×

NMB BANK
NIC ASIA

कार्यालय सहयोगी भर्ना गर्न लिखित परीक्षा ! आवेदन दिनेमध्ये स्नातक पास गरेका धेरै

विराटनगर | फागुन २१, २०८०

NTC
Premier Steels

मोरङको कानेपोखरी गाउँपालिकाले कार्यालय सहयोगी भर्ना गर्न लिखित परीक्षासमेत लिने भएको छ । गत पुस २६ गते सूचना प्रकाशित गरी गाउँपालिकाले ६ जना कार्यालय सहयोगी पदमा आवेदन आह्वान गरेको थियो । जसमा १३२ जनाले आवेदन दिएको गाउँपालिकाले जनाएको छ । धेरैको आवेदन परेकोले गाउँपालिकाले लिखित र मौखिक परीक्षामार्फत् कार्यालय सहयोगी छान्न लागेको हो । सरकारी कार्यालयहरूले प्रायः मौखिक परीक्षा मात्र लिएर व्यक्ति छनोट गर्ने गरेका छन् । 

Muktinath Bank

कार्यालय सहयोगीको लागि ओभरसियर, सबइन्जिनियर, कृषि (आएसीएजी) र स्नातक पास गरेकाहरूले समेत आवेदन दिएका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

गाउँपालिकाले २ वटा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र ४ वटाको लागि ६ जना कार्यालय सहयोगीका लागि आवेदन दिन २०८० पुस २६ गते सूचना आह्वान गरेको थियो । 

Vianet communication

कार्यालय सहयोगीको लागि शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण भए पुग्ने सरकारी मापदण्ड छ । तर, गाउँपालिकाले भने एसएलसी वा सो सरह उत्तीर्ण हुनेले मात्र आवेदन गर्न पाउने प्रावधान राखेको थियो । यस्तै आवेदक कम्प्युटर चलाउन जान्ने र सवारी साधनको चालक अनुमतिपत्र भएको हुनुपर्ने प्रावधान राखेको छ ।

गाउँपालिकाले पाठ्यक्रमका आधारमा लिखित तथा मौखिक परीक्षा लिनेगरी सूचना जारी गरेको छ । फागुन २९ गते लिखित र ३० गते अन्तर्वार्ता लिने गाउँपालिकाको सूचनामा उल्लेख छ । अफिसलाई स्मार्ट ढङ्गले सञ्चालन गर्ने व्यक्ति चाहिएकाले परीक्षा गराउन लागेको प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले बताइन् । 

परीक्षा समितिले कार्यालय सहयोगीलाई नै आधार मानेर पाठ्यक्रम पनि बनाएको छ । गाउँपालिकाले सार्वजनिक गरेको सूचनामा सामान्य ज्ञान र सेवा सम्बन्धी ज्ञान भएको ८०  पूर्णाङ्कको  लिखित परीक्षा लिने उल्लेख छ । ४० वटा बहुवैकल्पिक प्रश्न सोध्ने र एउटा प्रश्नको अंकभार २ नम्बर राखिएको गाउँपालिकाले जनाएको छ । 

null

अन्तर्वार्ताको लागि भने २० पूर्णाङ्क तोकिएको छ । लिखितमा ३२ र मौखिकमा ८ उत्तीर्णाङ्क तोकिएको छ । ‘उपाध्यक्ष भोला अधिकारीले लिखित नै गर्नुपर्छ भने जोड गर्नुभयो,’ प्रमुख प्रशासकीय अधिकृत यादवले भनिन् ‘त्यसपछि अध्यक्ष राजमति इङ्नामले पनि मेरो केही छैन, फेयर गर्नुहोस् भनेपछि परीक्षा नै गर्न लागेका हौं ।’ पालिकाले सामान्य ज्ञान, सेवासम्बन्धी ज्ञान र प्राथमिक उपचारसम्बन्धी ज्ञानलाई समेटेर पाठ्यक्रम बनाएको छ ।

कार्यालय सहयोगीमा आवेदन दिनेमध्ये स्नातक पास गरेका धेरै रहेको गाउँपालिकाले जनाएको छ । स्नातकले परीक्षामा खासै असर नगर्ने प्रमुख प्रशासकीय अधिकृत यादवको भनाइ रहेको छ । ‘अहिले कलेजहरूले दिएका सर्टिफिकेटलाई नै मूल्यांकन गरेर भन्न सकिँदैन लेखेको हेरेर मात्रै थाहा हुन्छ,’ उनले भने, ‘लोकसेवा पनि स्नातकले प्रशासन चौथो तहमा भिडिरहेका हुन्छन् ।’ प्राविधिक क्षेत्रकाले पनि कार्यालय सहयोगीमा भरेपछि गाउँपालिका परीक्षा गराउन बाध्य बनेको हो । नियुक्त हुने कार्यालय सहयोगीको करार अवधि एक वर्षको हुने गाउँपालिकाले जनाएको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x