×

सत्ता समीकरणबारे एमाले उपमहासचिव

‘कांग्रेसको प्रस्ताव जालझेलपूर्ण, प्रचण्डलाई नै साथ दिने एमालेको नीति छ’

अहिलेका प्रधानमन्त्रीको अनिच्छामा सरकार परिवर्तन हुँदा को बन्छ भन्ने संविधानमा प्रस्टै छ नि !

काठमाडाैं | चैत ३०, २०८०

गत २१ फागुनमा समीकरण बदलिनु अप्रत्याशित वा अपेक्षित दुवै होइन, हाम्रो धेरै ठूलो मेहनतको परिणाम हो । गत पुस १० गते र यसपटक पनि सोचविचार गरेर नै समीकरण फेरिएको थियो । पुस १० मा कांग्रेस र माओवादी दुवैसँग मिलेर जाने विकल्प हामीसँग थियो । हामीले माओवादीसँग मिल्ने बाटो रोज्यौं, किनकि कांग्रेसको नियत अर्कै थियो । यसपटक पनि राम्रो छैन । 

पुस १० गते नयाँ समीकरण हुँदा जुन उत्साह हामीसँग थियो, आजका दिनमा पनि त्यसैलाई लिएर आएका छौं । तर, परिस्थिति १५ महिनामा बिग्रेको छ । हामीले मेहनत किन गरिरहेका थियौं भने त्यतिखेरको गठबन्धनबाट मुलुकको भलो हुने थिएन । अर्थतन्त्रमा पहिरो, राष्ट्रियतामा प्रश्न, विकास निर्माण ठप्प हुँदा भयावह स्थिति आउने देखेका थियौं । यसैले गठबन्धन फेर्नुपर्छ र भत्किँदा जुन उपयुक्त विधि हुन्छ, त्यसमा जानेमा लाग्यौं । यसैले हामी दोस्रो, तेस्रो र अरू दल मिलेर जाने परिस्थितिमा पहिले र अहिले फेरि पुग्यौं । अघिल्लो वर्षको हाम्रो मेहनतपछि पुस १० लगत्तै अस्वाभाविक रूपमा कोर्स फेरियो । एक वर्षपछि फेरि हामीले परिस्थितिलाई ट्रयाकमा ल्याएका छौं ।


Advertisment

कांग्रेसले सञ्चो मान्दाको परिणाम


Advertisment

कांग्रेस प्रचण्डसँग सञ्चो मानेर बसेको थियो । यही बेला हामीले मेहनत गर्‍यौं । पहिलो पार्टी हटिसकेपछि बाँकी रहेका ठूला दल जोडिँदा मात्रै संसदीय अंकगणितको खेलमा हामी माथि पर्थ्यौं । त्यही हिसाबले समीकरण बनेको हो । तर, कहिले टुंगिन्छ र नयाँ समीकरण बन्छ भन्ने कुरा अपेक्षित थिएन । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनपछि एउटा स्थिति आउला भन्ने थियो । तर हामीले हरेक तहमा गरेको मेहनतले परिणाम दियो । 

हामीले हाकाहाकी मिडियाको आँखैअगाडि सरकारको समीकरण भत्काउनुपर्छ भन्यौं । गठबन्धन कमजोर छ भन्यौं । तर, उक्त गठबन्धन कहिले टुंगिन्छ पत्तो थिएन । अपेक्षा थियो, तर अपेक्षा पूरा हुने ग्यारेन्टी थिएन । किनकि हामीबीच विश्वासको चरम खाडल थियो । तैपनि मेहनत गर्न छाडेनौं । मिल्न आवश्यक आवश्यक भएको बोध र बुझाइले हामी नयाँ समीकरण बनाउन सफल भयौं । 

सँगसँगै गठबन्धन नटुट्ने स्थितिमा पनि राष्ट्रिय सभालाई एउटा माध्यम बनाऊ र एउटा स्थितिमा जाऊँ भन्नेमा थियौं । तपाईंहरू सरकार चलाउनुहोला आँखा लगाउँदैनौं, हामी मिसन ८४ मा केन्द्रित हुन्छौं विकल्प पनि हामीले दिएका थियौं ।

