×

NMB BANK
NIC ASIA

संसारमा सबैभन्दा कठिन काम मान्छे चिन्नु हो । आफन्त वा सहयोगी हौँ भनेर अघिपछि रहनेलाई चिन्न त अझै कठिन हुन्छ । अन्य चीज प्रत्यक्ष देखिन्छ । नदेखिए पनि अनुमान लगाउन सकिन्छ तर मानिस त्यस्तो हुँदैन । जति देखिएको हुन्छ त्योभन्दा बढी अर्कै हुन्छ । समाजशास्त्रीहरू भन्छन्– मानिस तीन किसिमका हुन्छन्, जसमा आफूले देखेको, अर्कोले देखेको र स्वयंमा ऊ जो छ त्यो पर्छन् । यसलाई कतिपय विद्वानले अरूको दुःखमा दुःखी हुने, अरूको दुःखमा खुसी हुने र अर्का दुःखसुखको वास्तै नगर्ने गरी अथ्र्याउने गरेको पनि पाइन्छ । 

Muktinath Bank

जुन मानिस फतफत बोलिरहन्छन् । आकाश पातालको गफ छाँटेर पनि थाक्दैनन्, त्यस्ता मानिससित डराउनु पर्दैन । किनकि यस्ता मानिस जति छन् त्यति नै हुन्छन् । उनीहरूमा राख्ने र फार्ने हुँदैन तर जुन मानिस गम्भीर प्रकृतिका देखिन्छन्, यस्ता मानिससँग भने सतर्क हुनुपर्छ । यसको अर्थ यस्ता मानिस सबै खतरनाक नै हुन्छन् भन्ने होइन । कोही वास्तवमै गम्भीर प्रकृतिका पनि हुन्छन् तर केही मानिस यस्ता पनि हुन्छन्, जसले गम्भीरताको आवरणमा अर्कै खेल खेलिरहेका हुन्छन् । त्यस्ता मानिस निकै खतरनाक हुन्छन् । त्यसैले त्यस्ता मानिससँग भने डराउनुपर्छ । प्रश्न उठ्न सक्छ– त्यस्ता मानिसलाई चिन्ने कसरी ? आउनुस् यहाँ यसैलाई नियाल्ने प्रयास गरौँ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसो त मान्छे चिन्ने सूत्र यस्तै हुन्छ भन्ने हुँदैन तर लवाइ–खवाइ र अन्य व्यवहारबाट भने धेरै हदसम्म अनुमान लगाउन सकिन्छ । जस्तो जसको खाना खाँदा पोख्ने, लतरपतर गर्ने, हातबाट तरकारी र अचार चुहिएको पनि थाहा नपाउने वा वास्ता नगर्ने बानी हुन्छ त्यस्ता मानिस फोहरी प्रकृतिका हुन्छन् । त्यस्तै जसको खाँदा हात चाट्ने, थाल कचौरा चाट्ने, त्यस्तै परे डाडु पन्यौँ नै चाट्न पनि बेर नलगाउने बानी हुन्छ, त्यस्ता मानिस लोभी प्रकृतिका हुन्छन् । जसको राम्ररी चपाएर खाने बानी हुन्छ त्यस्ता मानिस स्वस्थ्यप्रति निकै सचेत रहेका हुन्छन् । यस्ता मानिसले खाँदाखाँदै कुनै गम्भीर कुरा सोचिरहेको पनि हुन सक्छ । जसको खाँदा हतार गर्ने बानी छ त्यस्ता मानिस निकै चन्चल स्वभावका हुन्छन् । उसलाई यति बढी हतार हुन्छ कि कुनै स्थानमा पुग्नैपर्ने, कुनै काम गर्नैपर्नेजस्तो. लागिरहेको हुन्छ, तर गर्न भने माखो पनि मारेका हुँदैनन् । 


