कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
काठमाडाैं | बैशाख २, २०८१
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
संघीय राजधानी काठमाडौंका दुई पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग अबदेखि पूर्णकालीन (चौबीसै घण्टा) खुला रहने भएका छन् ।
ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले ठमेलमा शनिवार गरेको कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले व्यवसाय चौबिसै घण्टा खुला हुने घोषणा गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले काठमाडौंलाई चलायमान बनाउनका लागि ठमेल र दरबारमार्गलाई पूर्णकालीन सञ्चालन गर्ने निर्णय गरेको बताए ।
००००
ओमनमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जीत हात पारेको छ । शनिवार भएको दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको हो ।
नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो । कतारका लागि कप्तान मोहम्मद तनवीरले सर्वाधिक ६३ रन जोडेपनि जीतका लागि पर्याप्त भएन ।
यसैबीच नेपालका दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा ६ वटा छक्का प्रहार गरेका छन् । उनले अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका हुन् ।
दीपेन्द्रले अर्धशतकीय पारी खेल्दै सर्वाधिक रन बनाए । उनी ६४ रनमा अविजित रहे । यस क्रममा उनले ७ छक्का र ३ चौका प्रहार गरे ।
००००
सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजसंस्थाको मुद्दा बोकिरहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पूर्वराजा ज्ञानेन्द्र शाहलाई घुमाउरो पारामा कटाक्ष गरेका छन् ।
शनिवार बूढानीलकण्ठ नगरपालिकामा आयोजित नगर अस्पतालको उद्घाटन समारोहमा कटाक्ष गर्दै उनले संविधानको दायरामा आएर राजनीति गर्न सुझाव दिए ।
पूर्वप्रधानमन्त्री ओलीले राप्रपाले उठाएको मुद्दा र ज्ञानेन्द्रले फेरि राजा हुने देखेको सपना पूरा नहुने संकेतसमेत गरे ।
००००
भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो शनिबार साँझ ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजा अर्चना गरी लिङ्गो ढालेपछि जात्रा सम्पन्न गरिएको हो ।
००००
इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा उम्मेदवारहरूले सक्रियता बढाएका छन् । उम्मेदवारहरू विभिन्न मुद्दा लिएर मतदाताका घरघरसम्म पुगेका छन् । उपनिर्वाचन नजिकिएसँगै उम्मेदवार प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
००००
काठमाडौंको कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा आगलागी हुँदा १ करोड ७० लाख रुपैयाँको क्षति भएको छ ।
काठमाडौं महानगरपालिका १४ कलंकीस्थित भाटभटेनीमा करेन्ट सर्ट भई आगलागी हुँदा १ करोड ७० लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बाँकेको नेपालगञ्जबाट समुदायमा कांग्रेस कार्यक्रमअन्तर्गत तेस्रो चरणको संवाद यात्रा शुरू गरेका छन् ।
शनिवार नेपालगञ्जबाट शुरू भएको संवाद यात्रा वैशाख ४ गते कञ्चनपुर गएको टुंगिने महामन्त्रीको थापाको सचिवालयले जनाएको छ ।
००००
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सडकबाट नयाँ वर्षको शुरूवात गरेका छन् ।
उनले शनिबार बिहान थापाथलीस्थित चोकमा चालक र यात्रुलाई मिठाई बाँडेर शुभकामनासहित सुरक्षित यात्राको कामना गर्दै नयाँ वर्षको शुभारम्भ गरेका हुन् ।
००००
विक्रम संवत्को पात्रोअनुसार शनिबार नयाँ वर्ष शुरू भएको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा मनाइन्छ ।
विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ । नयाँ वर्ष नेपालीहरुले शुभकामना साटासाट गरेर मनाएका छन् ।
००००
हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै जना बालबालिकाको मृत्यु भएको छ ।
गत बिहीवार आगलागी घटनामा परेका तीनै जना बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...