×

NMB BANK
NIC ASIA

सफल उद्यमी

कृष्णको 'आलु मिसन' कार्यक्रम: डेढ अर्ब लगानीमा 'फ्रेन्च फ्राइज' उद्योग, ४० हजार किसान जोडिए

बुटवल | चैत १७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कृष्ण पौडेल मासु उद्योगको क्षेत्रमा रूपन्देहीसँगै लुम्बिनी प्रदेशकै ‘आइकन’को रूपमा परिचित नाम हो । रोजगारीको खोजी गर्दै युवाहरू विदेश जाने ‘ट्रेन’ चलिरहेको बेला कृष्णले फेरि रूपन्देहीमा ठूलो ‘फ्रेन्च फ्राइज इन्डस्ट्रिज’ स्थापना गरेर धेरैलाई स्वरोजगारीसमेत दिएका छन् । सयौंलाई रोजगारी दिएको ‘सुपर क्वालिटी मिट प्रोसेसिङ इन्डस्ट्रिज’ प्रालिबाट उदाएका कृष्णले आलुका परिकार उत्पादन गर्ने उद्योग खोलेका हुन् । 

Muktinath Bank

शुद्धोधन गाउँपालिका फर्साटिकरमा खोलिएको ‘फर्स्ट च्वाइस फूड्स प्रालि’ नामक उद्योगमा लगानीमात्रै डेढ अर्ब (एक अर्ब ५० करोड) रुपैयाँभन्दा बढी छ । फ्रेन्च फ्राई उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र उद्योग हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुनै उद्योग नभएकाले यसअघि नेपालका ठूला होटल र रेस्टुरेन्टमा आलुका परिकार देशबाहिरबाट मगाउने गरिन्थ्यो । अहिले कृष्ण यसको स्वदेशमै उत्पादन गरेर आयात रोक्न कस्सिएका छन् । ‘नेपालमा विश्वका विभिन्न मुलुकबाट वार्षिक साढे ७ अर्ब रुपैयाँ बराबरको फ्रेन्च फ्राई आउने रहेछ,’ उनले भने, ‘हामीले पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लामा आलु खेती गराउँदै ठूला होटलहरूमा फ्रेन्च फ्राई आपूर्ति गर्ने गरी यो उद्योग स्थापना गरेको हुँ ।’


Advertisment
Nabil box
Kumari

कृष्णले चलाएको ‘आलु मिसन कार्यक्रम’ देशभर फेलिइरहेको छ । उद्योगमा पश्चिम कैलालीदेखि झापासम्मका ४० हजार किसान जोडिएका छन् । किसानलक्षित कार्यक्रम चलाउँदा मुलुकमै रोजगारी सिर्जना हुने र युवालाई उत्पादनमा लगाउन सकिने भएकाले यो उद्योगलाई अर्थतन्त्रको विकासमा ठूलो टेवा पुर्याउने सरोकारवालाहरूको अपेक्षा देखिएको छ । 

Vianet communication
Laxmi Bank

null

पाँच बिगाहा जग्गा क्षेत्रमा स्थापित उद्योगले नयाँ वर्ष २०८१ बाट ‘प्रोडक्स् लन्च’ गर्दैछ । ‘हामीले पहिलो वर्ष धेरै उत्पादन गर्दैनौं,’ कृष्ण भन्छन्, ‘यो वर्ष हामी बजार स्थापित गर्छौं । योजनाले सार्थकता पाउँदा वार्षिक रुपमा हामीलाई ३० हजार मेट्रिक टन आलु चाहिन्छ ।  जसबाट हामीले १३ हजार मेट्रिक टन फ्रेन्च फ्राई उत्पादन हुन्छ । यसले बाहिरी मुलुकबाट आउने फ्रेन्च फ्राई रोक्न सकिन्छ भन्ने हाम्रो विश्वास छ ।’ 

