×

एमाले संसदीय दलको बैठक

​संसद् कांग्रेसको दादागिरी चल्ने ठाउँ होइन, बन्धक बनाउन पाइँदैन : ओली

काठमाडाैं | जेठ २, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थ पूरा नहुँदा कांग्रेसले संसद्‌लाई बन्धक बनाएको आरोप लगाएका छन् । उनले संसद् कांग्रेसको दादागिरी चल्ने ठाउँ नभएको टिप्पणी गरे ।

एमाले संसदीय दलको बैठकलाई बुधवार सम्बोधन गर्दै ओलीले कोही व्यक्तिलाई आरोप लगाउने तर उसलाई बोल्न नदिने कांग्रेसको अड्डी लोकतान्त्रिक नभएको बताएका हुन् ।


Advertisment

‘संसद् कांग्रेसको दादागिरी चल्ने ठाउँ होइन । सांसदले बोल्न नपाउने ? उसले (कांग्रेस)ले आरोप लगाउने, आरोप लगाएको व्यक्ति बोल्न नपाउने ?’, ओलीले भने, ‘कुनै माननीयमाथि व्यक्ति तोकेर छानबिन गर्न, को न्यायाधीश हुन्छ ? कांग्रेसको सांसद न्यायाधीश हुन्छ ?’


Advertisment

अध्यक्ष ओलीले भ्रष्टाचारी ठहर भएका सांसदले कतै मुद्दा नचलेका विरुद्ध छानबिन समिति माग्नु हास्यास्पद भएको बताए ।

‘भ्रष्टाचारमा अपराधी ठहरिएका (टेकबहादुर गुरुङ)लाई भित्र ल्याएर उ भ्रष्टाचारी हो, छानबिन आयोग गठन गर भन्ने ? कांग्रेसलाई सरम हुँदैन ? नियम कानून पढेको छैन ?’, ओलीले प्रश्न गरे ।

अनेक आरोपहरूमा फाइल दबाउँदा हैरान भएको कांग्रेसले एमालेका विरुद्ध जथाभावी बोल्नु आपत्तिपूर्ण भएको उनले बताए ।

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x