सरकारको जग कमजोर

हामीले सार्वजनिक रूपमा सरकारको असफलता प्रचण्डको होइन, ३२ सिटलाई कमान्ड गर्ने दलका नेताको असफलता हो भनेका थियौं । बिग्रेको अपजस ८८ सिट भएको कांग्रेसले लिनुपर्छ भन्ने हाम्रो मत थियो । अहिले समीकरणमा एमाले ठूलो दल हुँदाको पनि स्थिति त्यस्तै हो । यस्तोमा राम्रो काम गर्दाको जस कार्यकारीले लिन्छ । अपजसको भारी त्यसलाई बोक्नेले लिनुपर्छ । 

प्रधानमन्त्रीलाई राम्रो काम गर्नुस् भनेका छौं । जसो गर्दा कम्फर्टेबल फील गर्नुहुन्छ, त्यही तरिकाले चलाउनुस् भन्ने हाम्रो कुरा छ । हाम्रो अध्यक्षले संसद्मा रेकर्ड गराएरै अनि सार्वजनिक रूपमा बोलेरै प्रधानमन्त्री बन्न यसपटक रहर छैन भन्नुभएको छ । 

यो एमालेको सरकार हो । राम्रो काम गर्दाको जस मन्त्रीहरूले पाउनुहुन्छ, दलहरूले पाउँछन् । सरकारको गल्तीको सबै अपजस एमालेको काँधमा आउँछ । अपजसको भारी बोक्नुपर्ने भएपछि सरकारले काम नगरोस्, यो चाँडै ढलोस् भनेर एमालेले चाहँदैन । यो समीकरण नयाँ बनाउनु एमालेको इच्छा हो । अघिल्लोले काम नगरेपछि यस्तो इच्छा भएको हो । यसमा केही मनोविज्ञान छन् । अघिल्लो पुस १० गते सरकार बनाउँदा जवाफदेही र जिम्मेवार बन्न खोजेका थियौं । सान्दर्भिकता हेरेर, न्यायोचित ढंगले मन्त्रालय भागबन्डा गरौं भन्यौं । नियुक्ति पनि त्यही तरिकाले गर्नुपर्छ भनेका थियौं । 

तर, त्यतिखेर एमालेमा दम्भ बढ्यो भन्ने आरोप लाग्यो । एमालेले प्रधानमन्त्रीलाई चिमोट्यो, कोपर्‍यो, त्यसकारण उहाँले छाडेर हिँड्नुभयो भनेर हामीमाथि आरोप लाग्यो । सोही कारण पनि यसपटक हामीले सुम्सुम्याउने नीति लिएका छौं । कोपर्न र चिमोट्नतिर नलाग्ने हाम्रो नीति छ ।

बिग्रन दिनुहुँदैन, राम्रो काम गर्नुस् भनेका छौं । जसो गर्दा कम्फर्टेबल फील गर्नुहुन्छ, त्यही तरिकाले चलाउनुस् भन्ने हाम्रो कुरा छ । हाम्रो अध्यक्षले संसद्मा रेकर्ड गराएरै अनि सार्वजनिक रूपमा बोलेरै प्रधानमन्त्री बन्न यसपटक रहर छैन भन्नुभएको छ । 

पूरै कार्यकाल प्रचण्ड

सबै रामराज्य हुन्थ्यो, स्थिति ठीकठाक थियो, राजनीतिक स्थिरता थियो भने एउटै नेता पाँचैवर्ष प्रधानमन्त्री हुनुपर्थ्यो । हामी योभन्दा कडारूपमा प्रस्तुत हुन्थ्यौं । मन्त्रालय पनि यही रूपमा भागबन्डा गर्नुपर्छ भन्थ्यौं । अझ ३२ सिटलाई कति प्रतिशत पर्छ भनेर बाँड्थ्यौं होला । अहिलेको चुनौती निराशालाई चिर्ने र भरोसा जगाउने हो । सरकार सञ्चालनको कमीले व्यवस्थामाथि नै प्रश्न उठेको बेला स्थिरताको सन्देश दिनु हाम्रो दायित्व हुन्छ । पैसा छ, लगानी भइरहेको छैन । अर्थतन्त्रले काम गरेको छैन । मानिस निराश छन् । नागरिक विदेशिने क्रम बढेको छ । यहीँ बसेका मानिसको पनि मनोबल कमजोर छ । जब राष्ट्रमा जनताको मनोबल कमजोेर हुन्छ, तब देश नै कमजोर बन्छ । यसकारण एमालेको दायित्व स्थिरताको सन्देश दिनु हो भन्ने हामीले बुझेका छौं । 

