×

NMB BANK
NIC ASIA

९० वर्षको बुढ्यौलीमा पनि ​चल्दैछन् जाँगरले भरिएका पाखुरा

काठमाडाैं | चैत १२, २०८०

NTC
तस्वीर : धनकुमारी घले/रासस
Premier Steels
  • मधु शाही/रासस

    Muktinath Bank

​हँसिलो मुहार अनि जोसिलो व्यवहार । उमेरले नौ दशक टेकेकी गणेशमाया नेवार्नीको मूल स्वभाव हो । पाटन निवासी उनलाई देख्नेहरू झुकिन्छन् । किनकि उनको कर्मप्रतिको सक्रियताले उमेरै छोपिदिन्छ । 'सकुञ्जेल कामै गर्ने हो, मागेर खाने बानी छैन', उनी भन्छिन् ।​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

​पाटनढोका नजिकै रहेको चौतारा मुनि उनको दिनचर्या बित्छ । वरिपरि चना, बदाम, मकै र भटमास खानेकुरा बिछाएर राख्छिन् ।


Advertisment
Nabil box
Kumari

बोली तोते छ । सुन्न र बुझ्न कठिन छ । अलि चर्को स्वरले बोले मात्रै सुन्छिन् । उनका केही पुराना ग्राहक छन्, जसले इसारामै सबै बुझ्छन् । बेच्न राखेका सामान हाउभाउमै बिक्री गर्छिन् गणेशमाया ।

Vianet communication

दश वर्षभन्दा बढी भयो उनी त्यही चौतारामा बसेर व्यापारी जीवन बिताएको । जन्माएका सन्तानमध्ये दुई छोरा उनकै आँखा अघि बिते ।

बाँकी एउटा छोरो छ, घरको बाँच्ने आधार । छोराको एक्लो सङ्घर्ष देख्न गणेशमायाको मनले मान्दैन । छोरालाई सघाउन र आफू आत्मनिर्भर हुन फुटपाथमा व्यापार रोजेको उनी बताउँछिन् । 'छोराले सबै सामान किनेर ल्याइदिन्छ, अनि यही पिपल चौतारामुनि छोडिदिन्छ', उनी थप्छिन्, 'दिनभरि केही नभए पनि हजार रुपैयाँ जति कमाउँछु ।'

आँखा कमजोर हुनु बाहेक गणेशमायाको शरीरमा कुनै गम्भीर रोग छैन । दिनभरि बसेर व्यापार गर्नु पर्दा कहिलेकाहीँ कम्मर दुख्छ । उनले त्यसको आफ्नै उपचार अपनाएकी छिन् । बाह्रहाते पटुकी कसेर व्यापार गर्छिन् उनी । काम गरी खान उमेर बाधक हुँदैन भन्ने गणेशमायाको जीवनी धेरैका लागि प्रेरणा बन्ने गरेको छ । ​

गणेशमायाकै छेउमा कागती, अदुवा, अमला, खुर्सानीजस्ता सामाग्री बेच्न बसेकी मनमाया लामाको सक्रियता अझै लोभलाग्दो छ । उमेरले ७० नाघेकी उनी आफैं कलङ्की पुगेर होलसेलमा सामान ल्याउँछिन् । उनको सहयोगी कोही छैन । भएका छोराबुहारी आफ्नै जीवनयापनमा व्यस्त छन् ।​

​मनमाया सर्लाहीबाट दुई दशकअघि काठमाडौं आएको सम्झन्छिन् । कुन समय उनलाई यकिन छैन । तर बाढीले सबै घरबार बगाएपछि बेघर भएर उनी जिउ पाल्न सन्तानसहित काठमाडौं पसेकी थिइन् । पाटनमा बस्ने उनी एउटा कोठाको पाँच हजार रुपैयाँ भाडा तिर्छिन् । 'दिनभरि सुतेर बस्नुभन्दा २/४ रुपैयाँ कमाइ हुन्छ', उनले सुनाइन्, 'हातखुट्टा चलुन्जेल कामै गरेको निको लाग्छ ।'​

