मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
विराटनगर | बैशाख १८, २०८१
इलाम २ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा तेस्रो स्थान हासिल गरेका पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूले ११ हजार ४५७ मत ल्याए । अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन योङहाङ लिम्बूले ५ हजार ५० मत पाए । मिलनको जमानत नै जोगाउन सकेनन् ।
कोशी नामकरणविरुद्ध आन्दोलित पहिचान पक्षधरहरू एकै ठाउँमा उभिएपछि थेगिमले सम्मानजनक मत पाएका हुन् । पहिचानवादी ४१ वटा घटकको समर्थन पाएका थेगिम मुढा चुनाव चिह्न लिएर मैदानमा आएका थिए । २०७८ फागुन १७ गते एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाका २ तिहाइभन्दा बढी सांसदको समर्थनमा १ नम्बर प्रदेशको नाम कोशी राखिएको थियो । त्यसपछि पहिचान पक्षधरले आन्दोलन गर्दे आएका छन् ।
आन्दोलनकै कारण एकैठाउँमा उभिएका पहिचान पक्षधरहरू इलाममा आएको मतबाट उत्साहित बनेका छन् । इलाममा आएको मत परिणामले उत्साहित बनेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताए । ‘१५ हजार हाम्रो मत हाम्रो आउछ भन्ने थियो,’ उनले भने ‘म्याच फिक्सिङ नभएको भए त्यही १५ हजारको पेरिफेरिले चुनाव जितिन्थ्यो । ’
कांग्रेसकै संस्थापन इतर समूहले एमालेलाई भोट दिएको उनले आरोप लगाए । रास्वपालाई कम मत आएकाले पहिचान पक्षधरलाई घाटा भएको उनको भनाइ छ । २०८४ को निर्वाचनमा मेचीदेखि महाकालीसम्म नै पहिचान पक्षधरहरूबीच चुनावी समीकरण हुने संकेत देखा परेको लिङ्देनले बताए । ‘एक निर्वाचन क्षेत्रमा एउटा मात्रै पहिचानवादी उम्मेदवार उठाउनुपर्छ भन्ने सन्देश पनि यो चुनावले दिएको छ,’ उनले भने ‘यो हामीबीचमा सहमति पनि भएको छ । ’
इलाम २ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । मंगलबार सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन ।
सुहाङले २७ हजार ७७२ मत ल्याए भने दोस्रो स्थानका खड्काले २१ हजार ९४२ मत पाए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...