×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

विवादित मन्त्री हटाउन चर्को दबाब, कहिले हुन्छ मन्त्रिपरिषद् पुनर्गठन ?

काठमाडाैं | फागुन १४, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशतको समर्थन जुटाउनुपर्ने व्यवस्थासहित राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० प्रतिनिधि सभामा पेश भएको छ ।

Muktinath Bank

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेको समयमा केन्द्रीय समितिका २० प्रतिशतले दल विभाजन गर्न पाउने गरी अध्यादेश ल्याइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७८ भदौ ११ गते ल्याएको अध्यादेश खारेज भएपछि राजनीतिक दलसम्बन्धी विधेयक २०७३ को साबिक व्यवस्था गर्न सरकारले संसद्मा विधेयक ल्याएको हो ।
००००
अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली (अनलाइन)मार्फत रुट परमिट जारी गरेको छ ।
ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को पहलमा विभागले निषेधित क्षेत्रमा घुम्न जाने पर्यटकलाई अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनका लागि विद्युतीय माध्यमबाट ‘रुट परमिट’ लिनसक्ने व्यवस्था गरेको हो ।
००००
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विवादमा परेका ३ जना मन्त्री (प्रकाश ज्वाला, मोहनबहादुर बस्नेत र सुदन किराँती)को राजीनामा माग गरेको छ ।
आइतवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा एमाले प्रमुख सचेतक पदम गिरीले तीन जना मन्त्रीमाथिको कारबाहीबारे संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ माग गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

एमालेसहित प्रतिनिधि दलले विवादित मन्त्रीलाई हटाउन निरन्तर दवाव दिँदै आएको छ । 
यसैबीच प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद नै मन्त्रिपरिषद् पुनर्गठन चाहेका छन्  । प्रचण्डले कामलाई गतिदिन आफूले मन्त्री फर्नै पर्ने भएपनि फेर्ने बताउँदै आएका छन् । त्यसमाथि मन्त्रीहरु विवादित बनेपछि उनीमाथि थप प्रेसर बढेको छ । 

Vianet communication

प्रधानमन्त्रीले राष्ट्रियसभा निर्वाचनलगत्तै मन्त्री हेरफेर गर्ने भनिएपनि कांग्रेसको महासमिति बैठक, माओवादीको विधान अधिवेशनलगायतका कारणले गठबन्धनमा छलफल समेत हुन सकेको थिएन । अब छिट्टै यसबारेमा छलफल भएर विवादित मन्त्री हटाउनेदेखि समग्र मन्त्रीपरिषद्को पुनर्गठन नै हुने गठबन्धनका नेताहरुको भनाइ छ । 
००००
निर्वाचन आयोगले आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । 
नेकपा एमालेका सांसद सुवास नेम्वाङको निधनपछि खाली भएको इलाम २, बझाङको प्रदेशसभा १ मा आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने आयोगले जनाएको हो ।
००००
जनता समाजवादी पार्टी, (जसपा) नेपालले महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार गर्न समिति गठन गरेको छ । 
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा २१ सदस्यीय राजनीतिक प्रतिवेदन मस्यौदा समिति गठन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
००००
नेपाली कांग्रेस संसदीय दलले पार्टीका बहालवाला राष्ट्रियसभा सदस्य र नवनिर्वाचित सदस्यबीच परिचयात्मक भेटघाट कार्यक्रम आयोजना गरेको छ ।

कांग्रेस संसदीय दलको कार्यालयमा आइतबार भएको कार्यक्रममा नवनिर्वाचित राष्ट्रियसभाका सदस्यहरुलाई कांग्रेस राष्ट्रियसभामा संसदीय दलका नेता रमेशजङ्ग रायमाझीले स्वागत गरेका थिए ।

 त्यस अवसरमा उनले राष्ट्रियसभामा हालसम्म कांग्रेसको भूमिका, राष्ट्रियसभा र विषयगत समितिहरुमा कांग्रेसको कार्यसम्पादनबारे नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुलाई जानकारी गराएका थिए ।
००००
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेताहरुको कार्यविभाजनका सन्दर्भमा आवश्यक तयारी पूरा नभएपछि आइतबारका लागि निर्धारण भएको स्थायी समितिको बैठक आगामी मङ्गलबार हुने भएको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पदाधिकारीको अनौपचारिक बैठकपछि स्थायी समितिको बैठक मङ्गलबार गर्ने निर्णय भएको पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
००००
आन्दोलनरत अनुचित लेनदेन (मिटरब्याज) पीडितलाई सरकारले छलफलका लागि बोलाएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई आइतवार पत्र पठाउँदै गृह मन्त्रालयले वार्ताका लागि बोलाएको हो ।

गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएको मन्त्रालयका उपसचिव एकदेव अधिकारीले जानकारी दिए ।
००००
न्याय परिषद्ले दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिश गरेको छ ।
आइतवार बसेको न्याय परिषद बैठकले उच्च अदालत जुम्लाका न्यायाधीश डा नवराज थपलिया र काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सिफारिश गरेको हो ।

त्यसै गरी घुस अडियो प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई सचेत गराइएको छ ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको चन्द्रगढीस्थित नापी कार्यालयका प्रमुख विष्णुकुमार न्यौपानेसहित १७२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

हालसाबिक जग्गा दर्ता प्रक्रियाबाट सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी र्पुयाई भ्रष्टाचार गरेको भन्दै आयोगले आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । १७२ जना प्रतिवादीमध्ये २८ जना सरकारी कर्मचारीहरू रहेका आयोगले जनाएको छ ।
००००
आईसीसी क्रिकेट विश्वकप लिग २ मा घरेलु टोली नेपाल नेदरल्यान्ड्सँग सहजै पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतवार भएको खेलमा पाहुना टोली नेदरल्यान्ड्सले नेपालमाथि ८ विकेटको सहज जीत निकालेको हो ।
००००
साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव  ८१ अङ्कले ओरालो लागेको छ । परिसूचक एक दशमलव ३३ प्रतिशतले घटेर एक हजार नौ सय ७९ दशमलव ०२ विन्दुमा कायम भएको हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x