स्थिरताको सन्देश दिनुपर्ने बेलामा कति दिन तिमी प्रधानमन्त्री बन्ने, कति दिन म बन्ने, कुन मुख्यमन्त्री कसले खाने भनेर बाझ्नु उचित हुन्न । त्यसो गर्दा निराशा चिरेर भरोसा जगाउने सन्देश खोक्रो हुन्छ । यी कुरा बुझेकाले एमाले अरू ‘इफ बट’मा छँदैछैन । 

समीकरण फेर्ने हाम्रो लक्ष्य थियो । हाम्रो अभियान ०८४ सालको चुनावबाट स्थिर सरकार दिने भन्ने छ । त्यसका लागि एमाले दृढतापूर्वक लागिरहन्छ । यसमा केही लुकाएका छैनौं । यसलाई हामीले गठबन्धन पनि भनेका छैनौं । हामीले समीकरण किन भनिरहेका छौं भने न्यूनतम् साझा र आ–आफ्ना कार्यक्रम तथा काम गर्छौं भनेका हौं । नीतिगत कार्यक्रममा हामीले न्यूनतम् कुरा लेखेका छौं, अधिकतम कुरा छैन । लागू गर्ने साझा प्रतिबद्धतामा हाम्रो संकल्प छ । यो सरकारलाई थाम्छौं, बलियो बनाउन लाग्छौं भनेकै छौं । प्रचण्डलाई प्रधानमन्त्री बनाएका छौं । अर्को प्रधानमन्त्री को हुन्छ भनेर बहस नै गरेका छैनौं । मन्त्री कसलाई बनाउँदा कम्फर्टेबल हुन्छ, हामीलाई सोध्नुस् भनेका छौं । हाम्रो अध्यक्षले बाँकी रहे खानेपानी मन्त्रालय भए पनि लिन्छौं भन्नुभएको छ । 

हाम्रो बुझाइ कुनै पनि मन्त्रालय मालदार हुन् भन्ने होइन । बजेट कम वा धेरै भए पनि कामको क्षमताको कुरा हो । सानो भनिएका मन्त्रालयबाट पनि नतिजा दिन सकिन्छ भन्नेतिर हाम्रो चासो छ । मन्त्रालय र मन्त्रीको भूमिका उत्ति हो । यति बजेट चलाउने मन्त्री ठूलो, यति बजेट चलाउने मन्त्री सानो भन्ने हुँदैन । जसरी सजहता हुन्छ, त्यसरी काम गर्नुस्, एमालेले काँध थाप्छ भनेर प्रधानमन्त्रीलाई भनिरहेका छौं । यो समीकरणलाई टिकाएर जाऊँ, पहिरो जान नदिऊँ भन्ने छ । अब जनताको मनोबल बढाउनुपर्छ । 

उपनिर्वाचनमा लड्दै गर्दा पहिलेको चलन अनुसार गठबन्धनको शैलीमा यसले यो उसले यो लिने भनेका छैनौं । शुरूमै हामीले उम्मेदवार उठाउँछौं, उसैलाई सहयोग गर्दा राम्रो हुन्छ, धन्यवाद भन्छौं भन्यौं । स्वस्थ प्रतिस्पर्धा पनि गरौं तलमाथि नगरौं भन्यौं । सत्ता समीकरकणकै साथीहरू पनि प्रतिस्पर्धामा हुनुहुन्छ । यसलाई हामी अस्वाभाविक मान्दै मान्दैनौं । यसबाट हामी के स्थापित गर्न चाहन्छौं भने अब प्रतिस्पर्धा एजेन्डाका आधारमा हुनुपर्छ । जनताले कुन दललाई भोट हाल्दा के हुन्छ भनेर थाहा पाउनुपर्‍यो । जसलाई भोट हाले पनि साझा सरकार बन्ने हो भने दलको औचित्य के रह्यो ? यसैले हाम्रो मेहनत दलको औचित्य स्थापित गर्नेमा छ । 

