×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री सोडारीले लिए शपथ

धनगढी | बैशाख ६, २०८१

NTC
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको रुपमा नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता दीर्घबहादुर सोडारीले बिहीवार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

Muktinath Bank

प्रदेश प्रमुख नजिर मियाँले  नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार शपथ गराएका हुन् । सोडारी बिहीवार नै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री सोडारीलाई  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को १०–१०, एकीकृत समाजवादीको चार, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सातमध्ये दुई र एक स्वतन्त्र गरेर २७ जनाको समर्थन छ । सो सङ्ख्या सुदूरपश्चिम प्रदेशसभाको बहुमत हो । ५३ सदस्यीय प्रदेशसभामा हाल ५२ जना सदस्य रहेका छन् ।

Vianet communication
Laxmi Bank

सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा दिएका थिए । उनी नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका थिए ।

यसैबीच एमालेको सुदूरपश्चिम संसदीय दलले तत्काल प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए ।

null

‘अहिलेलाई समर्थन गर्ने र बाहिरबाट सहयोग गर्ने निर्णय गरेका छौँ । अर्को निर्णय नहुँदासम्म सरकारमा सहभागी नहुने निर्णय गरेका छौँ,’ उनले भने ।

यस्तै माओवादी केन्द्रले पनि सरकारमा मन्त्री पठाउन हतार नगर्ने जनाएको छ । पार्टीभित्र वृहत् छलफल गरेर सरकारमा मन्त्री पठाउने तयारी सुदूरपश्चिमको माओवादी केन्द्र संसदीय दलको छ ।

null

नाउपाका दुईजना प्रदेशसभा सदस्य कैलाश चौधरी र टीका थापालाई मन्त्रीको शपथ खुवाउने तयारी थियो । समर्थन गर्नुअघि कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय दिने र थापालाई बिना विभागीय मन्त्री बनाएर शपथ खुवाउने भनिएको थियो । तर शपथ ग्रहणका बेला दवैलाई बिना विभागीय मन्त्री बनाउने कुरा आयो । यसपछि दुवैले मुख्यमन्त्रीको शपथग्रहण समारोह बहिस्कार गरेर बाहिरिएका थिए ।

यसैबीच मुख्यमन्त्री सोडारीले बिहीवार साँझ नै पदभार ग्रहण गरिसकेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x