×

NMB BANK
NIC ASIA

हजारभन्दा बढीलाई निम्तो

लगानी सम्मेलनमा देवयानीदेखि विश्व बैंकका उपाध्यक्षसम्मः आउनेमा अधिकांश राजदूत

काठमाडाैं | बैशाख १०, २०८१

NTC
तस्वीरमा बायाँ माथिबाट क्रमशः उपाध्यक्ष यिङमिङ, कोकाकोलाकी उपाध्यक्ष देवयानी राणा, डाबर इन्डिया लिमिटेडका वेदी र विश्व बैंक समूहका उपाध्यक्ष राइजर ।
Premier Steels

यही वैशाख १६ र १७ गते नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा सोमवार अपराह्नसम्म ४४ जना विदेशी डेलिगेट्सले नेपाल आउने कन्फरमेसन दिइएको छ । 

Muktinath Bank

नेपाल आउने पक्का भएको सूचीमा कोकाकोला कम्पनीकी उपाध्यक्ष देवयानी राणादेखि सिंगापुरको राइजन इनर्जी कम्पनीका प्रतिनिधिसम्म रहेका छन् । अहिलेसम्म पक्का भएका ४४ मध्ये अधिकांश विदेशी राजदूतहरू रहेका छन् । देवयानी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता पशुपतिशमशेर राणाकी छोरी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकान्तरलाई विशेष स्रोतबाट प्राप्त सूचीमा विश्व बैंक समूहका उपाध्यक्ष मार्टिन राइजर, एसियाली विकास बैंकका उपाध्यक्ष यिङमिङ यान, संयुक्त राष्ट्रसंघका तर्फबाट हान्ना सिंगर, अरब आर्थिक विकास संस्थाबाट कुवेतका युसुफ अल बदर नेपाल आउँदैछन् ।    


Advertisment
Nabil box
Kumari

त्यस्तै सार्क च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष मोहम्मद जसिम उद्दीन, जापानको तोमात्सु फाइनान्सियल एडभाइजरी कम्पनीका जिन सासकी, युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान पनि नेपाल आउने पक्का भएको छ । 

Vianet communication

एनएचपीसी लिमिटेडले आयोजना प्रमुख सन्दीप मित्तललाई नेपाल पठाउँदै छ । त्यस्तै राष्ट्रसंघ अन्तर्राष्ट्रिय विकास एजेन्सीका रोबर्ट क्रेमर, अन्तर्राष्ट्रिय वित्त निगमका मार्टिन हल्टम्यान, डाबर इन्डिया लिमिटेडका प्रतिनिधि हरक्रित वेदीले पनि कन्फरमेसन पठाएका छन् । 

यस्तै नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क, ब्रिटिश राजदूत रब फेन, नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जो, फिनल्याण्डकी राजदूत रिना रिक्का हेक्का, भारतका राजदूत नवीन श्रीवास्तवलगायत नेपालस्थित प्रायः सबै विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू आउने पक्का भएको हो । 

अहिलेसम्म नेपाल आउने भनी चर्चा गरिएका ठूला बहुराष्ट्रिय कम्पनी, फेसबूक, एक्स (ट्विटर), भारतको अदानी ग्रुप, अम्बानी ग्रुप लगायतका प्रतिनिधिले अहिलेसम्म कन्फरमेसन दिएका छैनन् । 

यद्यपि लगानी बोर्डका प्रवक्ता प्रद्युमन उपाध्यायले भने उनीहरू पनि कन्फरमेसन आइरहेको बताए । 

’यो अन्तिम होइन, कन्फरमेसन आउने क्रम जारी छ । हामीले निम्तो गरेकामध्ये अहिलेसम्म आएको कन्फरमेसनको संख्या एकदमै राम्रो हो,’ उपाध्यायले लोकान्तरसँग भने । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुन निरन्तर रुपमा विभिन्न विदेशी नियोगका प्रतिनिधि तथा उद्योग व्यवसायी क्षेत्रसँगको भेटघाट र छलफल गरिरहेका छन् ।

केही समयअघि मात्रै अर्थमन्त्री पुनले भर्चुअल बैठकमार्फत ४० भन्दा बढी देशका राजदूत र नियोग प्रमुखहरूसँग लगानी सम्मेलनका विषयमा छलफल गरेका थिए ।

आर्थिक कूटनीति अवलम्बन गर्दै आएका विदेशस्थित नेपाली नियोगहरूलाई अर्थमन्त्री पुनले बाँकी रहेको करिब एक महिनाको समयमा लगानी सम्मेलनलाई मात्रै केन्द्रमा राखेर काम गर्न निर्देशन समेत दिइसकेका छन् ।

सम्मेलनका लागि सरकारले विभिन्न देशका एक हजारभन्दा बढी पाहुनालाई निमन्त्रणा पठाइसकेको छ । जसमा १५० भन्दा बढी पाहुना आउने निश्चित भइसकेको अर्थ मन्त्रालयको दाबी छ ।

यसैबीच सरकारले लगानी सम्मेलनलाई लक्षित गरी लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

यही वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना गर्न लागिएको तेस्रो लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई सहजीकरण गर्न अध्यादेश ल्याइएको हो ।

लगानीमैत्री वातावरणका लागि भूमिसम्बन्धी ऐन– २०२१, जग्गा प्राप्ति ऐन– २०३४, विद्युतीय कारोबार ऐन–२०६३, विशेष आर्थिक क्षेत्र ऐन– २०७३, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन– २०७५, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन– २०७५, वन ऐन– २०७६ र औद्योगिक व्यवसाय ऐन, २०७६ लाई अध्यादेशमार्फत संशोधन गर्न लागिएको हो ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x