×

NMB BANK
NIC ASIA

राजनीति

मन्त्रीले सरकारबारे चिन्ता गर्दा देउवा उल्टै झोक्किए

काठमाडाैं | फागुन २०, २०८०

NTC
Premier Steels

सत्ता समीकरणबारे तनावपूर्ण स्थिति आएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीहरूलाई आफ्नो निवासमा बोलाएर छलफल गरेका छन् । सत्ता समीकरण फेरबदल गर्नेसम्मको तयारी भएपछि देउवाले कांग्रेसका १० मन्त्रीहरूलाई बोलाएर छलफल गरेका हुन् । 

Muktinath Bank

आइतबार साँझ बुढानीलकण्ठमा पुगेका मन्त्रीहरूले सरकारबारे राम्रो कुरा सुनिँदैन नि भन्दा देउवाले बाहिर आएजस्तो समस्या नभएको भन्दै आश्वस्त तुल्याउने प्रयास गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सभापतिले बजेट निर्माण सदनमा प्रभावकारी उपस्थितिसहितका विषयमा बढी कुरा गर्न खोज्नुभएको थियो’, भेटमा सहभागी भएका एक मन्त्रीले लोकान्तरसँग भने, ‘तर मन्त्रीहरुले सत्ता गठबन्धनमा खबर राम्रो सुनिएको छैन के हो भनेर सोध्यौँ । सभापतिले बाहिर आए जस्तो समस्या छैन भनेर भन्नुभयो । तर परिस्थिति हामीले सोचेको भन्दा बाहिर गएको छनक पाएका छौँ ।’


Advertisment
Nabil box
Kumari

सरकारमा बसेर प्रभावकारी काम गर्न नसकेको र सदनमा समेत नियमित नगएकोबारे देउवाले मन्त्रीहरूसँग प्रश्न गरेका थिए । ‘तपाईँहरूको कामबारे पार्टीदेखि बाहिरसम्मै प्रश्न उठेका छन् । सदनमा त तपाईँहरू जानु नै हुँदैन भन्ने प्रश्न उठिरहेको छ’ देउवाको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘उहाँले मन्त्रीहरूलाई फिर्ता नै हुनुस् भनेर त भन्नुभएन । राम्रो काम नगर्ने भए छोड्नुस् नै भन्ने आशय थियो ।’

Vianet communication

सरकारको भविष्यबारे मन्त्रीहरुले  चिन्ता गर्दा  देउवाले भने उल्टै झोक्किँदै पार्टीका मन्त्रीको कामप्रति असन्तुष्टि जनाएका थिए ।  ती मन्त्रीका अनुसार आफ्नो लागि भन्दा पनि प्रधानमन्त्रीप्रति उत्तरदायी भएर काम देखाउन देउवाले निर्देशन दिएका थिए । देउवाको प्रस्तुतिले गठबन्धनको भविष्यप्रति उनी पनि त्यति आश्वस्त भएको नपाइएको ती मन्त्रीको भनाइ छ । 

एक घण्टासम्म चलेको छलफलमा कांग्रेसका १० मन्त्रीका साथसाथै नेताद्वय कृष्णप्रसाद सिटौला र रमेश लेखक पनि सहभागी भएका थिए । 

भेटमा सहभागी भएका एक मन्त्रीले पछिल्लो केही दिनयता प्रधानमन्त्री र एमाले अध्यक्षबिच भइरहेको छलफलले सरकार सहजै अगाडि बढ्छ भन्ने नदेखिएको बताए ।  

‘गठबन्धन हामीसँग छ । तर प्रधानमन्त्रीको नियमित उठबस पछिल्लो समय एमाले अध्यक्षसँग देखिनुले राम्रो संकेत गरेको छैन,’ ती मन्त्रीले भने, ‘हाम्रो कामबाट समीक्षा एउटा होला । तर नराम्रो गरिएको छैन । हट्नै परे पनि हामी तयार छौँ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x