फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
धनगढी | फागुन १९, २०८०
बुवा स्वास्थ्यकर्मी । घरमा आमासँग खेल्दै हुर्किँदै गरेकी उनलाई बुवाले लगाउने स्वास्थ्यकर्मीको कपडा, बोक्ने औजार र पाउने सम्मान असाध्यै मनपथ्र्यो । स्कूलमा गुरु वर्ग र विद्यार्थी साथीहरूले भविष्यमा के बन्छौँ ? भनेर सोध्दा उनको जवाफ हुन्थ्यो– नर्स । उनले नर्स बन्ने सपना मात्र देखिनन्, त्यसलाई पूरा गर्ने सङ्कल्पसहित सङ्घर्ष पनि गर्न थालिन् । उनी हुन् अनु खड्का ।
धनगढी उप–महानगरपालिका ७ की अनुले अहिले आफ्नो उद्देश्य पूरा गरिसकेकी छिन् । वडा नम्बर १९ फूलबारीमा जन्मिएकी उनले आधारभूत शिक्षा गाउँमै रहेको सरस्वती माध्यमिक विद्यालयबाट पूरा गरिन् ।
स्वास्थ्यकर्मी बन्ने सपना बुनेकी अनुले स्वास्थ्य विषय लिएरै पढाइ अघि बढाइन् । फूलबारी उच्च माविबाट १२ कक्षा उत्तीर्ण गरेपछि भने उनी धनगढी बजारकेन्द्रित बनिन् । कलेज अध्ययन सँग–सँगै प्राविधिक शिक्षा पनि लिन थालिन् अनुले । त्यसका लागि उनले सीटीईभीटीअन्तर्गत अनमी पढिन् । कैलाली बहुमुखी क्याम्पसमा स्नातकसँगै उनले धनगढीमै रहेको शैलेश्वरी फारवेस्ट स्कूल अफ हेल्थ साइन्स टेक्नोलोजीबाट नर्सिङ उतीर्ण गरिन् । २०७४ मा नाम निकाल्न सफल भएकी उनी हाल धनगढीमा रहेको निसर्ग अस्पतालमा कार्यरत मात्र छैनन् कैलाली बहुमुखी क्याम्पसमा स्नातकोत्तर पनि गरिरहेकी छिन् । ‘नर्स बन्ने मेरो सपना थियो । त्यसका लागि मैले धेरै मेहनत पनि गरेकी छु । पहिलो प्रयासमै नाम निकाल्न सकेँ, असाध्यै खुसी छु, ’अनुले भनिन् ।
सपना एक, आयाम अनेक
नर्स बन्ने सपना लिएर अघि बढेकी अनुको परिचय अहिले त्यतिमा मात्रै छैन । उनी सुदूरपश्चिमकी चर्चित मोडलसँगै समाजसेवी पनि हुन् । ‘समाजसेवा मलाई धेरै मन पर्छ । त्यसैले मैले नर्सिङ क्षेत्र रोजेकी थिएँ । बेला–बेलामा सहयोग पनि गरिरहेकी छु । धरै ठूलो आर्थिक सहयोग त गर्न सकेकी छैन । तर सानै भए पनि धेरैलाई सहयोग गर्न पाउँदा खुसी छु,’ उनले भनिन् ।
अभिनयकलामा पनि पोख्त अनु सुदूरपश्चिम क्षेत्रकी चर्चित मोडल पनि हुन् । हालसम्म उनले अभिनय गरेका तीन दर्जनभन्दा बढी म्युजिक भिडियो बजारमा आइसकेका छन् भने एक दर्जनको सुटिङ सकिएको छ । ‘मैले अभिनय गरेका भिडियोहरूमा राम्रो प्रतिक्रिया आइरहेको छ । सबैले माया गरी दिनुभएको छ । निकै खुसी छु । अझै धेरै भिडियो सार्वजनिक हुन बाँकी छन्,’ उनले भनिन् ।
अनु आफ्नो प्रेरणाको स्रोत भने बुवालाई ठान्छिन् । उनका बुवा डम्बरबहादुर खड्का सिनियर अहेब थिए । स्वास्थ्य क्षेत्रमा दशक बिताएका उनी हाल भने अवकाश प्राप्त जीवन बिताइरहेका छन् । बुवालाई आदर्श मान्दै सपना देखेकी उनी हाल नर्स बनेर नागरिकहरूलाई सेवा दिइरहेकी छिन् । अनु मात्र होइन उनकी बहिनी पनि नर्सिङ क्षेत्रमै सक्रिय छिन् । दिदी–बहिनी एउटै अस्पतालमा सँगै काम पनि गरिरहेका छन् ।