आजको मितिमा कांग्रेसले कार्ड फाल्नुको कुनै अर्थ छैन । संविधान र कानून नपढ्नेलाई मात्रै कांग्रेसको कार्डले काम गर्छ । संविधानको धारा ७६(३) अन्तर्गत सरकार बनाएर त्यसको मातहत अरूलाई राखेर जाने मूडमा कांग्रेस देखिन्थ्यो । अहिले पनि उहाँहरूको मनस्थिति त्यही देखिन्छ । 

एमालेसँग मिल्ने कांग्रेस कार्ड

आजको मितिमा कांग्रेसले कार्ड फाल्नुको कुनै अर्थ छैन । संविधान र कानून नपढ्नेलाई मात्रै कांग्रेसको कार्डले काम गर्छ । संविधानको धारा ७६(३) अन्तर्गत सरकार बनाएर त्यसको मातहत अरूलाई राखेर जाने मूडमा कांग्रेस देखिन्थ्यो । अहिले पनि उहाँहरूको मनस्थिति त्यही देखिन्छ । 

किनकि अहिलेको प्रधानमन्त्रीको अनिच्छामा सरकार परिवर्तन हुँदाखेरि प्रधानमन्त्री बन्ने भनेको संसद्को ठूलो दलको नेता (कांग्रेस संसदीय दलको नेता) हो । कांग्रेस संसदीय दलको नेता केपी शर्मा ओली, माधव नेपाल वा रवि लामिछाने हुनुहुन्न । कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवा हुनुहुन्छ । आफैंले बनाएको समीकरण ढालेर अर्को विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन को हिँड्छ होला र ? बरु अहिले दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकारको प्रधानमन्त्री १५ महिनामा सबैभन्दा बलियो हो । यस्तै संरचना (धारा ७६(२) मा उहाँको अस्वीकृतिमा कोही पनि प्रधानमन्त्री बन्न पाउँदैन । यसैले कांग्रेसको आकांक्षा गलत छ । 

एमालेसँग मिल्नुपर्छ भन्ने कांग्रेस कार्डको कुनै अर्थ छैन । संविधानको धारा ७६ को उपधारा ३ बिर्सनै भएन । कुनपछि कुन उपधारा कार्यान्वयन हुन्छ, त्यतातिर हेर्नुपर्छ । केन्द्र र प्रदेशमा संविधानका धारा अनुसारका चक्र पूरा भएरै सरकार बनेका छन् । ७६(२)बाट ७६(३) मा जाने हो । उपधारा ३ मा जाँदा को प्रधानमन्त्री बन्छ थाहै छ । यसैले कांग्रेसको प्रस्ताव झूट हो । कांग्रेसको प्रस्ताव नै मिल्दो छैन । 

अहिले गृहमन्त्रीमाथि कांग्रेसले उठाएको विषय उसको समस्या हो । कांग्रेस सरकारमा रहे जति भत्किए पनि शान्त भएर बस्छ । सरकारको तातोमा आनन्द मान्छ । सरकारको तातोबाट बाहिर आएपछि ऊ छटपटिन थाल्छ र मनालग्दी गर्न थाल्छ । यो कांग्रेसको इतिहास र स्थिति हो । त्यसकारण अहिले सरकारबाट हटेको प्रतिशोधको हिसाबले कांग्रेस बोलिरहेको छ । 

गृहमन्त्री गलत हुनुहुन्थ्यो, छानबिन हुनुपर्थ्यो भने कागज तयार गरेर प्रधानमन्त्री हुन आइज किन भनेको ? यद्यपि यस्तो हुनेवाला पनि थिएन । तर कांग्रेसका नेताहरू रवि लामिछानेका लागि किन कागज गरेर बस्नुभयो ? रास्वपाका उपसभापतिले संसद्मा रेकर्ड गराएरै कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्री अफर गरेको बारे विना प्रमाण बोल्दिनँ भन्नुभयो । प्रधानमन्त्रीमा फिट हुने, गृहमन्त्रीमा नहुने कसरी भनेर गम्भीर प्रश्न उठाउनुभएको छ । रोस्ट्रमबाटै सोधिएका यस्तो प्रश्नको जवाफ नेपाली कांग्रेसले दिनुपर्दैन ? सत्ताबाट हटेको कांग्रेसको विक्षिप्तता यहीँबाट बुझिन्छ । 