फर्स्ट च्वाइस फूड्स प्रालिको स्थापना गर्न अनुसन्धान र यसको विकास (रिसर्च एन्ड डेभलपमेन्ट) गर्न मात्रै कृष्णले १५ करोड रुपैयाँ खर्चिएका छन् । यसका लागि कृष्ण र उनको टीमले पाँच वर्षसम्म देश दौडाहा गरे । किसानका घरदेखि बारीसम्म पुगेर उनीहरूले आलु उत्पादनको बजार ग्यारेन्टी गर्ने विश्वास दिलाए । यसपछि कृष्ण आलु उद्योग सञ्चालनको अवस्थामा आइपुगेका हुन् । 

नेपालमा फ्रेन्च फ्राईको ‘कन्जुम्सन’ भारत र बेल्जियबाट हुने गर्छ । शुरू–शुरूमा नेपालमा यसको खासै ‘इनपुट’ पनि थिएन । पछि बिस्तारै यो होटलहरूमा खुबै रोजाइमा पर्दै गयो । 

दुई दशकसम्म मासु व्यवसायमा जमेका कृष्णले पनि यही फ्रेन्च फ्राईलाई ‘मिट आइटम’सँगै बिक्री गर्ने गर्थे । ‘पछि–पछि यसको लार्ज स्केलमा माग बढ्दै गएपछि हामीले नै यो उद्योग किन खोल्न नसक्ने भन्ने कन्सेप्ट ल्याएर उद्योग खोलेका हौँ,’ उनले भने । तर अहिले यस क्षेत्रमा ठूला होटल खोल्ने क्रम बढेको व्यवयायीहरू बताउँछन् । कृष्णको उद्योगबाट फ्रेन्च फ्राईसँगै टिक्की, बर्गर, नगेट्स, चिप्स, समोसा, पकौडालगायत आलुकै करिब दर्जन परिकार उत्पादन हुने गर्छन् । फ्रेन्च फ्राई माइनस २२ देखि २५ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ । यो १८ महिनासम्म उपभोग गर्न सकिन्छ । कृष्णको उद्योगमा उक्त तापक्रम कायम गर्ने शीत भण्डार (कोल्ड स्टोर) निर्माण गरिएको छ । फ्रेन्च फ्राईलाई देशभरका सबै शहरमा निर्यात गर्ने लक्ष्य कृष्णले राखेका छन् । 

शुरूवात मासु पसलबाट
भारतको राजधानी नयाँ दिल्लीमा रोजगारी गर्दै आएका गुल्मीका स्थायी बासिन्दा कृष्ण दुई दशकअघि देशमै केही गर्ने योजना बनाएर बुटवल आएका थिए । उनले बुटवलमा गुणस्तरीय फ्रेस हाउस (मासु पसल) नदेखेपछि बुटवलको सुख्खानगरमा ‘क्वालिटी मिट सप’ खोले । उनी त्यतिमै रोकिएनन् । विस २०६४ मा उनले कुखुराको मासु प्रशोधन गरेर बजार पुर्याउने उद्योग खोले । अहिले उक्त उद्योगले कुखुराको मासु प्रशोधन गरी देशका प्रमुख सहरहरूमा बिक्री गर्दै आइरहेको छ । 

‘क्वालिटी मिट सपले मानिसलाई स्वच्छ मासु खानुपर्छ भन्ने मानिसको बुझाइ र श्रमप्रतिको सम्मान जगाएको कृष्ण बताउँछन् । । मासु उद्योगले अर्थतन्त्रको विकास पनि गरेको उनले जनाए । यसले हासिल गरेको सामाजिक उपलब्धि र व्यावसायिक विस्तारको व्याख्या गरिरहँदा कृष्णले कमाएको नाफाको हिसाब बिस्तारै अन्य उद्योगतर्फ लगानी गर्दै गएको कृष्णको भनाइ छ । 