....अनि बनिन् मोडल
कोरोना भाइरस महामारीको समयमा जनजीवन अस्तव्यस्त थियो । सर्वसाधारणदेखी स्वास्थ्यकर्मीसम्म डर–त्रासमा थिए । त्यही समयमा अनुले अस्पतालको काम छोडेकी थिइन् । यसपछि उनले फुर्सदको समय कटाउन टिकटक खोलिन् । कोरोना त्रास भुल्न टिकटक बनाउन थालिन् । उनले बनाएका दर्जनौँ टिकटकमध्ये ‘छुट्टी बाइगई मुना मदन तेरा काख बाटी’ बोलको गीतका भाइरल बने । एकपछि अर्को गर्दै उनका भिडियोहरू भाइरल हुँदै गए ।
अब उनी टिकटकमा मात्र सीमित रहिनन् । उनलाई म्युजिक भिडियो खेल्न अफर आयो । यसअघि नर्स पेशाले परिचित अनु अब त्यतिमा सीमित हुन छाडिन् । उनी मोडलका रूपमा पनि चिनिनँ थालिन् । उनको पहिलो म्युजिक भिडियो भने ‘पारी रानी वन’ हो । जसमा शान्तीश्री परियार र देव उपाध्यायको स्वर छ । त्यसपछि उनलाई एकपछि अर्को अवसर आउन थाल्यो । ‘तु अब अर्काकी भइगई’, ‘खप्तड चिनारी’ लगायतका तीन दर्जनभन्दा बढी गीतमा उनले अभिनय गरिसकेकी छिन् ।
‘गायक देवराज उपाध्याय सरले मलाई अवसर दिनुभयो । त्यसपछि मलाई धेरै अवसर आए, त्यो बेलादेखि म कलाकारिता क्षेत्रमा सक्रिय छु । कहिलेसम्म सकिन्छ, म अभिनय गरिरहन्छु,’ उनी भन्छिन् ।
अनुको अभिनय हेर्ने दर्शक र शुभचिन्तकहरू उनलाई नर्सिङ छोडेर अभिनयमै जम्न सुझाव दिन्छन् । तर उनी भने नर्सिङमै भविष्य देख्छिन् । ‘मेरो सपना म कुनै हालतमा पनि छोड्न सक्दिन । समय मिलाएर अभिनय पनि गर्छु । दुईवटा पेशामा हुँदा स्वाभाविक रूपमै राम्रा अवसरहरू पनि छुटेका छन् । तर त्यसमा मलाई कुनै गुनासो छैन । किनकि म निरन्तर काममा सक्रिय छु,’ उनले भनिन् ।
मुख्य पेशा नर्स, छुट्टीको समयमा सुटिङ
नर्सिङ पेशामा सक्रिय अनुको चर्चा भने मोडलिङबाट छ । सुदूरपश्चिम प्रदेश र आसपासमा अहिले उनलाई नचिन्ने कमै छन् । त्योमध्ये कमैले मात्रै उनलाई नर्सका रूपमा चिनेका छन् । अधिकांशले उनलाई मोडलकै रूपमा चिन्छन् । अभिनयबाट चर्चामा आएकी अनुको प्राथमिकता भने नर्सिङ नै हो । उनी नियमित रूपमा अस्पतालबाट बिरामीलाई सेवा दिइरहेकी छिन् । बिदाको दिन मात्र उनी अभिनयको काम गर्छिन् । ‘अभिनयका कारण मैले कुनै दिन अस्पतालबाट बिदामा बस्नु परेको छैन । फुर्सदको दिन मात्र म सुटिङको काम गर्छु । मलाई अवसर दिनेहरूले पनि मलाई पर्खिनु हुन्छ । मेरो बिदाको दिन राखेर सुटिङ राख्नु हुन्छ,’ उनले प्रष्ट्याइन् ।
अभिनय क्षेत्रमा आफ्नो लोभलाग्दो उपस्थितिबाट अनु दंग छिन् । ‘स्कूल पढ्ने बेलामा अतिरिक्त क्रियाकलापअन्तर्गत नाच्ने र अभिनय त म गरिरहन्थे । त्योबाहेक गाउँघरमा आयोजना हुने कार्यक्रममा पनि नाच्ने गरेकी थिएँ । नृत्य मलाई असाध्यै मन पर्छ । यद्यपि पर्दामा देखिन्छु भन्ने त यसअघि कहिले सोचेकी थिइनँ । अहिले आफैँलाई हेर्दा दंग पर्छु,’ उनले भनिन् ।
