कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडाैं | बैशाख १३, २०८१
रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको जेलबाट छुटुने चाहना अन्ततः पूरा हुन सकेन । रौतहट जिल्ला अदालतले उनीसहित चार जनालाई जन्मकैदको फैसला सुनाएपछि जेलबाट छुट्ने चाहनामा ब्रेक लागेको हो ।
पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोग आलमलाई थियो । उनीसहित उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध २०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो ।
पूर्वमन्त्रीसमेत रहेका आलम २०७६ असोज २६ मा रौतहटबाटै पक्राउ परेका थिए । २०७६ कात्तिक २९ मा रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । त्यसयता उनी नख्खु कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।
कसरी चल्यो मुद्दा ?
२०६५ असार ३० गते महान्यायाधिवक्ताको कार्यालयले यो घटनामा प्रमाण नपुग्ने भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतमा रिट पर्यो । २०६९जेठ १६ मा उक्त रिटबारे सुनुवाइ गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की (पछि प्रधानन्यायाधीश) र भरतबहादुर कार्कीको संयुक्त इजलाशले मुद्दा नचल्ने महान्यायाधीवक्ताको निर्णय खारेज गरिदिएका थिए । कार्कीद्वयको इजलाशले उक्त घटनाको सुरुदेखि अनुसन्धान र छानबिन गर्न आदेश दिएका थिए ।
लामो समय सर्वोच्चको आदेश कार्यान्वयन नभएपछि अदालतको अवहेलना गरिएको भन्दै अधिवक्ता पौडेल २०७२ जेठ १८ गते रिट लिएर पुनः सर्वोच्च पुगे । तर त्यो रिट दायर भएको चार वर्षसम्म फेरि केही भएन । २०७६ असार ६ गते बल्ल सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले रौतहट बमकाण्डको अनुसन्धान गरी प्रतिवेदन बुझाउन आदेश दियो ।
सिन्हा र रेग्मीको इजलाशले ‘मुद्दाको प्रक्रिया किन अघि नबढाइएको?’ भनेर महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रमुखलाई समेत अवहेलनामा कारबाही गर्ने चेतावनीपूर्ण आशयसहितको आदेश दिए । त्यसपछि घटनाक्रम थप विकसित हुँदै गयो ।
सर्वोच्चको आदेश पालना नगर्दा आफैंले मुद्दा खेप्नु पर्ने त्रासबीच तत्कालीन महान्यायाधिवक्ता र प्रहरी प्रमुख सर्वेन्द्र खनाल आदेश कार्यान्वयन गर्ने निष्कर्षमा पुगेका थिए ।
रौतहट जिल्लाका तत्कालीन प्रहरी प्रमुख भूपेन्द्र खत्रीले सर्वोच्च अदालतले गरेको आदेशअनुसार २०७६ असोज २६ गते आलमलाई रौतहटबाटै पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएपछि २०७६ कात्तिक १८ गते आलमसहित ११ जनाविरुद्ध रौतहट जिल्ला अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणसम्बन्धी तीन वटा कसुरमा मुद्दा दायर भएको थियो ।
यता आलमलाई छुटाउन कांग्रेस सभापति शेरबहादुर देउवाले प्रयास गरेका थिए । उनले एउटा सार्वजनिक कार्यक्रममा ‘आलमको मुद्दा राजनीतिक भएकाले छुट्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए । अर्कोतिर अपराध कर्म गरेर पनि सधैँ शक्तिशाली रहेका आलम आफैँले पनि छुट्नलाई भरमग्दुर प्रयास गरेको बताइन्छ । तर अदालतको जन्मकैदको फैसलासँगै अब उनी असफल भएको पुष्टि भएको छ ।
आलमको मुद्दा हेर्न रौटहटका न्यायाधीशहरू नै डराउने गरेका थिए । यतिसम्मकी आलमको पेशी ताेकिँदा उनीहरू बहाना बनाएर बिदा बस्थे । अब यो सबै डरको अन्त्य भएको मान्न सकिन्छ ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...