कांग्रेस र एमाले मिल्नुपर्छ भन्ने चेत आज उनीहरूलाई किन आयो ? २०७९ को चुनावमा एमालेले एक्लाएक्लै लड्न प्रस्ताव गर्‍यो, तर उहाँहरू गठबन्धनबाट चुनावमा जानुभयो । आ–आफ्नो एजेन्डाले लडौं, हँसिया हथौडाले के भन्छ ? सूर्यले के भन्छ, रुख र घण्टीले के भन्छ, त्यो जनतालाई थाहा दिऊँ भन्यौं । त्यसपछि एकल सरकार पार्टीले बनाउन सकेन भने गठबन्धन गरौं भन्यौं । तर, कांग्रेस एक्लै चुनाव लड्न मानेन । डेढ वर्षपछि आज आएर कांग्रेसका नेताहरू गठबन्धन बनाएर चुनाव लड्न हुने रहेनछ भन्दै हुनुहुन्छ । सरकार बनाउँदा मात्रै बाध्यता भएर गठबन्धन बनाउनुपर्ने रहेछ भन्ने बोध उहाँहरूलाई भएको छ । 

२०७९ पुसमै हामीले दुई ठूला दल मिलेर सरकार बनाउने विषय लोकतन्त्रमा अस्वाभाविक जस्तो लाग्छ, तर राजनीतिक अस्थिरतालाई अन्त्य गर्न मिलेर जाऊँ भन्दा उहाँहरूले किन नमानेको त ? हामीले प्रस्ताव गर्दा हामीलाई डेमोक्रेसी पढाउनुभयो । दुईवटा ठूला दल मिल्नुहुँदैन भन्नुभयो । आजका दिनमा त्यो चेत कहाँबाट आयो ? अहिले कांग्रेसको प्रस्ताव दाउपेचको नियतले मात्रै आएको छ । कमजोर हुँदा गरेको प्रस्ताव कसले मान्छ ? सरकारबाट लखेटिएका कारण राखेको प्रस्ताव कसले मान्छ ? उहाँहरूले निर्वाचन प्रणाली फेर्न संविधान संशोधन गरौं भन्नुभएको छ । संविधान संशोधन गर्ने र सुधार्ने भनेको त मन मिलेको बेला वा मतैक्य भएको बेलामा हो । विवाद, असतुष्टि र अराजकता भएको बेलामा देशको मूल कानून संशोधन गरिँदैन । यसैले कांग्रेसको प्रस्ताव रणनीतिक हिसाबले नै गलत छ ।

फेरि वाम एकताको तयारी ?

माओवादीसँग पार्टी एकता गर्ने तयारी पनि छैन, हुनेवाला पनि छैन । किनकि नेपालको दल, सरकार, जनता, विपक्षी, स्वदेशी र विदेशीबीच विश्वासको ठूलो खाडल छ । एमालेले अहिलेको अवस्थालाई ‘ट्रस्ट बिल्डिङको फेज’ भनेको छ । आपसी विश्वास बढाउनुपर्ने छ । अहिलेसम्म पनि एक आपसमा शंकाहरू छन् । शंकालाई कामले चिर्दै जाने हो । तर सरकार लेनादेनाको होइन । लेनादेनाको भए पदका लागि झगडा हुन्थ्यो । यसैले आ–आफ्नो दल राम्रोसँग चलाएर सहकार्य गर्दै जाने हो । सहकार्य, सहमति र समझदारीमा अघि बढ्ने हो । कम्युनिस्ट पार्टीबीच एकीकरण गर्न सकिन्छ कि सकिँदैन भन्ने तत्काल टुंगिने वा हुने विषय होइन । पहिले एकीकरण गर्दा क्षतिग्रस्त भएको छ । सबै पार्टीले फुकीफुकी कदम चाल्छन् । हाम्रो पार्टीले पनि चाल्ने नै भयो । हामी ठूलो क्षतिबाट माथि उठेका छौं । आपसी मतविरोध हुने बाटोमा हिँड्न चाहँदैनौं । जो जहाँ छौं, त्यही बसेर मिलेर काम गरौं । 

एमाले उपमहासचिव रिमालसँग लोकान्तरका लागि रमेश सापकोटाले गरेको कुराकानीको पहिलो अंश । अर्थतन्त्रको वर्तमान समस्या र बजेटबारे गरिएको कुराकानी अर्को भागमा प्रकाशित गरिनेछ । – सम्पादक

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x