×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एकीकृत समाजवादीको सर्त, राप्रपा विपक्षमा

काठमाडाैं | फागुन २९, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

Muktinath Bank

आज राष्ट्रिय सभाले नयाँ अध्यक्ष पाउँदै छ । अध्यक्ष पदको मतदानका लागि आज बिहान ११ बजेर ९ मिनेटमा राष्ट्रिय सभा बैठक बोलाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय सभा अध्यक्ष पदको प्रस्तावको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुने कानुनी व्यवस्था छ । राष्ट्रिय सभा नियमावलीअनुसार एउटा मात्रै प्रस्ताव दर्ता भएमा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने छ तर, दुई वटा प्रस्ताव दर्ता भएकाले दर्ता क्रमानुसार प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने र समर्थक सदस्यले समर्थन गर्ने छन् । 


Advertisment
Nabil box
Kumari

बैठकमा दुवै प्रस्तावमाथि सङ्क्षिप्त छलफल हुने छ र त्यसपछि अध्यक्षता गर्नेले सबै प्रस्तावलाई क्रमश: निर्णयार्थ प्रस्तुत गर्ने छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाइ सदस्यको पदावधि गएको फागुन २० गते सकिएको थियो । 

Vianet communication

राष्ट्रिय सभा अध्यक्षका लागि माओवादी केन्द्रका नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।  राष्ट्रिय सभामा सत्ता गठबन्धनले अध्यक्ष सहजै जित्ने अंकगणित छ ।

००००

सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच आज चारबुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा सोमबार भएको वार्तामा सहमति भएसँगै पीडितले आन्दोलन फिर्ता लिएका हुन् । 

पीडितको समस्या दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने भएकाले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी अनुचित लेनदेन  विरुद्ध जाँचबुझ आयोग गठन गर्ने गरी सहमति भएको छ ।

००००

राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङमा हुने प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने भएको छ ।  

रास्वपाको केन्द्रीय समितिको सोमबार बसेको बैठकले आगामी वैशाख १५ गते हुने बझाङको प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने

 तर इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा भने भाग लिने निर्णय गरेको पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए ।

००००

संसदको पाँचौँ ठुलो दल राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ । यस्तै फागुन ३० मा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय समेत राप्रपाले गरेको छ।  

राप्रपाको राजधानीमा सम्पन्न कार्यसम्पादन समितिको बैठकले गठबन्धनमा सहभागी नहुने र प्रधानमन्त्रीलाई विश्वासको मत पनि नदिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार पार्टी तत्काल प्रदेश सरकारमा पनि सहभागी हुनेछैन । बैठकले काठमाडौँ केन्द्रीय प्रदर्शनको मिति पनि सार्ने निर्णय गरेको छ । 

००००

नेकपा एकीकृत समाजवादीले आफूहरूका लिखित मागमा प्रधानमन्त्रीले लिखित सहमति जनाए मात्रै विश्वासको मत दिने निर्णय गरेको छ ।

सोमवार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले लिखित सहमति गरे मात्रै राष्ट्रिय सभामा भोट हाल्ने र विश्वासको मत दिने जानकारी नेकपा एसका प्रमुख सचेतक मेटमणि चौधरीले दिए । प्रतिनिधिसभामा नेकपा एसले विश्वासको मत नदिए प्रधानमन्त्रीलाई मुस्किलको बहुमत पुग्छ ।

००००

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले लिन लागेको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।

००००
गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेरिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख फेरबदल गरेको हो । जसअनुसार मधेश प्रदेशमा सुमित्रा भण्डारी र गण्डकीमा डिल्लीराज भट्ट छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशमा नजिर मियाँको नियुक्तिको लागि सिफारिस गरिएको छ ।

मियाँ अर्घाखाँचीका एमाले नेता हुन् । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई यथावत् राखिएको छ ।

००००

गृहसचिवका रूपमा एकनारायण अर्यालको सरुवा भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अर्याललाई गृहसचिव बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

००००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले बेइमानीको राजनीति धेरै समय नटिक्ने बताएका छन् । नवलपरासी बर्दघाट सुस्तापूर्वको पिठौलीमा सोमबार आयोजित कार्यक्रममा उनले वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप लगाए ।

००००

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री लक्ष्मणकिशोर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमवार मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् पुनर्गठन गरेर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री नियुक्त गरेका थिए । लगतै उनले सोमवार साँझ नै शपथ ग्रहण गरेका हुन् ।

००००

नयाँ समीकरण बनेदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले र अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुँदै आएको छ । यसै सिलसिलामा प्रचण्ड र ओलीबीच सोमवार भेटवार्ता भएको छ।

भेटमा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन, सरकारको साझा न्यूनतम् कार्यक्रम र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिए ।

००००

राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार नारायणप्रसाद दाहालले आफूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भनेकामा असन्तुष्टि जनाएका छन् ।

 राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि दाहाललाई संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूले प्रचण्डको भाइ भएका कारण अवसर पाएको भनिन्छ नि भनेर सोधेका थिए ।

तर, उनले पार्टीमा आफूले दिएको योगदान र जिम्मेवारीका आधारमा उम्मेदवारी दिएको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x