२६ जेठ २०८३, मंगलबार

सुनको आयात ५९ प्रतिशतले घट्यो

फागुन ९, २०८०
काठमाडौं
सुनको आयात ५९ प्रतिशतले घट्यो

स्थानीय  बजारमा  सुनको  माग  घट्दा  आयातमा उल्लेख्य गिरावट आएको छ । भन्सार  विभागको  तथ्याङ्क  अनुसार  चालुु आर्थिक वर्षको छ महिना (साउन–पुस) मा सुनको आयातमा ५९.३ प्रतिशतले कमी आएको छ  ।

 सुनको  मूल्य  बढेसँगै  आन्तरिक  बजारमा  खपत  न्यूून  हुुँदा  आयातमा  कमी  आएको  हो  ।  उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा माग पनि कम भएपछि त्यसको असर आयातमा पर्न गएको हो । विभागका अनुसार आव २०७९÷८० मा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको आयात भएको थियो । चालुु आवको छ महिनामा भने सुनको आयात आधाभन्दा बढीले घटेको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्