मनमायालाई खित्का छोडेर हाँस्न निकै मन पर्छ ।​

गणेशमाया र मनमाया त्यही चौतारामा व्यापार खुब जमेको बेला एकअर्काको अनुहार हेरेर मस्त हाँस्छन् । कहिलेकाहीँ सोचे जस्तो हुँदैन । त्यसबेला उसै गरी उदास पनि बन्छन् । मनमाया र गणेशमायाले जीवन सरल बनाउने सूत्र जानेका छन् । मनमाया सुनाउँछिन्, 'खुसी हुने भनेको अरूको लोभ नगर्ने, आफू मेहनत गर्ने ।'

लमजुङ घर भएकी धनकुमारी घले ६४ वर्षको पुगिन् । छोराछोरीले राम्रै कमाउँछन् । खान लाउन दुःख छैन । तर उनी काम नगरी बस्न बस्दिनन् । छोराले गाडीको ग्यारेज खोलेका छन् । त्यही ग्यारेजको छेउमा उनी नाङ्लोभरि बादम राखेर बेच्छिन् । हरियो मकैको याममा मकै राख्छिन् । यति मात्रै होइन, उनी एक्लै हिँडेर कालीमाटी पुग्छिन् समान किन्न । औषधिको नाममा अहिलेसम्म सिटामोलबाहेक अरु केही खानु परेको छैन धनकुमारीलाई ।

उनका श्रीमान् मानसिक रोगबाट पीडित छन् । उनको स्याहारसमेत गर्न भ्याएकी धनमाया जीवनमा कहिल्यै हरेस नखाने सुनाउँछिन् । बढ्दो महङ्गीले छोराछोरीले जति कमाए पनि अपुग हुने अवस्था छ । बुढाबुढी भएपछि उल्टै स्याहार्नु पर्ने झन्झट उनले सन्तानलाई दिन चाहनुहुन्न । 'अहिलेका छोराछोरीलाई जिउ पाल्न दुःखै छ’, धनकुमारी भन्छिन्, 'हाम्रो पालामा जस्तो सस्तो र सजिलो छैन । 

धनकुमारीको विचारमा बुढ्यौलीले छोए पनि दिनभरि त्यतिकै बस्नुभन्दा केही न केही सक्ने काम गर्नु स्वास्थ्यको लागि हितकर हुन्छ । बिहानै ४ बजे उनको निद्रा खुल्छ । सबै सुतिरहेको बेला उनी उठेर कालीमाटी हाटबजारमा व्यापार गर्ने सामग्री किन्न पुग्छिन् । आफूले कमाएको पैसाले नातिनातिनालाई आवश्यक परेको खानेकुरा, लुगाफाटा र कापी कलम समेत किनिदिन्छिन् ।​

काठमाडौंमा उनलाई कुनै बेला दुई रुपैयाँमा एक पाउ खसीको मासु किनेको याद छ । श्रीमान्‌ले उतिबेला जागीर गरेर ६० रुपैयाँ तलब पाउँथे । त्यही रुपैयाँमा पूरै घर खर्च चल्थ्यो र बचत पनि हुन्थ्यो । अहिले महंगाइले आकाश छोएको छ । घरका सबैले मिलेर कमाउँदा समेत खान हम्मेहम्मे हुने धनमाया सुनाउँछिन् । उनी भन्छिन्, 'मैले आफ्नो खर्च जुटाए भने पनि छोराछोरीलाई धेरै राहत हुन्छ ।'

बूढानीलकण्ठ घर भएका इन्द्रबहादुर मिजार उमेर बढेसँगै शरीरमा आलस्य छाउन दिन नहुने मान्यता राख्छन् । बुढौलीमा मन फुर्तिलो बनाउन नियमित शारीरिक व्यायाम जरुरी रहेको उनी बताउँछन् । उनी बिहानै उठेर अनिवार्य मर्निक वाक जान्छन् । पूजापाठ गरेर व्यवसायमा सक्रिय हुन्छन् । उनले बाँसबारी छाला जुत्ताचप्पल कारखानामा १३ वर्ष जागिर गरे । जागिरे जीवनमा हुँदा उनले आफैंले जुत्ता सिउने सीप सिकेका थिएनन् ।

