०८ साउन २०८३, शुक्रबार
मोदी क्याबिनेटमा गठबन्धनको प्रभाव

मोदीको मन्त्रिमण्डल : ७२ जनामा सात महिला,  अधिकांश पुरानै अनुहार दोहोरिए [सूचीसहित]

जेठ २८, २०८१
काठमाडौं
मोदीको मन्त्रिमण्डल : ७२ जनामा सात महिला,  अधिकांश पुरानै अनुहार दोहोरिए [सूचीसहित]

भारतका  प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आइतबार साँझ आयोजित समारोहमा मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष शपथ लिएका हुन् ।

शपथ समारोहमा छिमेकी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

null

मोदीसँगै उनको मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन् ।  प्रधानमन्त्री मोदीको शपथपछि यसअघि रक्षामन्त्री रहेका  राजनाथ सिंह, पहिला गृहमन्त्री रहेका अमित शाह,  नितिन गडकरी, बीजेपी अध्यक्ष जेपी नड्डा, एस.जयशंकर, निर्मला सितारमण लगायतले पनि मन्त्रीको शपथ लिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ३० जना मन्त्री र ४१ जना राज्यमन्त्रीसहित ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  मन्त्रीहरूमा धेरैजसो पुरानै अनुहार दोहोरिएका छन् । ७२ सदस्यीय मन्त्रिपरिषद्मा आधाभन्दा बढी मन्त्री यसअघि केन्द्रमा मन्त्री र तीन वा सोभन्दा बढी पटक सांसद भइसकेका छन् । त्यस्तै मन्त्रिपरिषद्मा सबै क्षेत्र, वर्ग र समुदायलाई स्थान दिने प्रयास भएको छ । मोदीले आफ्नो तेस्रो कार्यकालमा विकासलाई नयाँ गति दिने अनुभवी नेता र मन्त्रीहरूले विश्वास व्यक्त गरेका छन् ।

null

नरेन्द्र मोदी यसअघि सन् २०१४ मा पहिलोपटक  र २०१९ मा दोस्रोपटक भारतको प्रधानमन्त्री निर्वाचित भएका थिए । त्यसअघि उनी लगातार तीन कार्यकाल गुजरातको मुख्यमन्त्री भइसकेका छन् ।

तर, २०१९ मा भाजपासँग सरकार बनाउन पूर्ण बहुमत भए पनि २०२४ मा भाजपासँग सरकार बनाउन पूर्ण बहुमत छैन । नरेन्द्र मोदीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले ५४३ सिटमध्ये २९३ सिट जितेर सरकार बनाएको हो ।

४७ मन्त्री ओबीसी, एससी, एसटी र अल्पसंख्यक समुदायका छन् । ३९ मन्त्रीसँग केन्द्रमा मन्त्री भएर काम गरेको अनुभव छ । यति मात्र होइन, मन्त्रीहरूमा सर्बानन्द सोनेवाल, मनोहर लाल, शिवराज सिंह चौहान, एचडी कुमारस्वामी र जीतनराम मांझीजस्ता मुख्यमन्त्री भइसकेका अनुभवी अनुहारहरू पनि छन् ।

मन्त्रीमध्ये कुनै न कुनै प्रदेशमा मन्त्री भएर काम गरेका २३ जना र प्रदेश सभामा भाग लिएको अनुभव भएका ३४ जना छन् ।

