फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
कास्की | फागुन २५, २०८०
पछिल्लो केही वर्षयता हरेक क्षेत्रमा महिलाको उपस्थिति देखिन थालेको छ ।
विभिन्न नेतृत्वदायी भूमिकामा महिला पुगेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको राष्ट्रपतिदेखि सभामुख र प्रधानन्यायाधीशसमेत महिला महिला बने । संघीय संसद्मा न्यूनतम् ३३ प्रतिशत महिलाको सहभागिता छ ।
नेतृत्वदायी भूमिकामा उपस्थिति बढेसँगै लैंगिकताको आधारमा महिलाले भोग्नुपरेको पेशागत चुनौतीबारे बहस भइरहेका छन् । तर, लैंगिक समानता र सामाजिक समावेशीकरणको विषय उठाउने पत्रकारिता क्षेत्रको दृश्य भने फरक छ ।
पत्रकार महासंघको आधिकारिक वेबसाइटमा १३ हजार ७७ पत्रकार आबद्ध छन् । जसमध्ये १० हजार ६६९ पुरुष र २४ सय ८ महिला छन् । यो तथ्यांकले पत्रकारिता क्षेत्रमा महिलाको उपस्थिति न्यून रहेको देखाउँछ । गण्डकी प्रदेशमा १ हजार १३ जना पत्रकारमा जम्मा १८२ जना महिला छन् । सात प्रदेशमध्ये सबैभन्दा कम मधेश प्रदेशमा १०७ महिला पत्रकार जना छन् ।
०००
इशा (नाम परिवर्तन)ले पोखरामा रहेर पत्रकारिता थालेको १६ वर्ष भयो । रेडियोबाट पत्रकारिता शुरू गरेकी उनले विभिन्न आरोह अवरोह पार गर्दै १६ वर्षे यात्रा तय गरेकी हुन् ।
शुरूआती दिन सम्झँदा उनी भावुक हुन्छिन् । उनको मानस पटलमा पुरुष सहकर्मीले दिएको सास्तीले सताइरहन्छ । रेडियोमा काम गर्दा न्युज रिपोर्टका लागि भ्वाइस रेकर्ड गर्नुपर्थ्यो । रेकर्डका लागि समयमा पालो पाउन समेत निकै संघर्ष गर्नुपरेको उनले स्मरण गरिन् । ‘केटाहरूले रेकर्ड गर्ने पालै दिँदैन थिए । मेरो पालो आउँदा पनि मिचेरे उनीहरूले गर्थे,’ विगत सम्झिँदै उनले भनिन्, ‘तिम्रो सामान्य त हो भन्दै टार्थे । मलाई रेकर्ड गर्न राति ८ बजेसम्म कुर्नुपर्थ्यो ।’
कार्य क्षेत्रमा इशाले भोगेको यो सामान्य समस्या हो । सबैभन्दा बढी आफूले घरभित्रबाटै समस्या भोग्नुपरेको उनी सुनाउँछिन् । ‘मैले फिल्डमा भन्दा घरभित्रै धेरै समस्या झेले । घरपरिवारकाले म रहरले हिँडिरहेको जस्तो गर्थे । घरको काम भ्याएर जानुपर्थ्यो,’ उनले भनिन्, ‘चुनौती एकदमै थियो । अहिले पनि छ ।’
महिला पत्रकारलाई घरको जिम्मेवारी र कार्यक्षेत्रको कामसँगै लिएर हिँड्नुपर्ने बाध्यता छ । कार्यक्षेत्रमा भोग्नुपरेको हेय व्यवहारको पीडा बेग्लै छ ।
कार्यक्षेत्रबाहेक फिल्ड रिर्पोटिङमा हिँड्दा पनि समस्या भोग्नुपरेको सुनाउँछिन् पोखरामा बसेर पत्रकारिता गरिरहेकी प्रतीक्षा काफ्ले । महिला पत्रकारलाई फिल्डमा काम गर्न अझै पनि सहज नरहेको उनले बताइन् । ‘महिला पत्रकारलाई फिल्डमा अझै पनि सहज छैन । पुरुष पत्रकारबाटै महिलालाई डोमिनेट गरिन्छ । होच्याउने, हिंसा गर्ने, आफूमात्रै जान्ने सुन्ने ठान्ने प्रवृत्ति छ,’ उनले भनिन्, ‘महिलालाई क्षमतासँग कहिल्यै दाँज्दैनन् ।’
