कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडाैं | बैशाख १३, २०८१
अढाइ वर्षकी बालिकालाई भारतको सिलगुढी पुर्याएर बिक्री गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर गोदावरी घर भएर काठमाडौं जडिबुटीमा डेरा गरीबस्ने उर्मिला भनिने कल्पना विश्वकर्मा छिन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार विश्वकर्माले आर्थिक अवस्था कमजोर भएकी ती बालिकाको अभिभावकलाई ललाइफकाइ गरेर भारतको सिलगुढी पुर्याएकी थिइन् । गत चैन २९ गते विश्वकर्मा मकवानपुरमै पुगेकी थिइन् । ‘तिमीहरूको आर्थिक अवस्था कमजोर छ, छोरीलाई काठमाडौंमा पढाएर ठूलो मान्छे बनाइदिन्छु, काठमाडौंमा पढाउने संस्थाहरू छन्’ भन्दै विश्वकर्माले बालिकालाई घरबाट लिएर गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । विश्वकर्माले ती बालिकालाई ‘डाक्टर र पाइलट बन्छिन्’ भन्दै परिवारलाई फकाएकी थिइन् ।
परिवारबाट बालिकालाई लिएर गएपछि विश्वकर्माले चार दिनसम्म काठमाडौंस्थित डेरामा ल्याएर राखेकी थिइन् । ब्युरोका प्रवक्ता एसपी ज्ञानेन्द्रप्रसाद फुयालका अनुसार विश्वकर्माले बालिकालाई बिक्री गर्ने उद्देश्यले भारतको सिलगुढी पुर्याएकी थिइन् । ‘अचम्म कुरा त बालिकालाई विश्वकर्माले सिलगुढीस्थित साथीलाई जिम्मा लगाएपछि उनको परिवारलाई संस्थाले पठाएको भन्दै आईएमई गरेर २० हजार पठाएका पाइयो,’ फुयालले भने,‘ बालिकालाई मकवानपुर प्रहरी र अन्य उद्धार संस्थाको सहयोगमा वैशाख १० गते उद्धार गरियो ।’
ब्युरोले मानव बेखबिखन तथा ओसारपसार मुद्दामा विश्वकर्माविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट सात दिनको थुना अनुमति लिएको छ । बालिकालाई हाल सुरक्षित आवास गृहमा राखिएको ब्युरोले जनाएको छ ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...