×

NMB BANK
NIC ASIA

सफल उद्योगीको कथा

पारिवारिक ‘लिगेसी’बाट उद्योगी बनेका दिलिपः एकल लगानीकर्तादेखि साझेदारसम्म

४०० भन्दा बढीका रोजगारदाता पनि

बुटवल | फागुन १२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवलका दिलिप सापकोटा यस क्षेत्रमा सफल उद्योगीका रुपमा चिनिन्छन् । रुपन्देहीको मोतिपुरस्थित पर्वत इँटा उद्योग सञ्चालन गरेका युवा उद्यमी देशमै केही गर्न चाहनेका लागि एक उदाहरणसमेत बनेका छन् । उनको उद्योगबाट उत्पादित इँटा यस क्षेत्रमा सबैभन्दा बढीको रोजाइमा पर्ने गर्छ । सो उद्योगबाट उत्पादित इँटाले लुम्बिनी क्षेत्रमा विसं २०५० देखि आफ्नो छाप छोड्दै आएको छ । 

Sagarmatha Cement
Muktinath Bank

पारिवारिक ‘लिगेसी’बाट उद्योगमा प्रवेश गरेका दिलिपको जन्म २०२९ सालमा पर्वतको फलेबासमा भएको हो । बुवा ताराप्रसादको प्रेरणाले आफू उद्योगप्रति आकर्षित भएको उनी बताउँछन् । यसमा आमा मायादेवीको मार्गदर्शन र श्रीमती सुजीताको साथ पनि मिसिएको उनी भुल्दैछन् । ‘यस क्षेत्रमा मैले बाबाको रवाफ देख्न पाएँ । त्यही प्रेरणाबाट म उद्योग क्षेत्रमा आकर्षित भएको हुँ,’ उनले भने, ‘आमाको मार्गदर्शन र श्रीमती सुजीताको साथ पनि उत्तिकै छ ।’ दुई सन्तान रहेका दिलीप पारिवारिक रुपमा सुखी छन् । उनका एक छोरा सम्राट र एक छोरी सुदीक्षा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नै प्रगतिमा मात्रै रमाउने स्वभाव छैन दिलिपको । देशको अर्थव्यवस्थामा व्यक्तिगत र सामाजिक रुपमा टेवा दिनु आफ्नो उद्देश्य रहेको लुकाउँदैनन् उनी । लगानी र जोखिम बराबरजस्तै रहेको इँटा उद्योग क्षेत्रबाट आफू पूर्ण सन्तुष्ट रहेको उनी बताउँछन् । ‘ममा सानैदेखि व्यावसायिक चेत थियो । बाबाले थालेको उद्योगबाट बढ्दो शहरीकरणका लागि चाहिने इँटामै सुनौलो सपना देखेँ । यसैलाई पहिचान गरेर यहाँसम्म आए,’ उनी भन्छन् । 


Advertisment
Nabil box
Kumari

बुवा ताराप्रसादसँगै २०३३ सालमा पर्वतबाट रुपन्देही झरेका दिलिपको बाल्यकाल बुटवलमै बित्यो । २०४६ सालमा बुटवलको कालिका माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएससी)मा उत्तीर्ण गरेका दिलिप विज्ञान (साइन्स) विषय पढ्न काठमाडौं गएका थिए । तर त्यसलाई निरन्तरता दिन सकेनन् । प्रवीणता प्रमाणपत्र तह पढ्दापढ्दै छोडेर उनी बुटवल नै फर्किए । त्यसपछि बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा व्यवस्थापन संकाय पढ्न थाले । उनले त्यो बेलाको आईकम र बीकम वाणिज्य संकायबाटै उत्तीर्ण गरे । 

Vianet communication
Laxmi Bank

दिलिपले एसएससी दिनुअगावै आजभन्दा करिब ४० वर्षअघि बाबुराम आचार्यसँग बुवा ताराप्रसादले साझेदारीमा आचार्य इँटा उद्योग चलाएका थिए । एसएलसी दिएपछि दिलिप पनि उक्त इँटा उद्योगमा जान थाले । त्यहीँबाट उनको यात्रा यसै क्षेत्रमा अघि बढ्दै गयो ।  पहाडबाट परिवारसहित तराई झरेको परिवारलाई दिलिपका हजुरबाले दुई वर्षपछि पुनः पहाडमा नै लगेर राखेका थिए । तर, तराईमा शिक्षण र उद्योगबाट भविष्य देखेका दिलिपका बुवा ताराप्रसादले केही समयमा आफ्ना बुवालाई सम्झाएर पुनः तराई झर्ने वातावरण बनाए । यसैले अहिलेको अवस्थामा पुर्याएको दिलिपको बुझाइ छ ।

null

नाताले आफन्त पर्ने बाबुराम र ताराप्रसादले उक्त उद्योग २०५० सालसम्म सँगै गरे । त्यसपछि बाबुरामले आचार्य इँटा चलाए भने ताराप्रसादले पर्वत इँटा उद्योग सञ्चालन गरे । सो नै पछि दिलिपले चम्काएका हुन् । अहिले उनी यसैको एकल लगानीकर्ता भएका छन् ।

त्यसो त दिलिपलाई काठमाडौंमा व्यापार–व्यवसाय गरेर सफल हुन्छु भन्ने नभएको होइन । २०६० सालमा उनी व्यापारका लागि काठमाडौं पुगे । तर, त्यहाँ उनलाई त्यति सहज भएन । दुई वर्षपछि फर्केर फेरि बुटवल आए । २०६४ सालमा नवलपरासीको परासीमा उनले पवन इँटा उद्योग चलाए । केही समयपछि बिक्री गरेँ । फेरि रुपन्देहीको तत्कालीन मोतिपुर–८ मा पर्वत इँटा उद्योगलाई नै निरन्तरता दिए । ‘यो उद्योग अहिलेसम्म निरन्तर चलिरहेको छ,’ उनले थपे ।

