्यव्यग्यसँग पनि सम्बन्धित हुन्छ । त्यो एउटा सन्देश बाहकको रुपमा हुन्छ,’ कागको जन्मकथा यसरी सुनाए उनले । 

‘दुर्गा’बाट वात्स्यायनमा फेरिएको परिचय 

फोहोरको डंगुर । मरिसकेको घोडा । मरेको घोडालाई बोकेर हिँडेको चित्र । घोडा विम्ब हो– संवैधानिक राजतन्त्रको । जसलाई बोकेर हिँडेका थिए तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले । जुन कार्टुनले ठूलै हलचल ल्याएको थियो त्यससमय । विद्रोहको आवाज चर्कोसँग गुन्जिँदै थियो । परिवर्तनलाई कलामार्फत् समर्थन जनाइरहेका थिए वात्स्यायनले । उनले कार्टुनमार्फत् सत्ताप्रति धारिलो तरवार उठाउँथे । थियो सेन्सरसिपको समय । उत्कर्षमा थियो विद्रोहको आवाज । चोटिलो प्रहार गर्ने उनको कलाका कारण उनलाई खतरा बढ्यो । 

शुरूवाती समयमा वात्स्यायनले आफना कार्टुनमा नाम दुर्गा नै राखेका थिए । ‘नयाँ सन्देश’मा हुँदा कार्टुनमा नाम दुर्गा नै हुन्थ्यो । पछि, पञ्चायतकाल केही पत्रिकाले मिसन पत्रकारिता गर्थे । त्यसमा उनको कार्टुन सत्तालाई नै प्रहार गरेर छापिन्थ्यो । त्यसैले उनले कार्टुनमा छद्म नाम जुराए । क्याम्पसमा एकसमय उनी आर्ट (ललितकला) विषय पढाउँथे । उनले दलनिकट व्यक्तिहरूमाथि भइरहेको कुटपिट देख्न थाले । विद्यार्थी राजनीतिमा लागेका सुरक्षित थिएनन् । 

‘त्यो कडा समय थियो । सेन्सरसिप पनि बढी लागु हुन्थ्यो । एक किसिमले खतरा थियो । मैले वात्स्यायन राख्न थालेँ,’ उनले थपे, ‘मेरो कार्टुन पञ्चायतविरोधी हुन्थ्यो । मलाई खतरा भएर वात्सायन उपनाम राखेको हुँ । वात्सायन राखेपछि मलाई धेरैले चिनेनन् । भूमिगतजस्तै देखियो ।’ 

null

त्यसरी दुर्गा बरालको परिचय वात्स्यायनमा परिवर्तन भयो । जसको पहिचान अहिले कलामा दह्रो भनेर उभिएको छ । उनका नजिक व्यक्तिलाई भने त्योसमय वात्सायन र दुर्गाका परिचय एकै भन्ने थाहा थियो । पछि, स्थापित हुँदै गएपछि अन्तर्वार्ताहरूमा खुल्दै गयो दुई परिचयको एक पहिचान । 

विदेशी कार्टुन पछ्याउने, नेपालीपन झल्काउने

कला क्षेत्रमा सम्मानित स्रष्टा हुन् वात्स्यायन । उनको कला पछ्याउने, मनपराउने र सम्मान गर्ने धेरै छन् । उनै वात्सायनले पछ्याउने कार्टुनिस्ट हुन् भारतका रासीपुरम कृष्णस्वमी लक्ष्मण (आरके लक्ष्मण ) । आरके लक्ष्मणको कार्टुन हेर्न उनले छुटाउँदैथे । उनी जीवित रहँदा वात्स्यायनले उनको चित्र कोरेका छन् । टाइम्स अफ इन्डियामा आइरहने आरकेको कार्टुनबाट उनी प्रभावित थिए । आफनो कार्टुनमा उनकै झल्को दिन खोज्थे । 

‘वास्तवमा उनको कार्टुन देखेर नै म यस क्षेत्रमा प्रभाभिव भएको हुँ ।  मैले शुरू–शुरूका कार्टुनमा उनकैजस्तो गर्न खोजेको थिए,’ उनले विगत सम्झिए । 

आरके लक्ष्मणबाट प्रभावित भएका वात्स्यायनले कलामा आफनो शैली आवश्यक रहेको ठम्याए । ‘पछि मलाई चेत आयो– त्यो त उनको आफनो स्टाइल हो । मैले त आफनो नेपालीपन ल्याउनुपर्छ भनेर यतातिर लागेको हुँ,’ उनले थपे, ‘एउटा नेपाली भएको नाताले हाम्रो समाज हेरेर कार्टन बनाउनु पर्छ भन्ने सोच आयो । सोहीअनुसार जनजीवन, घरपरिवेश, डोको–नाम्लोजस्ता संस्कारलाई पृष्ठभूमिमा कतै न कतै देखाउने किसिमले चित्र कोर्न थालेँ ।’ 

नेपालीपन झल्काउन माहिर हुनका बाबजुद अझै पनि वात्स्यायन विदेशकै कार्टुनलाई बढी पछ्याउँछन् । लामो समयदेखि कार्टुन बनाउँदै आएका उनीहरूको स्तर यताको भन्दा बढी माँझिएको उनको ठहर छ । स्रोत–साधन र नयाँ प्रविधिको प्रयोगले पनि उनीहरू गुणात्मक रुपमा माथि रहेको उनी सुनाउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x