उमेर छिपिँदै गएपछि जागिर खानु उचित लागेन । आफ्नै लागि केही गर्ने सोच बनाए । सार्की समुदायमा पुर्ख्यौली पेसा जुत्ता सिलाउने काम उनले सिकेको थिएनन् । तर पछि अरूको हेरेर जुत्ता सिलाउने काम सिके । अहिले आफ्नै पसल सञ्चालन गरेर बसेका छन् । 'सीप महत्वपूर्ण हुने रहेछु, उनी भन्छन्, 'बुढौलीमा काम आएको छ ।'​

ईन्द्रबहादुर अलि पुराना पुस्ताका हुनुहुन्छ । उनले सिलाउने जुत्ता, चप्पलको डिजाइन पुरानै शैलीका छन् । समयको मागअनुसार आधुनिक शैलीका जुत्ता सिलाउनु पर्छ । ग्राहकको माग अनुसारको सामग्री दिन नसक्दा उनी अलि चिन्तित छन् । उनलाई परम्परागतभन्दा आधुनिक सीप सिकाइमा तालिम लिन पाए आम्दानी राम्रो बनाउन सकिने बताउँछन् । ‘आधुनिक सीप सिक्ने मन छ, वडाले तालिम दिन्छ रे सुनेको छु, मैले अहिलेसम्म लिन पाएको छैन’, उनी भन्छन्, 'उमेर ढल्किँदै गए पनि सिक्ने रहर उस्तै छ ।'

भक्तपुरका नारायणकाजी काशिछ्वा निजामती कर्मचारीबाट स्वेच्छाले निवृत्त भए । दुई दशक जिल्ला शिक्षा अधिकारीको रुपमा अनुभव बटुलेका छन् । जागिर छोडेर घरमै बस्ने मनसाय उनको थिएन । ६१ वर्षको उमेरसम्म नारायणकाजीले जागिरे जीवनमा भन्दा बढी कार्य अनुभव संगाल्ने अवसर पाएका थिए । उनी विभिन्न स्कूलमा पुगेर शैक्षिक सामग्री उपलब्ध गराउनेदेखि, आवश्यक शिक्षक तालिम दिने, विद्यालयप्रति विद्यार्थीको मनोबल बढाउने, मनोपरामर्श दिने जस्ता कार्य गर्दै आएका छन् । 

यतिबेला उनको अधिकांश समय विद्यालयको अनुगमनमा बित्छ । 'अबको शिक्षा शैलीमा व्यावहारिकता जरुरी छ', उनी भन्छन्, 'विद्यार्थी, शिक्षक र विद्यालयको समग्र गुणस्तर सुधार्ने तालिम दिँदै आएको छु ।'

नारायणकाजीले जागिर छोड्दा धेरैले सोच्थे, अब घरमै सुतीसुती खाने होला भनेर । नारायण यो सोचको ठीक विपरीत मत राख्छन् । शरीरले साथ दिँदासम्म कर्म गर्नुपर्छ भन्ने मान्यता उनको छ । उनका छोरा, बुहारी अस्ट्रेलियामा बस्ने गर्दछन् । ९० वर्षकी आमा र पत्नीको स्याहार गर्ने जिम्मेवारी पनि नारायणकाजीमै छ । 

नारायाणलाई उनकी आमाले नै सिकाएको पाठ छ, शरीरले भ्याउँदासम्म कर्म गर्न नछोड्नु भन्ने । त्यसैलाई आत्मसात गरेका नारायण आफू स्वस्थ रहनुको मूल कारण पनि कर्ममा सक्रिय हुनु नै ठान्छन् ।

'बुढ्यौली उमेर बेकार हुँदैन', उनी सुनाउँछन्, 'त्यतिबेला परिवारको व्यवस्थापन पनि भइसकेको हुन्छ, आफ्नो खुसीले जिउने समय भनेकै यही उमेर हो ।'

