×

NMB BANK
NIC ASIA

एमाले संसदीय दलको बैठक

रविमाथि संसदीय छानबिन समिति बने भोलिपल्टदेखि कांग्रेसले राजीनामाको माग चर्काउँछ- ओली

काठमाडाैं | बैशाख २८, २०८१

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाट बाहिरिनु परेपछि कांग्रेसले रन्थनिएर गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको कुरा गरेको आरोप लगाएका छन् ।

Muktinath Bank

संसदीय छानबिन समिति गठन भएको भोलिपल्टदेखि गृहमन्त्रीको राजीनामाको खेल शुरू हुने उनले दाबी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी संसदीय दलको बैठकलाई शुक्रवार बानेश्वरमा सम्बोधन गर्दै ओलीले सत्ता समीकरण फेर्ने प्रस्तावमा रास्वपा तयार नभएपछि गृहमन्त्रीमाथि संसदीय छानबिनको माग चर्काएको दाबी गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

‘यो अधिवेशनमा कांग्रेसले के गर्छ हेर्नुपर्नेछ । कांग्रेस रन्थनिएको छ । एकातिर प्रधानमन्त्रीको अफर गरेको छ, अर्कोतिर संसदीय छानबिनको कुरा गरिरहेको छ’, ओलीले भने, ‘समिति बनिसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ ? छानबिनलाई प्रभावित गर्दैन भन्नेछ । छानबिन समिति बनाइसकेपछि तत्काल राजीनामाको खेल शुरू हुन्छ ।’

Vianet communication

समीकरण फेर्ने शर्तमा कांग्रेसले रविलाई डेढ वर्ष प्रधानमन्त्री खाइदिनुस् भन्दै हिँडेको ओलीले दाबी गरे ।

‘डेढ वर्ष प्रधानमन्त्री भइदेउ भनेर गरेको प्रस्ताव अस्वीकार गरेपछि कांग्रेसका प्रमुख सचेतक यति ठूलो फाइल लिएर हिँडिरहेका छन्’ ओलीले भने ।

सरकार पल्टाउने खेल

अध्यक्ष ओलीले राजनीतिक अस्थिरता लम्ब्याउन सरकार पल्टाउने कसरत र चलखेल भइरहेको बताए ।

‘राजनीतिमा अस्थिरता आइरहेको छ, भर्खर सरकार बन्यो । त्यो सरकार पल्टाउने खेल भइरहेको छ । गत वर्ष २ महिनामा उल्टाएको थियो । १० वटा सिट भएको पार्टी (नेकपा एस)का प्रतिनिधिले फागुन ३० गते विश्वासको मतको बेला विल्कुल अस्वस्थ, आक्रोशित र कुण्ठाग्रस्त कुरा गरेका थिए । सो दलका नेता (माधव नेपाल)ले म प्रधानमन्त्री हुनै आँटे भनेर कसैको मन भतभत पोलेको छ भनेर भनिरहेका छन्’ ओलीले भने । 

ओलीले राजनीतिमा छुद्र खेल नखेल्न कांग्रेसलाई सुझाव दिए ।

‘कांग्रेसका साथीहरू यस अधिवेशनमा कसरी आउनु हुन्छ थाहा छैन । राजनीतिमा यस्तो छुद्र खेल खेलिनु हुन्न । कुनै पार्टीलाई सनक चल्यो भन्दैमा छानबिन समिति गठनको कुरा हुन्न’, ओलीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x