×

NMB BANK
NIC ASIA

चीनले श्रीलङ्कालाई दिने सहयोग जारी राख्ने

काठमाडाैं | चैत १७, २०८०

NTC
Premier Steels

बेइजिङ– चीनले श्रीलङ्कालाई दिने सहयोग जारी राख्ने बताएको छ । आर्थिक सङ्कटपछि अहिले क्रमिकरूपमा राहत महशुस गरेको श्रीलङ्काका प्रधानमन्त्रीले ऋण पुनर्संरचना सम्झौतालाई अन्तिम रूप दिन बेइजिङको भ्रमण शनिवार पूरा भएको छ । 

Muktinath Bank

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता र बोआओ फोरममा सहभागी हुन प्रधानमन्त्री दिनेश गुणवर्धने सोमवार चीन पुगेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रीलङ्काको वर्षौंदेखिको आर्थिक सङ्कट गुणवर्धनेको भ्रमणको क्रममा एजेन्डामा उच्च थियो । श्रीलङ्काको कुल विदेशी ऋणको लगभग १० प्रतिशत हिस्सा चीनले ओगटेको छ ।


Advertisment
Nabil box
Kumari

बेइजिङको विदेश मन्त्रालयले शुक्रबार जारी गरेको संयुक्त द्विपक्षीय वक्तव्यमा भनिएको छ, ‘चीनले आफ्ना वित्तीय संस्थाहरूलाई श्रीलङ्कासँग सक्रिय रूपमा वार्ता गर्न, अन्य ऋणदाताहरूसँग मैत्रीपूर्ण संवाद कायम गर्न, अन्तर्राष्ट्रिय मुद्रा कोषमा सकारात्मक भूमिका निर्वाह गर्न र श्रीलङ्कालाई आर्थिक राहतमा सहयोग गर्न सहयोग जारी राख्न इच्छुक छ ।’

Vianet communication

‘बन्दरगाह शहर कोलम्बो र हम्बनटोटा विकास परियोजनालाई प्रबद्र्धन गर्न दुवै पक्ष सहमत भएका छन्, जसलाई ‘बेल्ट एन्ड रोड’ को चीन–श्रीलङ्का संयुक्त निर्माणको दीर्घकालिन परियोजनामा परिणत गर्न सकिन्छ,’ चिनियाँ राष्ट्रपति सीको विशाल विश्वव्यापी पूर्वाधार पहल ‘बेल्ट एन्ड रोड’लाई उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सन् २०१५ सम्मको एक दशक शासन गरेका पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेले सुरु गरेको सेतो हात्ती लक्षित परियोजनामा हम्बनटोटाको दक्षिणी बन्दरगाहलाई पनि मानिएको छ । 

श्रीलङ्काको इतिहासकै सबैभन्दा खराब आर्थिक सङ्कट निम्त्याउने ऋणको पासोका रूपमा धेरैले आलोचना गरेका परियोजनाहरूका लागि राजापाक्षेले चीनबाट ठूलो मात्रामा ऋण लिएका थिए । 

सन् २०१७ मा हम्बनटोटा बन्दरगाह निर्माणका लागि चीनबाट लिएको ठूलो ऋण तिर्न नसकेर श्रीलङ्काले सरकारी स्वामित्वको चाइना मर्चेन्ट्स ग्रुपलाई लिजमा ९९ वर्षका लागि एक अर्ब १२ करोड अमेरिकी डलरमा हस्तान्तरण गरेको थियो ।

सन् २०२२ को अप्रिलमा श्रीलङ्काले खाद्यान्न, इन्धन र औषधिजस्ता अत्यावश्यक वस्तुको आयातका लागि समेत विदेशी मुद्रा अभाव भएपछि ४६ अर्ब अमेरिकी डलर बराबरको बाह्य ऋण तिर्न सकेको थिएन ।

यसले गत वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को २.९ अर्ब डलरको जमानत सहयोग प्राप्त गरेको थियो, यो कार्यक्रम विदेशी ऋणदाताहरूलाई सन्तुष्ट पार्ने ऋण सम्झौतामा सशर्त थियो ।

चीनले डिसेम्बरमा श्रीलङ्काको ऋणको पुनर्संरचना गर्न ‘सैद्धान्तिक रूपमा’ सहमति जनाएको थियो, तर कोलम्बो र बेइजिङले विस्तृत विवरण दिएको थिएन र दुवैले सम्झौतालाई अन्तिम रूप दिन बाँकी छ ।

श्रीलङ्का सरकारले गत जनवरीमा अप्रिलको सुरुसम्ममा विदेशी ऋण पुनर्संरचनालाई अन्तिम रूप दिने बताएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x