×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

सहकारी ठगीमा रवि लामिछानेलाई उन्मुक्ति, दुर्गा प्रसाईंले आयात गरेको हतियारमाथि प्रश्न

काठमाडाैं | बैशाख ४, २०८१

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको ८६ करोड १८ लाख रुपैयाँ भन्दा बढी हिनामिना भएको निष्कर्ष निकालिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले सोही निष्कर्षका साथ सोमबार जिल्ला अदालत रुपन्देहीमा जीबी राईसहित २८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

Muktinath Bank

‘प्रतिवादीहरुले आपसी मिलेमतो योजनामा हाल उजुरी परेको जम्मा १८२८ जना उजुरी कर्ताहरुले सुप्रिम वचत तथा ऋण सहकारी संस्थाको प्रधान कार्यालय बुटवल र सो को सेवा केन्द्र भैरहवामा जम्मा गरेको बचत रकम समेत जम्मा रु८६, १८, २३, ७५४ (छयासी करोड अठार लाख तेईस हजार सात सय चौवन्न रुपैयाँ) रकम हिनामिना गरेको देखियो’, अभियोगपत्रमा निष्कर्ष निकालिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो सहकारीको रकम हिनामिनामा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको समेत नाम देखिएपनि उनीविरुद्ध मुद्दा भने दायर भएको छैन । उनले सहकारीबाट नियमविपरीत ऋण लिएको देखिएपनि प्रतिवादी नबनाइएको हो । 


Advertisment
Nabil box
Kumari

अभियोग पत्रमा लामिछानेले दुई करोड रुपैयाँ विना कागजात ऋण लिएको उल्लेख छ। सेवा शुल्क कटाएर उनीमार्फत गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा एक करोड ९६ लाख रुपैयाँ गएको देखिन्छ । यति प्रमाण हुँदाहुँदै पनि उनलाई सत्ताको आडमा उन्मुक्ति दिइएको छ । 

Vianet communication

सहकारी ठगीमा रविको संलग्नताको प्रमाण रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानविनको माग गरिरहेको छ ।

सत्तापक्षले भने रविको बचाउ गरिरहेको छ । चैत ६ गते प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रविविरुद्ध प्रमाण फेला नपरेको बताएका थिए ।
००००
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो। 

सोमबार नै भारतीय आयल कर्पोरेसनबाट पेट्रोल र डिजेलको मूल्य क्रमशः २ रुपैयाँ ९६ पैसा र ३ रुपैयाँ ४६ रुपैयाँ बढेर आएको थियो । बढेको मूल्य मंगलबार मध्यरात १२ बजेर १ मिनेटदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
००००
सन्दीप लामिछानेविरुद्धको मुद्दामा उच्च अदालत पाटनले पीडित गौशाला(२६ ले जन्म दर्ताको प्रमाणपत्र प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कल प्रति माग गरेको छ।
न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले सोमवार उक्त आदेश गरेको हो ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक १६ दशमलव ८२ अङ्कले घटेर दुई हजार छ दशमलव ५२ को विन्दुमा कायम भएको हो ।
००००
नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका न्यारोबडी र वाइडबडी जहाजको चैतको किस्ता र ब्याज गरी ५३ करोड भुक्तानी गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलले सोमवार एक विज्ञप्ति जारी गर्दै २ वटा वाइडबडीको आंशिक र २ न्यारोबडी जहाजको चैत महिनाको किस्ताबापत पूरा रकम भुक्तानी गरिएको जानकारी दिए ।
००००
दुर्गा प्रसाईंलाई आयात अनुमति दिएको भन्दा फरक हतियार आयात भएर आएको निष्कर्ष छानबिन समितिले निकालेको छ ।
गृह मन्त्रालयको अनुमतिबमोजिम हतियार आयात गर्न दिइएको भन्दा फरक प्रकृतिको हतियार प्रसाईंले आयात गरेको हुनाले छानबिन समितिले वाणिज्य विभाग र भन्सार विभागलाई पत्र काटेको छ ।

‘जुन हतियार आयात गर्नका लागि अनुमति दिइएको थियो, सोहीबमोजिमको हतियार आयात भएको देखिँदैन,’ छानबिन समितिका सदस्य एकदेव अधिकारीले लोकान्तरसँग भने, ‘आयात अनुमति दिइएको स्पेसिफिकेसन बमोजिमको हतियार नभएर फरक प्रकृतिको हतियार कसरी आयात भयो भनी समितिले वाणिज्य विभागलाई पत्र लेखेको छ ।’ 
अटोमेटिक हतियार ल्याउनका लागि अनुमति नदिइएको तर प्रसाईंले ल्याएको हतियार अटोमेटिक नै रहेको छानबिन समितिको निष्कर्ष छ ।
००००
जनता समाजवादी पार्टी नेपालले पार्टीको राष्ट्रिय महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने निर्णय गरेको छ । साथै जसपाले त्यसका लागि आवश्यक कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनका लागि पार्टीको सङ्गठित सदस्यतालगायत वैशाख ३ गतेभित्र सङ्कलन गरिएका अभिलेख मात्रै मान्य हुने निर्णय गरेको छ ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले अराजनीतिक र दक्षिणपन्थी चरित्र देखाएको आरोप लगाएका छन् । 

सुदूरपश्चिम सरकारमा वामपन्थी सत्ता समीकरणलाई समर्थन नगरेर कांग्रेसलाई समर्थन गर्नु अराजनीतिक चरित्र भएको ओलीको टिप्पणी छ ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको मृत्यु भएको छ । राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा सोमबार बिहान निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x