फिल्ड रिपोर्टिङका क्रममा ख्याल नै नगरी पुरुष पत्रकारले प्रयोग गर्ने शब्दले समेत कतिपय अवस्थामा असहज हुने गरेको उनले सुनाइन् । ‘महिला पत्रकारलाई अधिकांशले तिमी सम्बोधन गर्छन् । रिपोर्टिङमा हिँड्दा उनीहरूले अपाच्य शब्द बोल्ने गरेका छन् । बोल्ने व्यक्तिभन्दा हामी नै लाज मान्नुपर्छ,’ उनले थपिन् । पोखरामै बसेर पत्रकारिता गरिरहेकी अर्की महिला पत्रकारको गुनासो पनि उस्तै छ । पुरुष सहकर्मीबाट काममा सहयोग नपाउने गरेको उनले बताइन् ।
विविध समस्या र चुनौतीका कारण पत्रकारिता पेशामा महिलालाई सहज वातावरण नरहेको पत्रकार दुर्गा राना मगरले बताइन् । ‘महिलाका लागि पत्रकारिता पेशा सहज छैन । उनीहरू जोखिममा हुन्छन् । समान ज्याला, सहकर्मीबाट हिंसा, समाचार लेखेका कारणले हिंसा, परिवारबाट साथ नपाउनेलगायत चुनौती छन्,’ उनले भनिन् ।
पत्रकारिता पेशामा महिलालाई हौसला दिने पात्र कम रहेको उनको भनाइ छ । महिला भएकै कारण फरक व्यवहार गरेको उनको पनि अनुभव छ । अरूले भोगेको हिंसाबारे चल्ने कलम आफ्नै लागि भने नचलेको दुर्गाको गुनासो छ । ‘पत्रकारिता गर्दा पुरुष र महिलाका लागि एकै व्यवहार हुन्न । कोहीले सम्मान पनि गर्छन्, कोहीले भने महिला नै भनेर फरक व्यवहार गरेको अनुभव छ,’ दुर्गाले थपिन्, ‘अरूले भोगेको हिंसाबारे चल्ने कलमहरू आफूलाई परेको हिंसाबारे कम चल्छन् ।’
हरेक पेशा र क्षेत्रमा महिलाले चुनौतीको सामना गर्दै अघि बढ्न बाध्य भएको पत्रकार सुमन थापा मगरको भनाइ छ । पत्रकारिता क्षेत्रमा हुने यौन दुर्व्यवहारका विषयमा बोल्दा थप हतोत्साहित हुने गरेको उनले बताइन् ।
मिडिया एड्भोकेसी ग्रुपले केही समयअगाडि गरेको एक अध्ययनमा ४१.३ प्रतिशत महिलाले कार्यालय भित्रकै सहकर्मीबाट अनलाइन हिंसा भोग्नुपरेको बताएका थिए । यसबाहेक पत्रकारसँग पेशागतरूपमा सम्बन्धित सरोकारवाला व्यक्तिबाट पनि महिला पत्रकारले हिंसा भोग्नुपरेको तथ्यांकले देखाउँछ ।
सञ्चारिका समूहकी महासचिव वसन्ती बास्तोलाका अनुसार डेढ वर्षमा ११ महिला पत्रकारले संस्थामा उजुरी दिएका छन् । जसमध्ये अनलाइन हिंसा र न्युज रूपमा काम गर्ने सहकर्मीबाट हिंसा भएका घटना छन् । ‘न्यूजको फोटोको साटो अश्लील फोटो देखाउने गरेका घटना छन् । आफ्नो पोष्टको आधारमा गर्लफ्रेण्ड हुनुपर्छ जस्तो व्यवहार गर्ने गरेको गुनासो आउने गरेको छ,’ उनले भनिन् । पीडित महिलालाई सञ्चारिका समूहले छलफल र काउन्सिलिङ गर्ने गरिरहेको छ ।
मिडिया एड्भोकेसीको तथ्यांकअनुसार ७४.३ प्रतिशत महिलाले आफूले भोग्नुपरेको मानसिक हिंसाको तनावका कारण काममा असर पारेको बताएका छन् । ४.४ प्रतिशत महिला हिंसापछि जागिरबाट निकालिएका छन् । १७.७ प्रतिशत महिलाले आफूलाई हेर्ने दृष्टिकोण फरक रहेको बताएका छन् ।
