×

NMB BANK
NIC ASIA

सर्वसाधारणले ल्याउने सामानमा कडाइ

जोगवनी नाकामा फेरि कडाइ: सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार अनिवार्य

विराटनगर | चैत ९, २०८०

NTC
Premier Steels

भारतको सीमावर्ती बजार जोगवनीमा भन्सार र प्रशासनले पुनः कडाइ गर्न थालेको छ । भारतीय बजारबाट सामान खरिद गरेर आउने उपभोक्ताहरूलाई भन्सार र प्रशासनले कडाइ गर्न थालेको हो । 

Muktinath Bank

सीमावर्ती बजारबाट एक सय रुपैयाँभन्दा बढीको सामान खरिद गरेर ल्याउँदा अनिवार्य भन्सार तिरिनुपर्ने नियम बनाइएको छ । यसअघि उपभोक्ताले आवश्यक वस्तु सहजै भन्सार नतिरी ल्याउने गरेका थिए । अहिले भने भन्सार कार्यालयले सूचना नै निकालेर सय रुपैयाँभन्दा बढीको सामानको अनिवार्य भन्सार तिर्नुपर्ने नियम लागू गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक सातादेखि घरेलु प्रयोजनका लागि उपभोग्य वस्तु किन्न जोगवनी बजार जाने सर्वसाधारणलाई सय रुपैयाँ भन्दा बढीको सामान ल्याउन दिइएको छैन । नयाँ सरकार बनेलगत्तै भारतीय बजारबाट ल्याइने सामानमा कडाइ गरिएको हो ।


Advertisment
Nabil box
Kumari

यसअघि साउन १ गतेदेखि यस्तै कडाइ गरिएको थियो । तर, स्थानीयको आक्रोश बढेपछि त्यो निर्णय एक साता पनि टिक्न सकेको थिएन । एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान बोकेर आउने सर्वसाधारणलाई भन्सारको निर्देशनअनुसार नाकामा खटिएका सशस्त्र प्रहरीले उतै फर्काउने गरेका छन् । 

Vianet communication

भन्सारको कडाइपछि सर्वसाधारण र सीमामा खटिएका सुरक्षाकर्मीबीच सातादेखि दिनहुँ लछारपछार भइरहेको गुनासो छ । तर, स्थानीयले भने सर्वसाधारलाई मात्रै कानुन लाग्ने गरेको भन्दै दुखेसो गरेका छन् । 

सुनसरीको इटहरीबाट दैनिक उपभोग्य सामान किन्न बिहीबार नाका पुगेकी मैया थापाले सर्वसाधारणलाई कानून र पहुँचवालालाई सेटिङ हुने गरेको आरोप लगाइन् । 
भन्सार शूल्क, मूल्य अभिवृद्धि कर (भ्याट)अन्तशूल्कका कारण स्थानीय बजारमा उपभोग्य वस्तु महँगो पर्ने भन्दै उपभोक्ताहरू दैनिक उपभोग्य सामान किन्न जोगवनी बजारमा ओइरिँदा विराटनगरलगायत स्थानीय बजार सुनसान बनेका थिए । 

सर्वसाधारणलाई जोगवनीबाट सामान ल्याउन कडाइ गर्दा विराटनगर र आसपासका बजारको प्रवर्द्धन हुने र भन्सार राजश्व संकलनमा पनि सहयोग पुग्ने विराटनगर भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले बताए । 

विराटनगर भन्सारले गरेको नाकाको कडाइलाई मोरङ व्यापार संघले स्वागत गरेको छ । सरकारले राजश्व असुलीका नाममा चिनी, दाल, चामल, लत्ताकपडा, काजु, किसमिस, जिरा, धनिया, भुजिया, विस्कुट, खानेतेल, चियापत्ती, साबुन, कफीलगायत दैनिक उपभोग हुने मुख्य १९ वस्तुको अवैध आयात अनियन्त्रित भइरहेको जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x