×

NMB BANK
NIC ASIA

आईपीएलः लखनऊको पहिलो जीत, पञ्जावको दोस्रो हार

काठमाडाैं | चैत १८, २०८०

NTC
Premier Steels

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनऊ सुपर जायन्टसले पहिलो जीत निकालेको छ । शनिवार राति भएको खेलमा लखनऊले पञ्जाव किंग्सलाई २१ रनले पराजित गरेको हो । 

Muktinath Bank

जारी लिगमा पञ्जावको भने दोस्रो हार हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ८ विकेट गुमाएर १९९ रन बनाएको थियो । २०० रनको जवाफी ब्याटिङमा पञ्जावले ५ विकेट गुमाएर १७८ रनमात्रै बनाउन सक्यो । पञ्जावका लागि कप्तान शिखर धवन र जोनी बेरिस्टोले उत्कृष्ट शुरूवात गरे पनि जीत दिलाउन भने असफल भए । 


Advertisment
Nabil box
Kumari

पहिलो विकेटका लागि ११.४ ओभरमा धवन र वेरिस्टोको बीचमा १०२ रनको साझेदारी भएको थियो । तर, वेरिस्टो २९ बलमा ४२ रन बनाएर आउट भएपछि पहिलो झड्का लाग्यो । त्यसपछि १२८ रन हुँदा पञ्जावले प्रभासिमरन सिंहलाई गुमायो । उनी ७ बलमा १९ रनको पारि खेलेर पभेलियन फर्किएका थिए । 

Vianet communication

त्यसपछि जीतेश शर्मा ६ रन बनाएर आउट भएपछि १३९ रन बन्दा तेस्रो विकेट गुमेको थियो । धवन क्रिजमा हुँदासम्म पञ्जाव खेलमा हाबी भएका थियो । तर, उनी ५० बलमा ७० रनको पारि खेल्दै १६.२ ओभरमा आउट भएपछि लखनऊ खेलमा फर्कियो । उनी आउट हुँदा ४–१४१ को स्कोर भएको थियो । 

लगत्तै साम करण डकआउट भएपछि पञ्जावले आफ्नो पकडबाट खेल गुमाएको थियो । अन्त्यमा लियाम लिभिङस्टोनले २८ तथा सशांक सिंहले ९ रनको नटआउट पारि खेले पनि हार भने टरेन । लखनऊका मयंक यादवले ३ तथा मोसिन खानले २ विकेट हात पारे ।

पहिला ब्याटिङ गर्दा लखनऊका लागि क्वीन्टन डीककले ५४ रनको अर्धशतकीय पारि खेल्दा कप्तान निकोलस पुुरनले ४२ रन बनाएका थिए । क्रुनाल पाण्ड्याले ४३ रनको नआउट पारि खेल्दा मार्कस स्टोइनिसले १९ रन जोडे । केएल राहुल १५ रन बनाएर आउट भएका थिए । लखनऊका साम करणले ३ विकेट लिँदा अर्सदीप सिंहले २ विकेट हात पारे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x