×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

सत्तापक्षमै अविश्वास, मुद्दा कमजोर पार्न अर्थमन्त्रीको चलखेल

काठमाडाैं | चैत १, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा तेस्रोपटक विश्वासको मत लिँदै गर्दा एकअर्काबीच गम्भीर अविश्वास प्रकट भएका छन् । प्रधानमन्त्रीका रूपमा १५७ सांसदको समर्थन पाए पनि प्रचण्ड आत्मविश्वासी भने देखिएनन् । 

Muktinath Bank

प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई ‘अब बसौं, कुरा गरौं’ भनेर गरेको प्रस्तावपछि संसद्को माहोल बदलिएको हो । 
शुरूआती मन्तव्यमा एमालेप्रति निकै उदार र कांग्रेसप्रति गुनासो गर्ने हिसाबले प्रस्तुत भएका प्रचण्ड जवाफ दिने बेला भने दुवै दलमाथि खनिए ।
एमाले अध्यक्ष ओलीको प्रस्ताव र कांग्रेस सभापति देउवाको हाउभाउप्रति लक्षित गर्दै प्रचण्डले भने, ‘यहाँ पूर्व प्रधानमन्त्री केपी ओलीजी बोल्दै गर्दा एउटा मर्मका साथ बोली नचल्ने भन्ने भाषा प्रयोग गर्नुभयो । उतापट्टि माननीय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब बोल्ने हो भन्नुभो । बोल्नुस् । म भन्छु, बोली फुकाउनुस् । बनाउनुस् सहकार्य । माओवादी केन्द्र, प्रचण्ड वा प्रधानमन्त्री त्यसबाट दबाबमा पर्छ भन्ने भ्रम नराख्नुस् ।’
उनले ठूला दल मिले भने तेरो के हुन्छ भनेर आफूलाई दबाबमा राख्न खोजिएको गुनासो गरे । ‘ठूला दल हामी मिल्यौं भने तेरो के हुन्छ भनेर पहिला पनि भनियो, अहिले पनि भनियो । मेरो त कामना छ, तपाईंहरू मिल्नुस्,’ प्रचण्डले भने, ‘तपाईंहरू सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रतिपक्षमा बसेर देशको पक्षमा, संविधानको पक्षमा र परिवर्तनको पक्षमा लडिराख्छ ।’
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट तेस्रोपटक विश्वासको मत पाएपनि उनलाई समर्थन गर्ने सांसदको संख्या भने घटेको पाइएको छ ।
यसअघि प्रचण्डले २०७९ पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए । त्यो बेला उनलाई २७५ मध्ये २६८ सांसदको समर्थन थियो । 
बुधवार प्रतिनिधिसभामा भएको मत विभाजनमा प्रचण्डले १५७ मत पाएका छन् । पहिलो पटकको तुलनामा यो पटक १११ सांसद संख्या घटेको हो ।
००००
अर्थमन्त्री वर्षमान पुन अनन्त समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ ।
अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फाइल बुझाएको हो । एक वर्षको अवधिमा पटक पटक गरी भएको उक्त तस्करी मुख्य नाइके जीवनकुमार गुरुङ विभागको हिरासतमा छन् । गुरुङसँग अर्थमन्त्री पुनको ११ पटक फोन संवाद भएको प्रमाण भेटिइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भन्सार विभागमा रहेको मुद्दा कमजोर पार्न पुनले भूमिका खेलेका हुन् । गुरुङको मुद्दाको फाइल हतार हतार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको हो ।
००००
नवनियुक्त तीन प्रदेशका प्रमुखले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छन् । उनीहरूले बुधवार शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

मधेशको प्रदेश प्रमुखमा सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमका लागि नजिर मियाँले शपथ लिएका हुन् ।
००००
अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिलाई वार्तामा आउन आह्वान गरेको छ । 
अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले शुक्रवार अपराह्न लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि अर्थ मन्त्रालयमा बोलाइएको हो ।
००००
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहको ७० प्रतिशत काम सम्पन्न भएको हो ।  
००००
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बिदामा बसेका बेला कूटनीतिक राहदानी प्रयोग गरेर विदेश भ्रमण गरेको पुष्टि भएको छ ।

Vianet communication

गत माघ ३ गतेदेखि ८ गतेसम्म बिदामा बसेका बेला कूटनीतिक राहदानी दुरुपयोग गर्दै सचिव आचार्यले भारतमा खानेपानी मन्त्रालयको नेतृत्व गरेर कार्यक्रममा सहभागिता जनाएको पुष्टि भएको हो ।
००००
सहकारी ठगीमा जोडिएका रवि लामिछानेलाई गृहमन्त्री बनाइएको विषयलाई नेपाली कांग्रेसले संसद्मा चर्काउने संकेत गरेको छ । 
बुधवार प्रतिनिधि सभा बैठकको शुरूमै आकस्मिक समय लिएर कांग्रेस सचेतक सुशीला थिङले सहकारी ठगीमा जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाइएको भन्दै विरोध जनाएकी थिइन् । 
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ दशमलव ४८ अङ्कले घटेर दुई हजार एक सय आठ दशमलव ७२ अङ्कमा पुगेको छ ।
बुधबार तीन सय १० कम्पनीका एक करोड आठ लाख ८९ हजार छ सय ३४ कित्ता शेयर ७३ हजार पाँच सय छ पटक खरिद बिक्री हुँदा रु चार अर्ब २४ करोड ८५ लाख २३ हजार तीन सय ३२ बराबरको कारोबार भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x