×

बिरामीको मृत्युपछि कोशी अस्पताल तनावग्रस्त

विराटनगर | जेठ ११, २०८१

विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा एकजना बिरामीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त भएको छ ।

विराटनगर– ६ घर भएकी ७२ वर्षीया समसा बेगामको शुक्रबार दिउँसो उपचारको क्रममा मृत्यु भएपछि तनावको अवस्था सिर्जना भएको हो ।


Advertisment

स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।  


Advertisment

बेगमका आफन्तले उपचारमा ढिलासुस्ती गरिएको तथा आईसीयूमा नराखी उपचार गरेका कारणले उनको मृत्यु भएको आरोप लगाउँदै अस्पतालमा नाराबाजी गरेका छन् । उपचारमा ढिलाइ गर्ने चिकित्सक र नर्सलाई कारबाही गरिनुपर्ने माग राख्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।  श्वासप्रश्वासमा समस्या भएपछि बेगामलाई शुक्रबार दिउँसो कोशी अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याइएको थियो । 

आकस्मिक कक्षमा खटिएका चिकित्सकले तत्काल आईसीयूमा राखेर बिरामीको उपचार गरिनुपर्ने सुझाब दिए । बिरामीलाई आईसीयूमा राखेर उपचारका लागि रिफर पनि गरिदिए । तर, आईसीयू खाली नभएपछि चिकित्सकले अन्यत्र लैजान सिफारिस गरेका थिए ।

१२ बेडको कोशी अस्पतालको आईसीयू अहिले भरिने गरेको छ । आकस्मिक रुपमा शल्यक्रिया गरेर राखिने बिरामीका आईसीयूमा दुईवटा बेड छुट्याएको हुन्छ । इमरजेन्सीबाट प्रसूति वार्ड र सर्जरीबाट आएका बिरामीका लागि भनेर दुईवटा बेड आईसीयूमा राखिएको हुन्छ । उक्त बेडमा नराखी उपचार गर्दा बेगामको ज्यान गएको परिवारको आरोप छ ।

समयमै आईसीयूमा लगेर उपचार नगर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई कारबाही गरिनुपर्ने माग राख्दै मृतकका आफन्तले शव बुझेका छैनन् । अस्पताल प्रशासनले उपचारमा ढिला सुस्ती गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारबाही गरेपछि मात्रै शव बुझ्ने परिवारको भनाइ छ ।  साँझसम्म पनि आफन्त कोशी अस्पतालमा धर्ना दिएर बसेका छन् ।

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x