×

NMB BANK
NIC ASIA

मलेसियाबाट स्वर्णसहित २ पदक लिएर फर्किइन् तेक्वान्दो खेलाडी सजिना

विराटनगर | फागुन २३, २०८०

NTC
Premier Steels

नेपालकी सजिना तामाङले मलेसियामा भएको अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा दुई पदक जितेकी छिन् ।

Muktinath Bank

फागुन १७ देखि २० गतेसम्म भएको ‘हर्याङ वारियर आईटीएफ तेक्वान्दो वर्ल्ड च्याम्पियनसिप’मा भोजपुरको षडानन्द नगरपालिका– ४ घर भएकी १६ वर्षीया सजिनाले स्वर्ण र रजत पदक जितेकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी एकल स्पिाइरिङ ४३–५३ तौल समूहबाट स्वर्ण र एकल प्याटन निलो पेटी समूहमा रजत पदक जित्न सफल भएकी छिन् । उनी पछिल्लो समय आईटीएफमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छिन् । विगतमा पनि उनले विभिन्न पदकहरू जितेकी छन् । 


Advertisment
Nabil box
Kumari

सजिनाले मलेसियामा जितेता दुई पदक अन्तर्राष्ट्रिय स्तरमा अहिलेसम्मकै ठूलो उपलब्धि भएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्कीले बताए । 

Vianet communication

दुई पदक जितेकी सजिना बुधवार घर फर्किएकी छिन् ।  नेपालका चार खेलाडीमध्ये वीरेन्द्र कुँवरले दुई विधामा दुई कास्य पदक जित्न सफल भए । नेपालबाट खेलाडीको रुपमा सजिना, वीरेन्द्रसहित देवेन्द्र सुनार र कैलाश अर्याल तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका कोषाध्यक्ष रहेका विक्रम बाठा मगर अम्पायरको भूमिका निर्वाह गर्दै मलेसिया गएका थिए । 

उक्त प्रतियोगितामा विश्वभरिका ३१ भन्दा बढी राष्ट्रका दुई हजार ४०० भन्दा बढी तेक्वान्दोका खेलाडीको सहभागिता रहेको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x