दिलिपले उद्योग क्षेत्रमा धेरै लगानी गरेका छन् । एकल लगानीबाहेक उनले साझेदारीमा पनि उद्योग–व्यवसाय गरेर स्थापित भएका छन् । यस्तै नेपाल ब्याक गोल्ड उद्योग, नवलपरासी सरावल–४ को उत्तम इँटा, रुपन्देहीको शुद्धोधनमा रहेको आरबी इँटा र कपिलवस्तुको नम्बर–१ इँटा उनले साझेदार गरेर चलाएका उद्योग हुन् । २०५६ सालमा रुपन्देही उद्योग संघको सदस्यता लिएका दिलिप २०५८ मा कार्य समिति सदस्यको रूपमा संघको नेतृत्वमा उक्लिए । सह–कोषाध्यक्ष, कोषाध्यक्ष, द्वितीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष भएका उनले हालैमात्र संघको नेतृत्व गरेका छन् । 

दिलिप इँटा उद्योगमार्फत आफूमात्र सफल भएका छैनन्, ४०० भन्दा बढीलाई रोजगारीसमेत दिएका छन् । दिलीप अहिले इँटा भट्टामा बाल मजदुर घट्दै गएको बताउँछन् । साथै उनले अहिले उद्योगमा भारतीय मजदुरको संख्या पनि घट्दै गएको उल्लेख गरे । ‘हाम्रो उद्योगमा अहिले ८० प्रतिशत नै नेपाली मजदुर छन्,’ उनले भने ।

देशलाई आत्मनिर्भर बनाउने आफ्नो लक्ष्य रहेको दिलिप बताउँछन् । सबैले आ–आफ्नो कर्तव्य निर्वाह गरे देश बन्ने उनी ठोकुवा गर्छन् । ‘विश्वका सम्पन्न देश पनि कसैले बनाइदिएका होइनन् । हामी आफैँ क्षमतावान् नभएसम्म केही हुँदैन,’ उनी थप्छन् । मुलुकभर देखिएको आर्थिक संकट समाधानका लागि सरकारले उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाहरू ल्याउनुपर्ने उनी सुझाव दिन्छन् । यसो गरे उद्योगहरू बन्द हुन अवस्थाबाट जोगिने उनको भनाइ छ । ‘सरकारले उद्योगबाट कर उठाउनेबाहेक अरूमा ध्यान दिएको छैन । उसको दृष्टिकोण नै उद्योगहरूप्रति सकारात्मक छैन । देशमा उद्योगमैत्री नीति छैन । त्यसैले पनि उद्योगीहरू उत्साहितभन्दा बढी हतोत्साही हुने गरेका छन् । यस्ता विषयमा नियमक निकायको ध्यान जानुपर्छ,’ उनी भन्छन्, ‘राज्य अभिभावक भएर उद्योगीलाई सघाउनुपर्ने हो । देश बलियो भए पनि हामी हुने हो । अर्थतन्त्र रहे पो व्यवसाय चल्छ ।’

उद्योगबाट उत्पादन भएको वस्तुको बजार ग्यारेन्टी सरकारले गरेमा उद्योगीहरू ठूला लगानी गर्न तयार रहेको दिलिपको भनाइ छ । त्यसबाहेक खुला सीमानामा कडाइ गर्नुपर्ने उनी सुझाव दिन्छन् । ‘औद्योगिक हब’को रुपमा विकास भइरहेको रुपन्देहीलाई राज्यले लगानीको वातावरण बनाउन नसक्दा यहाँका उद्योगीले लगानी गर्न नसकेको दिलिपको गुनासो छ ।  

विश्वमा निजी क्षेत्रबाट सञ्चालित उद्योग सयाैँ वर्षसम्म चलेका हुन्छन् । नेपालमा पनि यस्तै हुनुपर्ने उनको सपना छ । यसैले उनी पर्वत इँटा उद्योगलाई एउटा लामो यात्रा तय गर्ने उद्योगको रुपमा विकास गर्न चाहन्छन् । यद्यपि, इँटा उद्योग क्षेत्र पनि चुनौतीबाट टाढा नरहेको दिलिप दृष्टान्त दिन्छन् । उनी इँटाको बीमा नहुँदा हरेक वर्ष पानीका कारण काँचो इँटा व्यवसायीले ठूलो नोक्सान बेर्होनुपरेको दुःखेको पोख्छन् । ‘इँटा उद्योग जोखिमपूर्ण पेशा हो । भट्टीमा हाल्ने बेलाका इँटामा पानी पर्यो भने सबै नै काम नलाग्ने हुन्छ । एकैपटकमा लाखौंको क्षति पुग्छ,’ उनी भन्छन् । यस्तो जोखिम मोलेर उद्योग सञ्चालन गरेका उद्यागीका मर्का सरकारले बुझ्नुपर्ने उनको भनाइ छ ।

दिलिपले रुपन्देहीमा उद्योगीका समस्या बुझ्ने, सरल, इमान्दार व्यक्तित्वको छवि बनाएका छन् । एउटा उद्योगी सफल हुन प्यासनलाई पेशा बनाउने, काममा गम्भीरता, योजना अपरिहार्य, पूँजीको व्यवस्थापन, सेवाग्राहीप्रति ध्यान, सकारात्मक सोच र टीमवर्क हुनुपर्ने उनको जोड छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x