सुदूरपश्चिम बाहिर वा धेरै लामो दिनको सुटिङ हुने गरी प्रस्ताव आएका धेरै म्युजिक भिडियो रद्द गरेको उनी बताउँछिन् । ‘अवसर धेरै आएको छ । काठमाडौंबाट पनि फोन आइरहन्छ । तर अस्पतालबाट लामो बिदा मिलाउन गाह्रो हुन्छ । त्यसैले मैले आफ्नो प्रदेशबाहिर गएर सुटिङ गरेकी छैन । समय नमिल्दा धेरै सुटिङ छुटेको पनि छ,’ उनी थप्छिन् ।
तीन दर्जनभन्दा बढी म्युजिक भिडियो र जनचेतनामूलक भिडियोको सुटिङका लागि अनु सुदूरपश्चिमका प्रसिद्ध पर्यटकीय स्थलहरूमा पुगिसकेकी छिन् । उनले अभिनय गरेका गीतहरू प्रायः देउडा छन् । ‘सुदूरपश्चिम देउडाको उर्वर भूमि हो । त्यसैले पनि देउडा गीतका लागि बढीजसो अफर आएको हुन्छ । तर मैले लोकदोहोरी गीतमा पनि अभिनय गरेकी छु । मलाई आधुनिक गीत पनि मन पर्छ । केही समयपछि मलाई आधुनिक गीतमा पनि अभिनय गरेको देख्नु हुनेछ,’ उनी भन्छिन् ।
नर्सबाट सन्तुष्टि, अभिनयबाट नाम
‘सुदूरकी हिरोइन’का उपमाले समेत परिचित अनुले जनचेतनामूलक स्थानीय चलचित्रमा पनि अभिनय गरिसकेकी छिन् । ‘माया नामको डकुमेन्ट्री टाइपको चलचित्रमा पनि अभिनय गरेकी छु । त्यसमा छाडा चौपायाका कारण सिर्जित समस्या र समाधानको पाटोका बारेमा सन्देश दिन खोजिएको छ,’ उनले भनिन् ।
स्वास्थ्य र मनोरञ्जन दुवै क्षेत्रमा सक्रिय उनलाई नर्सिङबाट सन्तुष्टि र अभिनयबाट नाम कमाइरहकी छिन् । ‘मेरो सपना नै नर्स बन्नु थियो, यसर्थ म यो क्षेत्र छोड्न सक्दिन । जहाँबाट मैले सन्तुष्टि पाइरहेकी छु । अनि छोटो समयमा मैले अभिनयबाट नाम कमाएँ । जुन मेरा लागि असाध्यै ठूलो उपलब्धि हो । दुवै क्षेत्रलाई म सँग–सँगै अघि बढाउँछु । आम्दानीबाट पनि म सन्तुष्ट छु । अस्पतालबाट तलब पाउँछु अभिनय गरेबापत चित्तबुझ्दो पारिश्रमिक आइरहेको हुन्छ,’ उनले भनिन् ।
आफूसँगै अभिनय क्षेत्रमा आएकाहरूबारे खासै अनुको टिका–टिप्पणी छैन । टिकटकबाटै उदाएकी मिस पविबारे उनी भन्छिन् । ‘उहाँसँग भेट भएको त छैन । राम्रो गरिरहनु भएको छ । राजधानीबाटै अहिले अभिनयमा सक्रिय हुनुहुन्छ । अभिनयका लागि काठमाडौं जाने मेरो सोच छैन । मलाई यहीँ रमाइलो छ, यहीँ धेरै गर्नुछ,’ उनले प्रतिबद्धता जनाइन् ।
अनुले नर्सिङ पढ्दा लागेको ६ लाखभन्दा बढी खर्च आफ्नै कमाइबाट उनले तिरिसकेकी छिन् । यस्तै आफ्नै कमाइले स्कूटर चढिरहेकी छिन् । उनलाई अब आफ्नै कमाइले घर–जग्गा जोड्ने चाहना छ । ‘मेरा अब धेरै ठूला सपना छैनन् । यही क्षेत्रमा अझ राम्रो गर्नुछ । मैले यति बुझेकी छु । सपना देख्नु पर्छ र त्यो सपना पूरा गर्नका लागि कडा मेहनत गर्नुपर्छ । म अरूलाई पनि भन्न चाहन्छु । जनसुकै क्षेत्रमा लागे पनि राम्रो मेहनत गर्नुस्, अवश्य सफलता पाइन्छ,’ उनले कुराकानी टुंग्याइन् ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...