नारायणकाजी आफ्नो पाक्दै गरेको उमेर भरपूर उत्साहका साथ बिताउन सिपालु छन् । हरेक दिन सिक्ने र सिकाउने काममा सक्रिय बताउँछन् । सक्रियता र व्यस्तताले उमेरको बारे सोच्ने फुर्सद नै छैन उनलाई । अधिकांश जेष्ठ नागरिक फुर्सदमा तास खेलेर, नसा खाएर, दुःखी भएर नकारात्मक जीवन शैलीमा फसेका मात्र हुँदैनन्, अनेक रोगव्याधीबाट पनि ग्रस्त हुने गर्दछन् । त्यस्तो कार्यबाट आफूले आफूलाई बचाउन सकारात्मक सोच र सही बानी बसाल्न जरुरी रहेको उनी बताउँछन्।

जोरपाटीका श्यामसुन्दर खतिवडाले निजामती कर्मचारीको अवकाशपछि जेष्ठ नागरिकमा आउने उदासी र छटपटीको गहिरो अनुभूति गरे ।  बुढ्यौलीले छुँदा व्यर्थ समय मान्दै मानसिक समस्या झेल्नु पर्ने, सबैको हेला हुनुपर्ने अवस्थाबाट जोगिन उनले एउटा उपाय अपनाएका छन् ।

हरेक महिनाको ८ गते जोरपाटीस्थित चामुण्डा मन्दिरमा वरिपरिका जेष्ठ नागरिक भेला गराई उनीहरूलाई खुसी बनाउने विभिन्न रोचक क्रियाकलाप गराउन शुरू गरे ।

'केटाकेटीको जन्मोत्सव सबैले मनाउँछन्, बूढाबूढीको खासै वास्ता गरिँदैन परिवारमा', उनी भन्छन्, 'हामी सबै मिलेर त्यो दिन बूढाबूढीको जन्मोत्सव बनाउँछौं, नाच्छौं, गाउँछौं र मज्जाले हास्छौं।'

श्यामसुन्दरका अनुसार उमेर ढल्किँदै जाँदा परिवारको माया र साथको खाँचो हुन्छ । अहिले व्यस्त छोराछोरीले आमाबुबालाई समय निकाल्न कठिन छ । जसको कोही छैन, र बेसहारा बूढाबूढीको सहारा बनेर सहयोगी साझेदारी गर्न श्यामसुन्दरले भेला गर्ने गरेको बताए ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार कुल जनसंख्याको १० दशमलव  २१ प्रतिशत जनसंख्या जेष्ठ नागरिक रहेको रहेको छ । २९ लाख ७७ हजार तीन सय १८ जेष्ठ नागरिकमध्ये १५ लाख ३३ हजार चार सय ११ महिला छन् भने १४ लाख ४३ हजार नौ सय सात संख्या पुरुष छन् ।​

वृद्धवृद्धाका क्षेत्रमा कार्यरत संस्था एजिङ नेपालका निर्देशक प्रकाश गौतमका अनुसार जेष्ठ नागरिकको कुल जनसङ्ख्याको ९.२२ प्रतिशत ज्येष्ठ नागरिक स्वस्थ र सक्रिय अवस्थाका छन् । उनीहरू सक्रिय भएर परिवारमा र राष्ट्रको टेवामा सहभागी भइरहेका छन् । 

औसत आयु ८० वर्ष पुग्दै गर्दा ६० वर्षमा अवकाश पाउने नागरिकले फेरि काम गर्न चाहेमा त्यसअनुसार रोजगारीको व्यवस्था हुन नसक्नुले जेष्ठ नागरिकमा कठिनाइ आएको उनी बताउँछन् ।

'बुढो हुनु भनेको कमजोर हुनु मात्र होइन, उसको भूमिकामा परिवर्तन आउनु हो', उनी भन्छन्, 'जेष्ठ नागरिकलाई रोजगारको वातावरणमा सहुलियत हुने कार्यक्रम ल्याउन जरुरी छ ।'

त्यस्तै, बूढाबूढीले परिवारमा नातिनातिना हुर्काइ दिएर, घर रुँघेर, भान्सा सम्हालिदिएर बिनापारिश्रमिक काम गरेको भएपनि त्यसको उचित सम्मान भने परिवार र राज्यले दिन नसकेको प्रकाशको भनाइ छ ।

राज्य र परिवारले ऊर्जावान् ज्येष्ठ नागरिकको सीप र क्षमताको कदर गर्न आवश्यक रहेको उनी बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x