×

NMB BANK
NIC ASIA

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा एमाले अध्यक्षको प्रतिवेदन

ओलीको आरोप– रास्वपालगायत दलका नेतालाई प्रधानमन्त्री प्रस्ताव राख्दासमेत समीकरण नबदलिएपछि कांग्रेस हतास देखियो

काठमाडाैं | बैशाख ८, २०८१

NTC
Premier Steels

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अचानक सत्ताबाट बाहिरिएको नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र अन्य दलका नेतालाई प्रधानमन्त्री प्रस्ताव गर्दै समीकरण बदल्न खोजेको आरोप लगाएका छन् । 

Muktinath Bank

गोदावरीमा शनिवार भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै पूर्वप्रधानमन्त्री ओलीले नयाँ समीकरण बन्नासाथ कांग्रेस हतास र आक्रोशित हुँदै यस्तो गतिविधिमा लागेको आरोप लगाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अचानक सत्ताबाट बाहिरिनु पर्दा यतिबेला कांग्रेस आक्रोशित, क्षुब्ध र हतास देखिन्छ । यही हतासले उसलाई प्रतिशोधको राजनीतिमा पुर्याएको छ । फागुन २१ गतेबाट शुरू भएको नयाँ समीकरणलाई सफल हुन नदिन र भत्काउन उसले हरसम्भव प्रयास गर्यो । त्यसका लागि उसले रास्वपा र अन्य कतिपय दलका नेताहरूलाई प्रधानमन्त्री पदको समेत प्रस्ताव गरेको पाइयो,’ ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा उल्लेख छ, ‘तर कांग्रेसको प्रस्ताव अस्वीकार गर्दै ती दलहरू नयाँ राजनीतिक समीकरणमा संलग्न हुनासाथ उ यतिबेला हतास मनस्थितिका साथ विरोध र सदनमा अवरोध गरिरहेको छ । यसका पछाडि प्रतिशोधबाहेक कुनै तर्कसङ्गत आधार छैनन् ।’


Advertisment
Nabil box
Kumari

सत्ताबाट हट्नुपरेपछि सहकारी प्रकरणमा कांग्रेस व्यक्ति विशेषमाथि खनिएको आरोप पनि ओलीले लगाए । 

Vianet communication

‘निश्चित व्यक्तिलाई निशाना बनाएर राजनीतिक प्रतिशोधको भावनाले अगाडि सारिएका र पुष्टि नभएका विषयमा प्रवेश गर्न सकिँदैन,’ प्रतिवेदनमा उल्लेख छ, ‘हिजोसम्म सरकारमा रहँदा अख्तियारले बयानमा बोलाएका, अदालतले पुर्पक्षका लागि थुनामा राखेका र गम्भीर अनियमिततामा संग्लग्न भएका मन्त्री र नेताहरूलाई राजीनामा गराउन तयार नहुने कांग्रेसले यतिबेला अरुमाथि प्रश्न उठाउने नैतिक आधारसमेत राख्दैन ।’

यद्यपि, सहकारीका गम्भीर समस्या समाधानमा एमाले स्पष्ट रहेको प्रतिवेदनमा भनिएको छ । 

‘सहकारी क्षेत्रमा गम्भीर समस्या देखा परेका छन्, वचतकर्ताको अबौँ रकम हिनामिना भएको छ,’ प्रतिवेदनमा भनिएको छ,, ‘यसको गम्भीर छानबिन गरी दोषीहरूलाई कानूनी कारबाही गरिनु पर्छ । यस विषयमा पार्टी स्पष्ट छ ।’ 


 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x