×

NMB BANK
NIC ASIA

मुख्यमन्त्रीको अगुवाइमा भएको हात्तीमैत्री पदयात्राबारे लेखा समितिको प्रश्नः जवाफ दिन सम्बन्धित मन्त्रालयको अटेरी

विराटनगर | चैत २८, २०८०

NTC
Premier Steels

कोशी प्रदेशसभाको सार्वजनिक सार्वजनिक लेखा समितिलाई मन्त्रालयले जवाफ दिन अटेरी गरेको छ । मुख्यमन्त्री केदार कार्कीको अगुवाइमा गत फागुन ९ गतेदेखि १७ गतेसम्म गरेको हात्तीमैत्री पदयात्राबारे लेखा समितिले ५ बुँदे प्रश्न सोधेर पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई लिखित जवाफ मागेको थियो । 

Muktinath Bank

लेखा समितिको चैत १४ गते बसेको बैठकले निर्णय गरेरै जवाफ मागेको तर मन्त्रालयले जवाफ दिन अटेर गरेको सार्वजनिक लेखा समितिका जेष्ठ सदस्य (सभापति) किशोरचन्द्र दुलालले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले सात दिनभित्रमा लिखित जवाफ दिन भनेका थियौ,’ उनले भने ‘पुनः अर्को पत्र पठाएका छौँ । तर जवाफ दिन अटेर गरिएको छ ।’


Advertisment
Nabil box
Kumari

उनका अनुसार लेखा समितिले कार्यक्रममा कुन खर्च शीर्षकबाट कति रकम खर्च गरियो भन्ने प्रश्न उठाइएको थियो ।

Vianet communication

समितिले कार्यक्रममा रकम खर्च गर्दा के–कस्ता कानूनी र लेखाका प्रक्रिया अवलम्बन गरियो ? कार्यक्रममा प्रदेश संचित कोषबाट खर्च गर्दा भविष्यमा बेरुजु नहुने आधार के–के छन् ? र कार्यक्रमबाट हात्ती र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि ठोस र मूर्त रुपमा के परिणाम प्राप्त हुने उद्देश्य राखियो तथा पूरा हुने आधार के छन् ? जस्ता प्रश्न सोधेको थियो । 

मुख्यमन्त्री कार्कीसहितको टोलीले झापादेखि उदयपुरसम्मका २४ स्थानीय तह, ५६ सामुदायिक र चार साझेदारी वन क्षेत्रहुँदै २४३ किलोमिटर पैदल यात्रा गरेका थिए । टोलीमा उनीसहित निर्वतमान पर्यटनमन्त्री गणेश उप्रेती, मन्त्रालयका सचिव विशाल घिमिरे, हात्तीविज्ञहरूसहित दैनिक ८० जना भन्दा बढी सहभागी थिए । 

पदयात्रा मानव–हात्तीबीचको द्वन्द्वको कारण पहिचान र समस्या निराकरणमा केन्द्रित रहेको जनाइएको थियो । यो कार्यक्रम मुख्यमन्त्री कार्कीकै जोडबलमा गरिएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x