×

NMB BANK
NIC ASIA

गृहमन्त्रीमाथि संसदीय छानबिन

सहकारी ठगी प्रकरण : गगन-विश्वप्रकाशको लाइनमा आए देउवा, भने- लाखौं ठगिएका छन्, यसै छाड्न हुन्न

काठमाडाैं | चैत २७, २०८०

NTC
Premier Steels

सहकारीमा सर्वसाधारणले जम्मा गरेको पैसा अपचलन गरेको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गर्नुपर्ने मागमा कांग्रेस सभापति शेरबहादुर देउवा दृढ देखिएका छन् ।

Muktinath Bank

पार्टीभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संसद्‌मा जोडदार उठाएको यो मुद्दामा देउवा मौन थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार बसेको संसदीय दलको बैठकमा देउवाले लाखौं जनता ठगिएकाले यो विषयलाई यत्तिकै छाड्न नमिल्ने बताएका हुन् । ‘अहिलेसम्म आएका प्रमाण छानबिनका लागि पर्याप्त छन्, संसदीय छानबिनको अडानबाट पछि हट्न सकिँदैन, यो मुद्दा यत्तिकै छाड्न सकिँदैन’ बैठकमा देउवाले बोलेको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।


Advertisment
Nabil box
Kumari

रविमाथि संसदीय छानबिन गर्न भन्दै महामन्त्रीद्वयले संसद्‌मा बोल्दा पनि देउवा मौन थिए । भविष्यमा सहकार्य गर्नुपर्ने अवस्था आउने भन्दै देउवा रविलाई नचिढ्याउने पक्षमा थिए । 

Vianet communication

मंगलवार भने कांग्रेसले संसदीय दलको बैठकबाट औपचारिक निर्णय गराएर संसदीय छानबिन समिति गठनमा पार्टीको आधिकारिक धारणा तय गरेको छ । संसदीय दलको बैठकमा राष्ट्रिय सभामा दलका नेता कृष्ण सिटौलाले पनि गृहमन्त्री लामिछाने जोडिएको सहकारी ठगी प्रकरण गम्भीर विषय भएकोले छानबिन गर्नुपर्ने माग राखेका थिए ।​

संसद्‌को गतिरोध खोल्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलवार बालुवाटारमा राखेको बैठकमा पनि कांग्रेस नेताहरूले संसदीय छानबिनको माग अल्टिमेटम रहेको बताएका थिए । ‘अहिलेसम्म हामीले संसद्‌मा बोल्दै आएका थियौं, आज संसदीय दलबाट औपचारिक निर्णय गरेका छौं । हाम्रो धारणा त्यही नै हो’, बालुवाटार बैठकमा महामन्त्री गगन थापाले भनेका थिए । 

सभापति देउवासमेत संसदीय छानबिनको पक्षमा खुलेपछि यो विषय अझ सशक्त ढंगले संसद्‌मा उठाउने कांग्रेसको तयारी छ । बालुवाटार बैठकमा गृहमन्त्री लामिछानेले संसद् बैठकमा स्पष्टीकरणको अवसर दिन गरेको आग्रहलाई कांग्रेस नेताहरूले अस्वीकार गरेका थिए ।

सहकारी ठगीमा रविको संलग्नताको बलिया प्रमाण रहेको भन्दै कांग्रेसले चैत ६ देखि संसद्‌मा निरन्तर छानबिनको माग गरिरहेको छ ।

राजनीतिमा आउनुअघि रवि गोरखा मिडियाले सञ्चालन गरेको ग्यालेक्सी टीभीको एमडी थिए । सोही मिडियामा विभिन्न सहकारीको ८० करोड रूपैयाँ लगानी भएको छ । 

ती सहकारीको पैसा अपचलन गरेको आरोपमा रवि एमडी रहँदा अध्यक्ष रहेका जीबी राई अहिले देश बाहिर लुकेर बसेका छन् । उनीविरुद्ध प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x