२६ जेठ २०८३, मंगलबार

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ

चैत ८, २०८०
काठमाडौं
दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ परेका छन् । केजरीवाललाई प्रवर्तन निदेशालय (ईडी)को टोलीले पक्राउ गरेको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ । 

दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको थियो । पक्राउअघि ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो । दुई घण्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको समाचारमा उल्लेख छ । ईडी केन्द्रीय वित्त मन्त्रालय र राजश्व विभाग मातहतको निकाय हो । 

यसैबीच दिल्ली सरकारकी मन्त्री आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको प्रतिक्रिया दिएकी छन् । उनले प्रधाानमन्त्री मोदीलाई कुनै एक नेताको डर छ भने उनी अरविन्द केजरीवाल भएको बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्