कृष्णले बुटवलमा खोलेको मासु उद्योगले अहिले पोखरा, काठमाडौं, चितवन, नेपालगञ्ज, धनगढजस्ता शहरमा बजार जमाइरहेको छ । मासु उद्योगमा सफलता हासिल गरेपछि पौडेलले आलुका विभिन्न परिकार बनाउने उद्योगको मिसन अघि बढाएका हुन् । ‘यति ठूलो उद्योग स्थापना हुँदा रिसर्च राज्यबाट हुनुपर्ने हो । राज्यले विभिन्न सबसिटी दिनुपर्ने हो । हामीले भारतबाट आलु ल्याएर पनि उत्पादन गर्न सक्थौं । त्यसको साटो नेपालकै माटोको आलु प्रयोग गरेका छौं,’ उनी भन्छन्, ‘धेरै चुनौती खेपेर अहिलेको उत्पादनमूलक अवस्थामा आइपुगेका छौं । यसले गर्दा भविष्यका लागि राम्रो सिस्टम बसेको मेरो बुझाइ छ ।’  

कृष्ण गुल्मीको साविक पुर्कोटदह गाविसमा विस २०२९ सालमा जन्मिएका हुन् । घरको आर्थिक अवस्था कमजोर थियो । यसर्थ एसएसली उतीर्ण गरेपनि उनले उच्च शिक्षा पढ्ने अवस्था थिएन । यसर्थ कृष्ण एसएलसी दिएलगत्तै काम खोज्दै भारत छिरेका थिए । त्यहाँ उनले परिवार पाल्नेबाहेक धेरै कमाउन सकेनन् । परदेशमा जागिर गर्नुभन्दा स्वदेशमा सानै भएपनि काम गर्न ठीक सोचेर विसं मा उनी २०५८ नेपाल फर्किएका थिए । उनले भारतमा रहँदा मासु पसलमै काम गरेका थिए । त्यहाँ कमाएको एक लाख रुपैयाँ लिएर उनी बुटवल आएका थिए । त्यसपछि  विभिन्न संघर्ष गर्दै कृष्ण अर्बौंका मालिक बन्न सफल भएका हुन् । उनले सयौंलाई प्रत्यक्ष र हजारौंलाई अप्रत्यक्ष रोजगारी दिएका छन् । 

कृष्णको उद्योगबाट उत्पादित मासु पनि अहिले बुटवलसँगै काठमाडौं, पोखरा, दाङ लगायतका शहरमसम्म निर्यात हुन्छ । उनको मासु पनि पसलको नामजस्तै ‘क्वालिटी’को रहेको उपभोक्ताहरू बताउँछन् । कृष्णले मासु व्यवसाय र प्रशोधन उद्योग सबैमा प्रथमको कीर्तिमान राखेका छन् । बुटवलमा पहिलोपटक चिकित्सक राखेर परीक्षणपछि मात्र पशुपन्छी काट्ने पसल उनको मात्रै हो । मासुको होम डेलिभरी सञ्चालन गरेर ठेक्कामा बेच्ने व्यापारी पनि उनी नै हुन् । व्यवसायलाई दिगो र अझ फराकिलो पार्न कृष्णको धेरै दिन देश–विदेशको भ्रमणमा बित्ने गरेको छ । बाहिरी देशको सिको गरेर नेपालमा नवीनतम् प्रविधि ल्याउने गरेको उनको दाबी छ ।

अहिले कृष्णको उद्योगले मासु उद्योगसम्बन्धी सीप पनि सिकाउने गरेको छ । यसका लागि विभिन्न जिल्लाबाट युवाहरू आउने गर्छन् ।

कृष्णसँग सीप सिकेर करिब ५० जनाले त मासु पसल नै खोलेका छन् । ‘परम्परागत ढाँचालाई छोडेर सञ्चालित सबैजसोका व्यवसाय सफल छन् । सफलताको कडी धैर्य र निरन्तरको मेहनत नै हो,’ उनी भन्छन् । फ्रेन्च फ्राइज र मिट उद्योगमा सफल भएसँगै कृष्णले विभिन्न संघसंस्थाको नेतृत्व पनि गर्न पाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x