Advertisment
Nabil box
Kumari

जुन मानिस सदैव झोक्राइरहन्छ ऊ कुनै न कुनै चिन्तामा डुबेको हुन्छ । चिन्ता जेको  पनि हुन सक्छ । स्वस्थ्यको, सन्तानको, सम्पत्तिको यस्तैयस्तै । यस्ता मानिसमा आत्मविश्वासको कमी हुन्छ । उसलाई सदैव केही अनिष्ट भइहाल्ने पो हो कि भन्ने अज्ञात भयले सताइरहेको हुन्छ । यस्ता मानिसले त्यस्तै परे कुनै अप्रिय निर्णय गर्न बेर लगाउन्न । तर जुन मानिस सदा प्रशन्न चित्त र हंसमुख रहने गर्छन् त्यस्ता मानिस सहयोगी र परोपकारी भावनाका हुन्छन् । उनीहरूलाई कुनै  चिन्ता नै हुँदैन भन्ने त हुँदैन तर पचाउन भने सकेका हुन्छन् । यस्ता मानिसले जीवनको मूल्य बुझेका हुन्छन् र त्यसलाई यससम्भव प्रयोगमा ल्याउने प्रयास गरिरहेका हुन्छन् । जो मानिस सदैव खुइय–खुइय गर्दै लौ सकियो, बरबाद भइयो भन्नेजस्ता भावका देखिन्छन् त्यस्ता मानिस स्वार्थी र कपटी किसिमका हुन्छन् । त्यस्ता मानिसले अरू केही त गर्र्दैनन् तर आफैँलाई भने बर्बाद गरिरहेका हुन्छन् ।

Vianet communication

जसमा निकै जान्नेसुन्ने जस्तो गरी ठूल्ठूलो स्वरले कराउने बानी छ त्यस्ता मानिसले कि केही पनि जानेको हुँदैन कि ऊ निकै डराएको हुन्छ । जुन मानिस आफ्नो मात्र कुरा गर्छन्, अरूको कुरा सुन्नै चाहन्नन् त्यस्ता मानिस स्वार्थी र अहङ्कारी हुन्छन् । तिनलाई आफूभन्दा जान्नेसुन्ने, सभ्य, शिष्ट र सम्पन्न अर्को कोही छैन भन्ने लागिरहेको हुन्छ । जो मानिस अरूको पनि कुरा सुन्छ र सबैको कुरा सुनेर मात्र बोल्ने गर्छ त्यस्तो मानिस साँच्चै गम्भीर प्रकृतिको हुन्छ । 

जसको हुदय दयाले भरिएको हुन्छ त्यस्ता मानिसको भाव आँखा र अनुहारबाटै प्रकट भइरहेको हुन्छ । जुन मानिसमा बराबर टाउको घुमाएर यताउता हेरिरहने बानी हुन्छ त्यस्ता मानिसले आफूलाई अरूले राम्रो भनेका छन् कि छैनन् भन्ने सोचिरहेको हुन्छ । त्यस्तै अन्यत्र हेर्दैनहेरी घोप्टिरहने बानी परेको मानिस एकोहोरो, घोप्टे र घोसे स्वभावको हुन्छ । त्यस्तै कुनै सभा वा गोष्ठीमा जाँदा हत्त र पत्त अगाडिको सिटमा गएर बस्ने मानिसले आफूलाई ठूलो र बढी जान्नेसुन्ने ठारिहेको हुन्छ । तर सबैभन्दा पछिल्लो सिटमा बस्न रुचाउनेहरू भने लजालु किसिमका हुन्छन् ।

अरूको कुरा सुनेर मात्र बोल्ने मानिस गम्भीर प्रकृतिको हुन्छ । जसमा घुमाएर कुरा गर्ने बानी हुन्छ । त्यस्ता मानिस मतलवी र काइते किसिमका हुन्छन् । तर जो मानिसले सिधै कुरा राख्ने गरेको हुन्छ त्यस्ता मानिस सफा दिलका हुन्छन् । यसको अर्थ सर्वत्र यही नियमले काम गरेको हुन्छ भन्न सकिन्न । कतिपय कुरा समय, परिस्थिति, उमेर र अवस्थामा पनि भर पर्छ । तथापि मोटामोटीरूपमा लागू हुने नियम भने यिनै हुन् । अस्तु अहिलेलाई यति नै ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x