अनलाइन हिंसामा पर्ने १.१ प्रतिशत महिलाले कसैलाई नभन्ने तथ्यांकले देखाउँछ । ४८.४ प्रतिशतले महिलाले नजिकको साथीलाई शेयर गर्छन् । वसन्तीका अनुसार अधिकांश समस्या लिएर आए पनि सार्वजनिक रुपमा बोल्न नचाहने हुन्छन् । कतिपय अवस्थामा सञ्चार गृहले नै पीडितको कुरा पत्याउन गाह्रो मानेको उनको भनाइ छ । अध्ययनमा २०.६ प्रतिशत महिला पत्रकारले कार्यरत संस्थाबाट हिंसाको विषयमा सहयोग नपाएको गुनासो गरेका थिए ।
महिलाले भोग्नुपरेको यी सबै समस्या समाधानका लागि महिलामैत्री वातावरण हुन आवश्यक रहेको उनको भनाइ छ । कार्यस्थलमा गुनासोदेखि कार्य अनुकूलताका विषयमा महिला पत्रकारले निरन्तर गुनासो गर्ने गरेको सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्हखेवा बताउँछिन् । तर, पछिल्लो समय यी अवस्थाहरू सुधारात्मक अवस्थामा लागेको उनको भनाइ छ । लैंगिक समावेशिताका पक्ष केही हदसम्म कार्यान्वयन हुन लागेसँगै मिडिया हाउस जवाफदेही हुन थालेको उनको बुझाइ छ ।
समावेशिताका पक्षमा बहस भए पनि नेपाली मिडिया हाउसमा वर्ग, जातिअनुसार महिलाको उपस्थिति सन्तोषजनक छैन । समूहले असोज महिनामा काठमाडौँ उपत्यकामा कार्यरत महिला सञ्चारकर्मीको अवस्थाको विषयमा एउटा अध्ययन सार्वजनिक गरेको छ । काठमाडौँमा केन्द्रित रहेर गरिएको अध्ययनले न्यूज रुममा जम्मा २ प्रतिशत महिलाको सहभागिता रहेको देखाउँछ । समावेशिताका विषयमा वृहद् छलफल आवश्यक रहेको अध्यक्ष विमला बताउँछिन् । ‘मिडिया हाउसभित्र वर्ग जातजाति समावेशिताको एंगलबाट हेर्ने हो भने धेरै नै छलफल र बहस हुनुपर्ने अवस्था छ । मानसिकता नै परिवर्तन गरेर लैजानुपर्ने अवस्था छ,’ उनले सुनाइन् ।
सबैभन्दा बढी न्यूज रूपमा ब्राह्मण र क्षेत्री समुदायबाट ६५ प्रतिशतको प्रतिनिधित्व छ । मधेशी महिलाको प्रतिनिधित्व जम्मा ४ प्रतिशत छ भने जनजातिको २६ प्रतिशत छ । दलित महिलाको उपस्थिति न्यूज रूपमा कम छ । अझै उनीहरू नै न्यूज रूपमा हिंसाबाट बढी प्रभावित रहेको अध्यक्ष विमला बताउँछिन् । ‘दलित पत्रकार महिलाहरूको धेरै गुनासो छ । हामीलाई विभेद गरिन्छ भन्ने गुनासो अफ द रेकर्ड भन्नुहुन्छ । मिडिया हाउस हेर्ने हो भने पनि उहाँहरूको प्रतिनिधित्व एकदमै कम छ,’ उनले भनिन् ।
पत्रकारिता क्षेत्रमा यस्ता समस्या रहे पनि यसको समाधान खोज्दै जान आवश्यक रहेको विमलाको भनाइ छ । जसको लागि महिला अनुकूल नीति आवश्यक रहेको उनले बताइन् । ‘समाधान पनि खोज्नुपर्यो । उहाँहरूलाई टिकाइ राख्नु पनि पर्यो,’ उनले भनिन्, ‘संख्या बढाउनु त आवश्यक छँदै छ । त्यसका लागि मिडिया हाउसले अनुकूल पोलिसी बनाउँदै लैजानुपर्छ ।’
लैंगिक समावेशिता कार्यान्वयनमा आए भोग्नुपरेका समस्यामा सुधार हुने उनले बताइन् ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...