मोदीको क्याबिनेटमा गठबन्धनको प्रभाव छ । लगातार तेस्रो पटक प्रधानमन्त्री बनेका मोदीले आफ्नो सबैभन्दा ठूलो मन्त्रिपरिषद् गठन गरेका छन् । २०१४ मा ४५ मन्त्री र २०१९ मा ५७ मन्त्रीले सपथ लिएका थिए । २०१९ मा २४ र २०१४ मा २३ जना क्याबिनेट मन्त्रीले सपथ लिएका थिए । अर्थात् मन्त्रिपरिषद्को संख्या २५ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी ११ मन्त्री उत्तर प्रदेशका छन् । गत वर्षको तुलनामा यसपटक ३६ मन्त्रीले मन्त्रिपरिषद्मा स्थान पाउन सकेनन् । यसपटक मन्त्रिमण्डलमा ७ जना महिलापरेका छन् । पहिलो कार्यकालमा ८ जना र दोस्रो कार्यकालमा ६ जना महिला रहेका थिए । मोदी क्याबिनेटमा सबैभन्दा कान्छा मन्त्री टीडीपीका राममोहन नायडू र सबैभन्दा जेठो ७९ वर्षीय जीतन राम मांझीलाई क्याबिनेट मन्त्री बनाइएको छ ।

३३ सांसद पहिलो पटक मन्त्री बनेका छन् । जसमा बिहारका ५, उत्तर प्रदेशका ४, मध्य प्रदेश–महाराष्ट्र–कर्नाटकका ३–३, कर्नाटक–गुजरात–केरलाका २–२ र पञ्जाब, हरियाणा, झारखण्ड, छत्तीसगढ, पश्चिम बंगाल, झारखण्ड, राजस्थान, दिल्ली, असम, १–१ जना रहेका छन् । तेलंगानाबाट १ सांसद सामेल छन्।

यी हुन् मोदी क्याबिनेटका मन्त्रीहरू

राजनाथ सिंह

अमित शाह

नितिन गडकरी

जेपी नड्डा

शिवराज सिंह चौहान

निर्मला सीतारमण

एस जयशंकर

मनोहर लाल खट्टर

एचडी कुमारस्वामी

पियुष गोयल

धर्मेन्द्र प्रधान

जितनराम मांझी

राजीव रञ्जन सिंह उर्फ ​​ललन सिंह

सर्वानन्द सोनोवाल

डा वीरेन्द्र कुमार

किंजरापु राम मोहन नायडू

प्रह्लाद जोशी

जुएल ओरम

गिरिराज सिंह

अश्विनी वैष्णव

ज्योतिरादित्य सिन्धिया

भूपेन्द्र यादव

गजेन्द्र सिंह शेखावत

अन्नपूर्ण देवी

किरण रिजिजु

हरदीप सिंह पुरी

मनसुख मण्डाविया

जी किशन रेड्डी

चिराग पासवान

सीआर पाटिल

स्वतन्त्र कार्यभार भएका राज्यमन्त्री

राव इन्दरजीत सिंह

जितेन्द्र सिंह

अर्जुन राम मेघवाल

प्रतापराव गणपतराव जाधव

जयन्त चौधरी

राज्य मन्त्रीहरू

जितिन प्रसाद

श्रीपाद नाइक

पंकज चौधरी

कृष्णपाल गुर्जर

रामदास आठवले

रामनाथ ठाकुर

नित्यानन्द राई

अनुप्रिया पटेल

वि सोमन्ना

डा चन्द्रशेखर पेम्मासानी

एसपी सिंह बघेल

शोभा करन्दलाजे

कीर्तिवर्धन सिंह

बीएल वर्मा

शान्तनु ठाकुर

सुरेश गोपी

एल मुरुगन

अजय टमटा

बन्डी सञ्जय कुमार

कमलेश पासवान

भगीरथ चौधरी

सतीश चन्द्र दुबे

सञ्जय सेठ

रवनीत सिंह बिट्टु

दुर्गा दास उइके

रक्षा खडसे

सुकान्त मजुमदार

सावित्री ठाकुर

टोखान साहु

राजभूषण चौधरी

भूपतिराजु श्रीनिवास वर्मा

हर्ष मल्होत्रा

निम्बुवेन जयन्तीभाई बम्भानिया

मुरलीधर मोहल

जर्ज कुरियन

पवित्रा मार्गेरिटा

salt training

कमेन्ट गर्नुहोस्